संघीय शिक्षा ऐनले उत्पीडित शिक्षक कर्मचारीको माग सम्बोधन गर्छ : सभामुख महरा

काठमाडौं,भाद्र,३०- सभामुख कृष्णबहादुर महरालले अब बन्ने संघीय शिक्षा ऐनले उत्पीडित शिक्षक कर्मचारीहरुको समस्या समाधान गर्ने बताएका छन् । शिक्षकमा समस्या रहँदासम्म शिक्षा सुधार नहुने भन्दै सभामुख महराले शिक्षकहरुलाई सिकाइ सुधारमा केन्द्रीत हुन आग्रह गरे । एकीकृत अखिल नेपाल शिक्षक संगठन(युएण्टो) काठमाडौं जिल्ला समितिले राष्ट्रिय शिक्षा दिवस तथा बाल दिवसको अवसरमा शनिवार आयोजना गरेको उत्कृष्ट शिक्षक, […]

मुखमा कालोपट्टी बाधेर सरकारको विरोध

नेपालगन्ज,भाद्र,३०- अाज बाँके लगायत देशका मुख्य मुख्य शहरहरुमा कञ्चनपुर कि बालिका निर्मला पन्तको हत्यारालाई तुरुन्त पत्ता लगाई कार्यवाही गर्नु पर्ने भन्दै मुखमा कालोपट्टी बाधेर सरकारको विरोध गरिएको छ । अाज शनिबारको दिन बाँकेको नेपालगन्ज र कोहलपुरमा मुखमा कालोपट्टी बाधेर हजारौंको सङ्ख्यामा जम्मा भएर विरोध गरिएको हो । लगभग डेढ महिना बितिसक्दा पनि हत्यारालाई पक्राउ गर्न […]

निर्मला पन्तका हत्यारा जोसुकै भए पनि कारवाही हुनुपर्छ : राष्ट्रपति

काठमाडौं,भद्र,२९- राष्ट्रपति विद्यादेवी भण्डारीले निर्मला पन्तको हत्यारा जोसुकै भए पनि कारवाही गर्नुपर्ने बताउनु भएको छ ।राष्ट्रिय बाल दिवसको अवसरमा आज महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले काठमाडौंमा गरेको कार्यक्रममा उहाँले बालबालिकामाथि हुने जुनसुकै जघन्य अपराधमाथि राज्य गम्भीर हुनुपर्ने बताउनुभयो । अहिले बलात्कारका घटना बढ्दै गएको भन्दै राष्ट्रपति भण्डारीले बालबालिकामाथि हुने दुब्र्यवहार रोक्न जनचेतना फैलाउन आवश्यक […]

पार्टीमा बेथिति बढेको छ, म अब चुप लागेर बस्दिनँ : सभापती देउवा

नेपालगन्ज,भदौ,२५- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा एकता हुन नदिने मूल प्रवृति नै अन्तरघात भएको बताउनु भएको छ ।  जननायक बीपी कोइरालाको १०५औं जयन्तीका अवसरमा सोमबार नेपालगन्जमा आयोजित ‘नेतृत्व विकास तथा सामूहिक सौदाबाजी’ विषयक अन्तरक्रिया एवं प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै सभापति देउवाले पार्टीभित्रको अन्तरघात प्रवृतिलाई सबै मिलेर निरुत्साहित गर्नुपर्नेमा जोड दिनुभयो । ‘बीपी कोइरालाले थिति […]

राष्ट्रपतिद्वारा प्रधानसेनापतिलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाण्डौं,भदौ,२४- राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानसेनापति पूर्णचन्द्र थापालाई दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ ।  आइतबार आज बिहान राष्ट्रपति निवासमा एक समारोहकाबीच दज्र्यानी चिन्ह प्रदान गर्नु भएको हो । उक्त समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा लगायतको सहभागिता रहेको थियो । मन्त्रिपरिषदको बैठकले भदौ २५ गतेबाट लागु […]

सीमामा भारत गम्भीर, प्रचण्ड छलफलमा व्यस्त

काठमाडौं,भाद्र,२३- नेपाल-भारत सिमानामा हुने आपराधिक घटनामा भारत गम्भीर बनेको छ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले भारतका गृहमन्त्री राजनाथ सिंहसँगको भेटमा सिमानामा हुने लुटपाटका घटनाबारे ध्यानाकर्षण गराएका थिए । सो क्रममा भारतका गृहमन्त्री सिंहले समस्या समाधानका लागि चासो दिएको दाहालको सचिवालयले जनाएको छ । दाहालको सचिवालयका अनुसार सिंहले सीमा क्षेत्रका सबै अधिकारीलाई तत्कालै खबर […]

अख्तियारको प्रमुखमा नवीनकुमार घिमिरेको नाम सिफारिस

काठमाडौं,भदौ,२०- संवैधानिक परिषद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगकको प्रमुखमा नवीनकुमार घिमिरेलाई सिफारिस गर्ने निर्णय गरेको छ ।परिषदको आज विहान सिंहदरबारमा बसेको बैठकले अख्तियारमा घिमिरेको नाम सिफारिस गरेको हो । अख्तियारलगायत संवैधानिक निकायमा रिक्त अन्य पदाधिकारी नियुक्तिको सिफारिसका विषयमा परिषदको बैठक बसेको हो ।हाल अख्तियारको कार्यवाहक प्रमुख रहेका घिमिरे संसदीय सुनुवाई प्रक्रिया पूरा गरेपछि राष्ट्रपतिबाट प्रमुख आयुक्तमा […]

बिम्स्टेकको चौथो शिखर सम्मेलनको तयारी अन्तिम चरणमा

काठमाण्डौं,भदौ,१२- काठमाडौंमा  यही भदौ १४ र १५ गते हुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ  ।सम्मेलनमा सहभागी हुन आउने बिम्स्टेक सदस्य राष्ट्रका कार्यकारी प्रमुखको स्वागतका लागि राजधानी झकिझकाउ पारिएको छ । सम्मेलनमा भाग लिन बंगलादेश, भारत, म्यानमार, श्रीलंका, भुटान र थाइल्यान्डका कार्यकारी प्रमुख […]

विश्वकै उत्कृष्ट गायन रियालिलिटी शो फ्रेन्चाइज ‘द भ्वाईस’ नेपालमा पनी शुरु

काठमाण्डौं,भदौ,११- नेपाल फेरी निकै लामो समयको प्रतीक्षा पछि विश्वको नम्बर एक गायन रियालिलिटी शो ‘द भ्वाईस’को नेपाली फ्रेन्चाइज ‘द भ्वाईस अफ नेपाल’ सनिवार राति ९ बजेबाट टेलिभिजन ब्रोडकास्ट सुरु भएको छ । सार्बजनिक पहिलो शृंखला युट्युबमा २४ घण्टा नबित्दै ट्रेण्डिङ्गको पहिलो नम्बरमा आउन सफल भएको छ । साताको शनिबार र आइतबार राति ९ बजे बाट […]

सहमति भएपछि क्याम्पसमा लगाईएको ताला खोलियो

नेपालगन्ज,भाद्र ८- बाँके जिल्लाको नेपालगन्ज हेल्थ क्याम्पस नेपालगन्जमा विद्यार्थी संघ/संगठनहरुले लगाएको ताला अाज जिल्ला प्रशासन कार्यालयमा भएको वार्ता पश्चात् खोलिएको छ । नेपालगन्ज हेल्थ क्याम्पस नेपालगन्जमा नेपाल विद्यार्थी संघले पहिले मिति २०७५/०४/३१ मा तालाबन्दी गरेको थियो । उक्त तालाबन्दी खोल्न वार्ता तथा छलफल गर्न भनि बोलाएर क्याम्पस प्रशासनले केही मान्छेहरु लगाएर ने-वि-संघ महेन्द्र बहुमुखी क्याम्पस […]