जिल्ला स्तरका सरकारी कार्यालय खारेज हुँदै

काठमाडौं,चैत्र,२८- सरकारले आजबाट एक दर्जन सरकारी कार्यालय खारेज गर्दैछ । स्थानीय निकायको चुनाव भएर स्थानीय सरकार आइसकेकाले जिल्ला स्तरमा रहेका सरकारी कार्यालयहरु अब स्थानीय तहलाई हस्तान्तरण गर्दै खारेज गर्न लागेको हो । तत्काल १० वटा सरकारी कार्यालय, बिभिन्न विकास समिति र परियोजनाहरु खारेज हुने भएका छन् । संविधानमा अहिले रहेका जिल्लास्तरीय कार्यालयले गर्ने काम स्थानीय […]

डीआइजी रमेश खरेलद्धारा राजीनामा

काठमाडौं,चैत्र,२८- प्रहरी नायब महानिरीक्षक (डीआइजी) रमेश खरेलले राजीनामा दिनुभएको छ। प्रहरी महानिरीक्षक (आइजीपी) मा दावेदार मध्येका एक खरेल  सरकारले डीआइजी सर्वेन्द्र खनाललाई आइजीपी बढुवा गरेपछि असन्तुष्ट हुनु भएको थियो । खरेलले फेसबुकमा यस्तो लेख्नु भएको थियो । नवनियुक्त प्रहरी महानिरीक्षक ज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्दै २९ बर्षको सेवा अवधीबाट अलगिने निर्णय […]

एमाले माओवादी पार्टी एकता सम्बन्धमा आज छलफल हुने

काठमाण्डौं,चैत्र,२८- एमाले र माओवादी केन्द्रले ९ बैशाखमा हुने भनिएको एकताको औपचारिक निर्णय दुबै पार्टीले आज गर्ने भएका छन्। त्यस सम्बन्धी निर्णय गर्न एकता संयोजन समितिको बैठक आज साँझ ५ बजे हुने भएको छ।   एकताको आधार तयार पार्न गठन गरिएका दुबै कार्यदलले लेनिन जयन्तीको अवसर पारेर ९ बैशाखमा पार्टी एकता गर्न सिफारिस गरेका छन्। तर, एकता हुने […]

भागबण्डा मिलाउन एमाले–माओवादीलाई अझै कठिन

काठमाण्डौं,चैत्र,२६- एमाले–माओवादी केन्द्रले लेनिन जयन्तीको दिन पारेर ९ बैशाख (०७४) मा पार्टी एकता गर्ने निर्णय गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जानुअघि २२ चैत्रमा बसेको एकता संयोजन समितिको बैठकले यो निर्णय गरेको थियो। त्यसैदिन बुझाइएका दुई कार्यदलले पनि ९ बैशाखमा नै पार्टी एकता गर्नुपर्ने सुझाव एकता संयोजन समितिलाई दिएका थिए। दुई कार्यदलको सिफारिस […]

सरकारी निकायलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउँछुः रक्षामन्त्री पोखरेल

काठमाण्डाैं,चैत,२६- रक्षामन्त्री ईश्वर पोखरेलले सरकारी निकायलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने घोषणा गर्नु भएको छ ।रक्षामन्त्री पोखरेलले राजनीतिक हस्तक्षेपका कारण कतिपय सरकारी निकायको दूर्भाग्यपूर्ण अवस्था आएको स्विकार गर्दै अव त्यसो हुन नदिने प्रतिवद्धता व्यक्त गर्नु भएको हो । आज काठमाडौंमा आयोजित नेपाल आँखा अस्पतालको ४४ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सरकारी निकायलाई फष्टाउन नदिने खालका कुनै […]

नेतृत्व परिवर्तन नभएसम्म काँग्रेसले गति लिदैन : शेखर कोइराला

  चितवन,चैत,२६- नेपाली काँग्रेसका नेता डा.शेखर कोईरालाले नेतृत्व परिवर्तन नभएसम्म पार्टीले गती लिन नसक्ने बताउनु भएको छ ।आज चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले पार्टी संगठन चलायमान हुन नसक्दा ध्वस्त बनेको बताउनु भएको हो ।   कोइरालाले दुई महिनामा गर्नुपर्ने काम दुई वर्षमा पनि हुन नसकेको बताउँदै भन्नुभयो, ‘दुई वर्ष पुग्यो पदाधिकारीको पनि नियुक्ति हुन सकेको छैन […]

नेपाल र भारतबीच नमुना सम्बन्ध बनाउन चाहन्छौं : प्रधानमन्त्री ओली

काठमाण्डौं,चैत,२४- भारत भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतबीच नमुना सम्बन्ध बनाउन चाहेको बताउनु भएको छ । दुई देशको प्रतिनिधिमण्डलबीचको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा उनले नेपाल र भारतको समृद्धिमा एक अर्काको सहयोग र सहकार्य हुने नमुना सम्बन्ध होस् भन्ने आफूहरुको चाहना रहेको बताउनु भएको हो । आफ्नो भारत भ्रमणले दुई देशबीच सम्बन्धको […]

हैदराबादबाटै पाईपलाइन र वीरगञ्ज भन्सार जाँच चौकीको उद्घाटन

काठमाण्डू,चैत्र,२४- भारत भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीमा मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम प्रोडक्सन पाइपलाइन  शिलन्यास  गरेका छन्। संयुक्त वक्तव्य सार्वजनिक गर्न आज दिल्लीको हैदराबाद हाउसमा। आयोजित सम्मेलनमा दुबै प्रधानमन्त्रीले स्वीच थिचेर पाइपलाईन निर्माणको शिलन्यास गरेका हुन्।  अहिले पाइपलाइनका लागि वीरगञ्जमा धमाधम पाइप आइरहेको छ । अब रुट क्लेयरेन्समा समस्या नभएका क्षेत्रबाट […]

एमआरआइ काण्डमा वीपीका कर्मचारीले मागे पदाधिकारीको स्पष्ट धारणा

धरान,चैत्र,२३- भ्रष्टाचारको सिमा नाघेको भन्दै वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका कर्मचारीहरुले आन्दोलनको चेतावनी दिएका छन् । कर्मचारी कल्याण समाजले आज प्रतिष्ठानका पदाधिकारीलाई ध्यानाकर्षण गराउँदै भ्रष्टाचार र कर्मचारीसँग गरिएका सहमति र सम्झौता चैत्र मसान्त भित्र पालना गर्न ध्यानाकर्षण गराएका हुन् ।   पछिल्लो समय विभिन्न सञ्चार माध्यममा एमआरआई मेसिन खरिद, एमसिएच, कार्डियोलोजी र अंकोलोजी भवन […]

समाचारप्रति उपमहानगरपालिकाको ध्यानाकषर्ण

नेपालगञ्ज,चैत्र,२३- टेण्डर नखोलेरै ठेक्का दिइएको भन्ने आशयका सार्वजनिक समाचारप्रति नेपालगञ्ज उपमहानगरपालिकाले गम्भिर ध्यानाकर्षण भएको जनाउँदै ठेक्का प्रक्रिया विधिवत रुपमा भएको आधार प्रस्तुत गरेको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं.१ मा ग्राभेल गर्ने कामका लागि नेपालगन्ज उपमहानगरपालिका कार्यालयले टेण्डर नै नखोलेर मिलेमतो गरेको भन्ने केहि सञ्चार माध्यममा प्रकाशीत तथा प्रशारित समाचारमा सत्यता नभएको भन्दै वास्तविकता सार्वजनिक […]