सिर्जना बर्देवा/ ओखलढुंगा,बैशाख,१०- ओखलढुंगामा सम्पन्न राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधी सुभलक्ष्मी बोर्डिङ स्कुलले प्राप्त गरेको छ । जिल्ला खेलकुद विकास समिति ओखलढुंगाको आयोजनामा ७ गते देखी ओखलढुंगाको मानेभञ्ज्याङ्ग गाउँपालिकामा सञ्चालन गरेको प्रतियोगितामा सुभलक्ष्मी बोर्डिङ स्कुलले रनिङ्ग शिल्डको उपाधि हात पार्न सफल भएको हो । ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रको लागी खेलकुद’ भन्ने मुल नाराका साथ संचालन […]
राजनीति
पार्टी एकताका लागि छिट्टै मिति तोकिने : गृहमन्त्री थापा
चितवन,वैशाख,१०- गृहमन्त्री रामबहादुर थापाले एमाले र माओवादी केन्द्रबीच पार्टी एकताका लागि छिट्टै मिति तोकिने बताउनु भएको छ । वैशाख ९ गते तयारी नपुग्दा ढिला भएको भन्दै थापाले अब छिट्टै एकताको मिति तोकिने आज प्रेस सेन्टर नेपाल चितवन शाखाले भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा सो जानकारी गराउनु भयो । उहाँले एमाले र माओवादी केन्द्रबीच सबै […]
नेपाली काँग्रेस केन्द्रिय कार्य समितिको बैठक बुधबार सम्पन्न हुने
काठमाण्डाैं,वैशाख,१०- एक महिनायता जारी नेपाली काँग्रेस केन्द्रिय कार्य समितिको बैठक बुधबार सम्पन्न हुने भएको छ । पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार सकिने गरी बैठकलाई अघि बढाइएको जानकारी दिनु भएको हो । निर्वाचनको समिक्षा गर्ने मूल एजेन्डासहित एक महिनायता जारी केन्द्रिय कार्य समितिको आजको बैठकमा पनि नेताहरुले निर्वाचनमा हार व्यहोर्नुको कारण खोजीगरी पार्टीलाई एकतावद्ध ढंगले […]
तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख पाण्डे र सभामुख महरा विच भेटवार्ता
रोशन घर्ती/ दाङ,बैशाख,९- तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डे र सभामुख कृष्णवहादुर महराका विचमा भेटवार्ता भएको छ । तुलसीपुरको समग्र विकासका सन्दर्भमा भएको भेटघाटमा सभामुख महराले बहुआयामिक योजनाहरुका लागि केन्द्रबाट पहल गर्ने वताएका थिए । उनले तुलसीपुरको विकासका लागि सडक, पूर्वाधार निर्माण र विमानस्थल नियमित सञ्चालनका लागि आफुले पहल गर्ने समेत वताएका थिए । सभामुख महराले […]
संविधान संशोधन नभएसम्म सरकारमा जाँदैनौं : महतो
काठमाडौं, वैशाख,७- राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आफ्नो पहिलो स्थापना दिवसको अवसर पारेर आज शुक्रबार काठमाडौंमा चियापान कार्यक्रमको आयोजना गरेको छ ।कार्यक्रममा राजपा अध्यक्षमन्डलका नेतासहित कार्यकर्ताहरुको उपस्थिति थियो । त्यसैगरी, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रधानसेनापति राजेन्द्र क्षत्री, नेपालका लागि भारतका राजदूत मन्जिभसिंह पुरीलगायत विभिन्न दलका नेताहरु चियापान कार्यक्रममा पुगेका थिए । कार्यक्रममा सन्चारकर्मीहरुसँग […]
प्रदेश अधिवेशनका लागि मनोनयनको समय थप
काठमाण्डौं,वैशाख,७- नेपाल पत्रकार महासंघले प्रदेश अधिवेशनका लागि आइतबार साँझ ५ बजेसम्म उम्मेदवार मनोनयनका समयावधि थप गरेको छ । यही वैशाख २२ गते हुने महासंघको प्रदेश निर्वाचनका लागि आज मनोनयन दर्ता गर्ने समय निर्धारण गरेकोमा प्राविधिक कारण देखाउँदै आइतबारसम्मका लागि समय थप गरेको केन्द्रीय निर्वाचन समितिका सदस्य वालकृष्ण बस्नेतले जानकारी दिनुभयो । उम्मेदवारप्रति दाबी विरोध तथा […]
आन्दोलनका सबै कार्यक्रम स्थगित गरी वार्तामा आउन यातायात व्यवसायीलाई सरकारको आह्वान
काठमाण्डाैं ,वैशाख,७- सरकारले यातायात व्यवसायीहरुलाई आन्दोलनका सबै कार्यक्रम स्थगित गरी वार्तामा आउन आह्वान गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव केदारबहादुर अधिकारीले यातायात व्यवसायीहरुलाई आन्दोलनका सबै कार्यक्रम स्थगित गरी वार्तामार्फत् समस्या समाधान गर्न आह्वान गर्नु भएको हो । उहाँले यातायात व्यवसायीहरुको समस्या समाधानका लागि उच्चस्तरीय यातायात सुधार समिति बनाउन सकिने प्रस्ताव पनि अघि सार्नु […]
आगामी सरकार कांग्रेसको
काठमाडौं, वैशाख ६- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको समृद्धिको चाहना पूरा गर्न सत्तापक्ष र प्रतिपक्ष मिलेर अगाडि बढ्नुको विकल्प नभएको बताउनु भएको छ । नेपाल विद्यार्थी संघको ४९औं स्थापना दिवसका अवसरमा आज काठमाडौंमा भएको एक कार्यक्रममा उहाँले देशलाई आर्थिकरुपमा समृद्ध बनाउने जिम्मेवारी सरकारमा रहेको भएपनि प्रतिपक्षको भूमिका पनि महत्वपूर्ण हुने बताउनुभयो । उनले […]
सिन्डिकेट माग्दै अान्दोलन घोषणा : आन्दोलनका कार्यक्रम (सूचीसहित)
काठमाडौं, बैशाख,५- सरकारले सिन्डिकेट खारेज गरेको विरोधमा यातायात व्यवसायीहरुले आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका छन् । उनीहरुले बुधबार पत्रकार सम्मेलन गरी अनिश्चितकालीन यातायात बन्द लगायतका आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका हुन् । वैशाख २१ गते घर तथा ग्यारेजमा गाडी थन्काउने र २७ गतेदेखि अनिश्चितकालीन यातायात बन्द गर्ने पहिलो चरणको आन्दोलनको कार्यक्रममा उल्लेख छ । सरकारले मंगलबार बसेको […]
एमाले र माओवादी केन्द्रबीचको बैठक निष्कर्षविहीन, बैशाख ९ मा पार्टी एकता नहुने संकेत
काठमाडौं, बैशाख ४- नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकता संयोजन समितिको बैठक निष्कर्षविहीन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा दुई पार्टी एकीकरणका लागि अहिलेसम्म नमिलेका विषय टुंग्याउन छलफल भएपनि सहमति बन्न नसकेको हो । तत्काललाई अब वैशाख ९ गते दुई पार्टीबीच एकता घोषणा नहुने भएको नेताहरुले बताएका छन् । दुई पार्टीबीच नमिलेका विवादित […]








