नगर प्रहरीलाई नयाँ ड्रेस

नेपालगञज बैसाख,२७- नेपालगञ्ज उपमहानगरपालिकामा कार्यरत नगर प्रहरीलाई नयाँ डे«स प्रदान गरिएको छ । उपमहानगरपालिकाले आजदेखि अनिबार्य लगाउनै पर्ने गरि खैरो रंगको डे«स उपलव्ध गराएको हो । यस अघि नेपाल प्रहरीकै रंगसँग मिल्दो ड्रेस परिवर्तन गर्नु पर्ने सुझावलाई मध्यनजर गर्दै परिवर्तन गरिएको उपमहानगरपालिकाले जनाएको छ । निरिक्षण उपशाखा अन्तर्गत ३ जना हवल्दार र दुई जना प्रहरी […]

समावेशी तथा भयरहित शिक्षाका लागि अभिमुखिकरण

नेपालगञ्ज, बैशाख,२५- बाँकेको बैजनाथ गाउँपालिकाका सामुदायिक बिद्यालयका अध्यक्ष र प्रधानाध्यापकलाई एक दिने समावेशी तथा भयरहित शिक्षाका बिषयमा अभिमुखिकरण गरिएको छ । परियोजना संचालन भएको गाउँपालिका भित्रका बिद्यालयका अध्यक्ष र प्रधानाध्यापकलाई आज मंगलबार एक दिने अभिमुखिकरण दिइएको हो । बिद्यालयमा बालबालिकाको सिकाईलाई भयरहित बनाई अध्ययन कार्य संचालनमा सहयोग पु¥याउन तथा केटा–केटीबीचको भेदभावाई समाप्त गरी समान शिक्षा […]

मोदीको भ्रमणलाई राष्ट्रिय हितमा प्रयोग गर्न पूर्वप्रधानमन्त्रीहरुको सुझाव

काठमाडौं, वैशाख,२५- प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्रीहरुसँग परामर्श गर्नु भएको छ ।आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्रीहरुसँग सरकारको नीति तथा कार्यक्रमका साथै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणकाबारेमा छलफल गर्नु भएको हो । छलफलकाक्रममा पूर्वप्रधानमन्त्रीहरुले सरकारको नीति तथा कार्यक्रम विकासमुखी र परिणाममुखी हुनपर्नेमा जोड दिएका थिए ।विकासको गति निकै सुस्त रहेको भन्दै पूर्वप्रधानमन्त्रीहरुले […]

नियमित पठन पाठन नभएको भन्दै विद्यार्थी संगठनले बुझाए ज्ञापन पत्र

के-पी-घिमिरे/ नेपालगन्ज,बैशाख,२४- महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा नियमित पठन पाठन नभएको भन्दै तीन विद्यार्थी संगठनहरुले आज क्याम्पस प्रमुखलाई ज्ञापनपत्र बुझएका छन । आँशिक प्राध्यापकहरुले पटक पटक आफ्ना मागहरु पूरा गर्नु पर्ने भन्दै क्याम्पसमा गर्ने गरेको आन्दोलनका कारण क्याम्पसमा पढ्ने थुप्रै विध्यार्थीहरुको पढाईमा खेलवाड गरेको भन्दै अ-ने-रा -स्व – व्यु- , ने – बि – संघ , […]

मोदीको भ्रमणक्रममा सीमा अतिक्रमणको विषयलाई वार्ताको एजेन्डा बनाउन माग

काठमाडौं, वैशाख,२४- राष्ट्रियसभाका सांसदहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकोको आसन्न नेपाल भ्रमणकाक्रममा कन्चनपुरको पुनर्वासमा भारतीय सीमा सुरक्षा बलबाट भएको ज्यादती र सीमा मिचिएकोबारे कुरा राख्न सरकारसँग आग्रह गरेका छन् ।   राष्ट्रियसभाको सोमबार बसेको बैठकमा विशेष समय लिएर सांसदहरुले पुनर्वासमा भएको सीमा अतिक्रमण र भारतीय सीमा सुरक्षा बल (एसएसबी)को ज्यादतीलाई दुईपक्षीय वार्ताको एजेन्डा बनाउन माग गरेका […]

उपयुक्त निकास दिन सरकारसँग कांग्रेस बाँकेको माग

नेपालगन्ज,वैशाख,२१- नेपाली कांग्रेस बाँकेले यातायात क्षेत्रमा देखा परेको समस्याको उपयुक्त निकास दिन नेपाल सरकारसँग माग गरेको छ । कांग्रेस बाँकेका सचिव तप्त पौडेलले शुक्रबार एक विज्ञप्ती जारी गर्दै यातायात सुविधाबाट आम नागरिकलाई बञ्चित नहुने गरी वैकल्पिक व्यवस्था तथा सम्बन्धित पक्षहरुलाई तत्काल वार्तामा बोलाएर उपयुक्त निकास दिन माग गरेका हुन् । ‘यातायात व्यवसायीबाट आव्हान गरिएको आन्दोलनलाई […]

एमाले माओवादी:पार्टी एकताका विषयमा छुट्टाछुट्टै छलफल गर्दै

काठमाण्डौं,बैशाख,१९- दुई पार्टीबीचको एकताको विषयमा छलफल गर्न एमाले र माओवादी केन्द्रको छुट्टा छुट्टै बैठक आज बुधबार बस्दै छ। एमाले स्थायी समितिको बैठक दिउँसो बस्ने छ। प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली झापाबाट फर्किएपछि एमाले स्थायी समिति वैठक बस्ने एमाले श्रोतले जनाएको छ। बैठकको समय भने टुंगो लागेको छैन। माओवादी केन्द्रले पनि एमालेसँगको पार्टी […]

राहत शिक्षकद्वारा मुख्य मन्त्रीलाइ ज्ञापनपत्र

के-पी-घिमिरे/ बुटवल,बैशाख,१४- प्रदेश नं. ५ मा कार्यरत राहत शिक्षकहरुको भेलाले आज मुख्य मन्त्री शंकर पोखरेललाई ज्ञापनपत्र बुझाएको छ । प्रदेश न ५ का बरिष्ठ उपाध्यक्ष बोम बहादुर कुवँरको नेतृत्वमा केन्द्रीय कमिटीको निर्देशन बमोजिम एक कार्यक्रमका बिच प्रदेश नं. ५ को अस्थायी राजधानी बुटवलमा आफ्ना मागहरु पूरा गर्नका लागि दबाबका लागि उक्त ज्ञापनपत्र बुझाएको बरिस्ठ उपाध्यक्ष कुवँवरले […]

नेपाल औषधि ब्यवसायी संघ भेरीद्वारा नगर कमिटी गठन

के-पी-घिमिरे/ नेपालगन्ज,बैशाख,१३- नेपाल औषधि व्यवसायी संघ भेरी अञ्चलले कोहलपुरमा पवन कुमार वर्माको सभापतित्वमा , अभय कुमार बस्नेतको प्रमुख अथिती तथा कोहलपुर नगर पालिका वडा न ११ का वडा अध्यक्ष कर्ण बहादुर थापाको बिशिस्ट अथितिमा ११ सदस्यीय नगर कमिटी गठन गरेको छ । नयाँ कार्य समितिमा अध्यक्षमा लेखनाथ बगाले, उपाध्यक्षमा थोक तर्फ बिकाश खड्का , खुद्रा […]

लोकतन्त्र दिवसको उपलक्ष्यमा काग्रेसद्वारा दीप प्रज्वलन

के-पी-घिमिरे/ नेपालगन्ज.’,बैशाख,११- बैशाख ११ गतेका दिन देशमा लोकतन्त्र दिवसको रूपमा मनाउदै आईरहेका बेला मंगलबार साॅझ नेपाली कांग्रेस पार्टीले भने नेपालगन्जको वि-पी- चोक स्थित वि-पी-को शालिकमा दीप प्रज्वल गरी लोकतन्त्र दिवस मनाएको छ । नेपाली कांग्रेस पार्टी बाॅके जिल्ला सभापति किरण कोइरालाको सभापतित्व तथा अछाम जिल्लाका प्रतिनिधि सभाका सदस्य राम बहादुर बिष्टको प्रमुख अतिथिमा दीप प्रज्वलन […]