काठमाडौँ,बैशाख,३०- प्रधानमन्त्री केपी शर्मा ओली आइतबार संसदमा सम्बोधन गर्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने राजकीय नेपाल भ्रमणका बारेमा सदनलाई जानकारी दिनुभएको छ । मोदीको भ्रमणको समयमा नेपाली जनताले देखाएको चासो र टिप्पणी प्रति धन्यवाद दिँदै उनले जनकपुरमा मोदीको नागरिक अभिनन्दनको क्रममा अभिव्यक्त भएका केही कुराहरु राष्ट्रिय र कुटनीतिक मर्यादाको कसीमा कमजोर रहेको बताउनुभयो […]
राजनीति
भारतीय प्रधानमन्त्री मोदी स्वदेश फिर्ता
काठमाण्डौं,बैशाख,२९- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुई दिने राजकीय भ्रमण सकेर स्वदेश फिर्ता हुनुभएको छ ।प्रधानमन्त्री मोदी दिउँसो सो चार बजे स्वदेश फिर्ता हुनु भएको हो ।उहाँलाई त्रिभुवन विमानस्थलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विदाई गर्नु भएको हो । शुक्रबार बिहान जनकपुरबाट नेपाल भ्रमण आरम्भ गर्नु भएका मोदीले त्यहाको रामजानकी मन्दिमा पूजा गनूका साथै नगरिक अभिनन्दन कार्यक्रममा समेत […]
प्रचण्डले मोदीसंगको भेटमा भने : सिमामा धेरै ज्यादती भयो सुरक्षाकर्मीलाई सम्झाउनुहोस्
काठमाण्डौं,बैशाख,२९- नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सीमा क्षेत्रमा भारतीय ज्यादती धेरै भएकोले भारत सरकारले तत्काल कदम चाल्नुपर्ने बताउनुभयो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सम्मानमा हिजो साँझ आयोजना गरिएको रात्रीभोजका अवसरमा अध्यक्ष प्रचण्डले उक्त कुरा राख्नु भएको हो । अनौपचारिक भेटका अवसरमा प्रचण्डले सीमा क्षेत्रको समस्या तत्काल अन्त्य नभए गत वर्षको जस्तो गोविन्द गौतम घटना […]
नेपालको विकास यात्रामा भारत शेर्पाको काम गर्न तयार छ : मोदी
काठमाडौं,बैशाख,२९- दुई दिने नेपाल भ्रमणमा रहनु भएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई आफ्नो आवश्यकता र प्राथमिकताका साथ अघि बढ्न सुझाव दिनुभएको छ । काठमाडौं महानगरपालिकाले आज आयोजना गरेको नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै मोदीले नेपालमा लोकतान्त्रिक सरकार आएको र ‘नेपाल आफ्नो आवश्यकता र प्राथमिकताका साथ अगाडि बढोस्’ भनी शभकामना व्यत्त गर्नुभयो । नेपालमा आशा, उज्जव भविष्य र […]
भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण सफल : देउवा
काठमाडौँ,बैशाख,२९- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणमा आएको बधाई दिँदै भ्रमण सफल भएको बताउनु भएको छ। मोदीसँगको भेटमा देउवाले भ्रमणले जनकपुर,मुक्तिनाथ र पशुपतिनाथको धार्मिक पर्यटन क्षेत्रको विकासमा टेवा पुर्याएको बताउनु भएको थियो । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिका अनुसार भेटमा मोदीले आफ्नो नेपाल भ्रमण विशुद्ध धार्मिक रहेको उल्लेख गर्दै कुनै राजनीतिक […]
बैशाख ३० गते नेपाल बन्दको घोषणा
काठमाण्डौं,बैशाख,२९- प्रधनमन्त्री केपी ओलीले अरुण तेस्रो जलबिद्युत आयोजना भारतलाई बुझाएपछि नेपाल कम्युनिष्ट पार्टीले त्यसको कडा शब्दमा बिरोध गरेको छ । शुक्रबार राति ओलीले अरुण तेस्रो मोदीलाई बुझाएलगत्तै शनिबार बिहानै नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले एक विज्ञप्ति जारी गर्दै ओलीले गरेको राष्ट्रघात बिरुद्ध कडा संघर्षमा उत्रिने उद्घोष गरेका छन् । ओली-प्रचण्ड दलाल संसदीय व्यवस्थाका पहरेदार […]
भारतीय सांसद कीर्ति आजादलाई नेपालको दुश्मन घोषणा गर्न निधिको माग
काठमाडौं, वैशाख,२९- भारतीय सांसद् कीर्ति आजादको अभिव्यक्तिप्रति कांग्रेस उपसभापति विमलेन्द्र निधिले कडा आपत्ति जनाउनु भएको छ । आजादलाई नेपालको दुश्मन घोषणा गरी विरोध गर्नसमेत निधिले आग्रह गर्नुभयो ।आजादले शुक्रबार ट्वीट गर्दै जनकपुर भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मिथिला क्षेत्र भारतको भएकाले फर्काउन भन्नुभएको थियो । मिथिला क्षेत्र नेपाल–अंग्रेजबीच सन्धि गरेर दुई सय वर्षका […]
जनकपुरका लागी १०० करोड सहयोग गर्छु : भारतीय प्रधानमन्त्री मोदी
जनकपुरधाम,बैशाख,२८- दुई दिने नेपाल भ्रमणमा जनकपुर पुग्नु भएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरको बाह्रविघामा आयोजित नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै जनकपुर र आसपासका क्षेत्रको विकासका लागि १०० करोड भारतीय रुपैया सहयोग दिने घोषणा गर्नु भएको छ । उहाँले जनकपुरलाई रामायण सर्किटमा समावेश गर्ने दिशामा आफूहरु रहेको बताउनुभयो । उहाँका अनुसार प्रदेश सरकार र केन्द्र सरकारले […]
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुरमा
जनकपुर,बैशाख,२८- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुरमा आइपुग्नु भएको छ । विहान सवा १० बजे जनकपुर आउने कार्यक्रम तय भए पनि आधा घण्टन ढिलो जनपुरमा ओर्लिनु भएको हो ।उहाँ हेलिकोप्टरबाट एयर इन्डियाको विमानबाट जनकपुर आइपुग्नु भएको हो । जनकपुर विमानस्थलमा उत्रिनु भएका मोदीलाई रक्षामन्त्री ईश्वर पोखरेल, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलगायतले स्वागत गर्नु भएको थियो ।नागरिक […]
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज नेपाल आउदै
काठमाण्डौं,बैशाख,२८- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज नेपाल भ्रमणमा आउदै हुनुहुन्छ ।भारतीय प्रधानमन्त्रीकारूपमा मोदीले तेस्रोपटक नेपालको भ्रमण गर्न लाग्नु भएको हो । दिल्लीबाट सिधै भारतीय वायुसेनाका तीन हेलिकप्टरबाट प्रधानमन्त्री मोदी सहितको टोली बिहान १० बजे जनकपुर विमानस्थलमा अवतरण गर्नेछन् ।मोदीलाई नेपाल सरकारको तर्फबाट रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गर्नेछन् । मोदीको स्वागतका लागि मुख्यमन्त्री राउत पनि विमानस्थल पुग्नेछन् । […]










