काठमाडाै,चैत,२२- एमाले र माओवादी केन्द्रबीचको पार्टी एकतासम्बन्धि प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणबाट फर्के लगत्तै टुङगो लगाइने भएको छ । एमाले र माओवादी केन्द्र पार्टी एकता संयोजन समितिको आज बसेको बैठकले प्रधानमन्त्री ओलीको भारत भ्रमण लगत्तै पार्टी एकताका सबै विषय टुङगो लगाउने निर्णय गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पार्टी एकताका लागि […]
राजनीति
अर्थतन्त्रको गलत आँकडा देखाएर भ्रमको खेती सुरु भयो : वरिष्ठ नेता पौडेल
दमौली,चैत्र,२२- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनतालाई विभिन्न आश्वासन बाँडेर बाम गठबन्धनले भोट ल्याएको तर जनताको आश्वासन पूरा गर्न नसक्नेभएपछि अर्थतन्त्रको गलत आँकडा देखाएर फेरि भ्रमको खेती गर्न लागेको आरोप लगाउनुभएको छ । तनहुँको घिरिङ गाउपालिका वडा नम्बर दुईमा आज आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले जनतालाई बाम गठबन्धनले बाँडेको आश्वासन अनुसारको […]
सरकार झुट र भ्रमको खेतीमा लाग्यो : पौडेल
तनहुँ, चैत २१- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वाम गठबन्धनको वर्तमान सरकार झुट र भ्रमको खेतीमा लागेको आरोप लगाउनु भएको छ । आज तनहुँको दमौलीमा सन्चारकर्मीसँगको भेटमा उनले वर्तमान सरकार आर्थिक समृद्धि र विकासमाभन्दा पनि झुट र भ्रमको खेतीतर्फ उन्मुख भएको आरोप लगाउनुभयो । सरकार काम गर्नेभन्दा पनि लोकप्रियता कमाउनेतर्फ बढी मात्रामा लागेको उहाले […]
एमाले माओवादी केन्द्रको एकता संयोजन समितिको बैठक आज बस्दै
काठमाडौं, चैत,२०- नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक आज बस्दैछ ।दुई दलबीचको एकता प्रक्रियाका बाँकी विषय टुंगो लगाउने उद्देश्यका साथ बैठक बस्न लागेको हो । एकता संयोजन समितिका सदस्यहरुबीच अधिकांश विषयमा सहमति जुटिसकेको छ । तर एकताको संख्या अनुपात, ‘जनयुद्ध’ शब्द र चुनाव चिह्नमा समान धारणा निर्माण हुन भने बाँकी […]
अख्तियारद्वारा वीपी कोइराला स्वास्थ्यका उपकूलपति संग स्पष्टीकरण माग
धरान,चैत,२०- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपतिलाई स्पष्टीकरण मागगर्दै चिठ्ठी पठाएको छ । प्रतिष्ठानमा भएका विभिन्न भ्रष्टाचारका विषयमा बयान लिन अख्तियारले उपकूलपति लगायत अस्पताल निर्देशक, लेखा शाखाकी प्रमुखलाई समेत बोलाएको बुझिएको छ । हस्पिटेक इन्टरप्राईजेजबाट खरिद गर्न लागेको एमआरआई १.५ टेस्ला उपकरणमा ६ करोड भन्दाबढि भ्रष्टाचार भएको देखिएपछि अख्तियारले प्रतिष्ठानका पदाधिकारीलाई […]
राष्ट्रिय जनता पार्टी पुनः आन्दोलन गर्ने तयारीमा
काठमाण्डौ,चैत,१९- राष्ट्रिय जनता पार्टी (राजपा) पुनः आन्दोलन मुडमा देखिएको छ।प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनमा लिखित सहमति र मधेशवादी दलहरुसँग भइरहेको वार्ताको टुंगो लगाउन आनाकानी गरेपछि राजपाले सडक र सदनबाट आन्दोलनको मुडमा देखिएको हो। संविधान संशोधनमा प्रधानमन्त्री ओलीले मधेशवादी दलका विषयहरुलाई बेवास्ता गरेको भन्दै राजपा असन्तुष्ट छ। मधेशवादी दल र सरकारबीच लगातार भइरहेको वार्तामा प्रधानन्त्री […]
गृह मन्त्री थापाको यस्तो छ, ८२ बुँदे गृह प्रशासन सुधार कार्ययोजना
काठमाडौ,चैत,१९- गृहमन्त्री रामबहादुर थापाले गृह प्रशासन सुधार कार्ययोजना सार्वजनिक गर्नु भएको छ । सोमबार गृह मन्त्रालयमा सुरक्षा अंगका प्रमुखहरुसहितको उपस्थितिमा गृहमन्त्री थापाले ८२ बुदे गृह प्रशासन सुधार कार्ययोजना सार्वजनिक गर्नु भएको हो । लोकतन्त्रको रक्षा र राष्ट्रिय एकताको बलमा मुलुकलाई विकास र समृद्धिको बाटोमा अग्रसर गराउने सरकारको लक्ष्य प्राप्तीका लागि गृह प्रशासन सुधार योजना सार्वजनिक […]
पूर्वगृहमन्त्री खुमबहादुर खड्काको निधन
काठमाडाैं,चैत,१६- नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री खुमबहादुर खड्काको निधन भएको छ । भारतको दिल्लीस्थित अपोलो अस्पतालमा उपचारको क्रममा खड्काको निधन भएको हो । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै उहाँको निधन भएको पुष्टि गर्नु भएको छ । (प्रवक्ता विश्वप्रकाश शर्माको ट्वीट) बहुदलीय व्यवस्थाकालमा विभिन्न मन्त्रालयको जिम्मेवारी पाउनु भएका खड्का शेरबहादुर देउवा पहिलो पटक […]
प्रधानमन्त्रीले भारत भ्रमण चैत २३ गते गर्ने
काठमाडौं,चैत,१६- प्रधानमन्त्री केपी शर्मा ओली चैत २३ गते भारत भ्रमणमा जानुहुने भएको थ । नेपाल र भारतको परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री ओलीको भारत भ्रमणको औपचारिक घोषणा गरेका छन् । ओली २३ गते भारतको राजकीय भ्रमणमा जानेछन् र २५ गते फर्कनेछन् । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने छन् । तर, दुई प्रधानमन्त्रीबीच […]
१८ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाइयो
काठमाडौँ,चैत,१३- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा ३१ शाखा अधिकृतलाई खटाएको छ ।मन्त्रालयले खटाएकामध्ये १८ जनालाई गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत र १३ जनालाई अधिकृतका रूपमा रिक्त रहेका नगरपालिकामा खटाएको हो । रिक्त रहेका १८ गाउँपालिकाको लागि प्रमुख प्रशासकीय अधिकृत र नगरपालिकाको शाखा कार्यालयका लागि शाखा प्रमुखकारूपमा कर्मचारी खटाइएको मन्त्रालयका कर्मचारी प्रशासन शाखाका अधिकृत […]









