प्रधानमन्त्रीले भारत भ्रमण चैत २३ गते गर्ने

काठमाडौं,चैत,१६- प्रधानमन्त्री केपी शर्मा ओली चैत २३ गते भारत भ्रमणमा जानुहुने भएको थ । नेपाल र भारतको परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री ओलीको भारत भ्रमणको औपचारिक घोषणा गरेका छन् । ओली २३ गते भारतको राजकीय भ्रमणमा जानेछन् र २५ गते फर्कनेछन् । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने छन् । तर, दुई प्रधानमन्त्रीबीच […]

१८ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाइयो

काठमाडौँ,चैत,१३- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा ३१ शाखा अधिकृतलाई खटाएको छ ।मन्त्रालयले खटाएकामध्ये १८ जनालाई गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत र १३ जनालाई अधिकृतका रूपमा रिक्त रहेका नगरपालिकामा खटाएको हो । रिक्त रहेका १८ गाउँपालिकाको लागि प्रमुख प्रशासकीय अधिकृत र नगरपालिकाको शाखा कार्यालयका लागि शाखा प्रमुखकारूपमा कर्मचारी खटाइएको मन्त्रालयका कर्मचारी प्रशासन शाखाका अधिकृत […]

चैत १५ गते राष्ट्रपति भण्डारीले संघीय संसदका दुवै सदनलाई संयुक्त रुपमा सम्बोधन गर्ने

काठमाण्डौं,चैत,१२- राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदका दुवै सदनलाई संयुक्त सम्बोधन गर्नु हुने भएको छ । यहि चैत १५ गते दुवै सदनलाई संयुक्त संबोधन गर्ने गरि आज बसेको मन्त्रिपरिषद्को बैठकले सम्बोधनको मिति तय गरेको । राष्ट्रपतिको चैत १५ गते बिहीबार ४ बजे सम्बोधनको समय तय भएको छ ।

संसदमा इयू निर्वाचन प्रतिवेदनको चर्को विरोध

काठमाडौं, चैत,१२- सांसदहरुले नेपालको निर्वाचन पर्यवेक्षणसम्बन्धी युरोपेली युनियनको प्रतिवेदनप्रति चर्को विरोध गरेका छन् । संघीय संसद भवन नयाँबानेश्वरमा सोमबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा सत्तारुढ दलका सांसदहरुले युरोपेली युनियनले आफ्नो क्षेत्राधिकार बिर्सिएर नेपालको संविधानविपरीत अभिव्यक्ति दिएको भन्दै विरोध गरेका हुन् । विशेष समयमा नेकपा एमालेका उपाध्यक्ष एवं सांसद भीम रावलले इयूको प्रतिवेदन सार्वभौम सत्तासम्पन्न मुलकका […]

इयुलाई ओलीको झटारोः धर्म प्रचार गर्न नपाएको रिस पोखियो

काठमाण्डौं,चैत,११- प्रधानमन्त्री केपी शर्मा ओलीले युरिपियन युनियनद्वारा सार्वजनिक निर्वाचन सम्बन्धि प्रतिवेदन प्रतिशोधपूर्ण रहको बताउनु भएको छ । प्रतिवेदनबाट नेपाली जनताले हेपिएको महशुस गरेको बताउँदै उहाँले धर्म प्रचारकलाई फिर्ता पठाइएको बदलामा इयुको प्रतिवेदन आएको दावी गर्नुभयो । ‘अनुगमनको नाममा धर्म प्रचार गर्नेलाई हामीले फिर्ता पठाएपछि प्रतिशोध साँध्न यस्तो प्रतिवेदन ल्याइएको हो’, उहाँले भन्नुभयो ,‘इयुको प्रतिवेदनबाट मैले […]

राजनीतिक प्रतिवेदन आज कार्यदलमा पेस गरिने

काठमाडौं,चैत,११- एमाले–माओवादी पार्टी एकता घोषणाको अन्तिम तयारीमा जुटेका छन् । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले चैत अन्तिम साता कम्युनिष्ट गठबन्धनको एकताको घोषणा गर्ने प्रस्ताव गरेपछि माओवादी र एमाले आन्तरिक तयारीमा जुटेका हुन । प्रधानमन्त्री ओलीले यहि चैत २३ अघि नै पार्टी एकता गर्नेगरि प्रक्रिया अघिबढाउन आग्रह गरेपछि अहिले दुबै दल अन्तिम कसरतमा जुटेको […]

ओलीको प्रस्तावः भारत भ्रमण अघि नै पार्टी एकता गरौं

काठमाडौं, चैत,१०- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न भारत भ्रमण अघि नै एमाले र माओवादीबीच पार्टी एकता गर्ने प्रस्ताव अघि सार्नु भएको छ। प्रधानमन्त्री ओली चैत २३ मा भारत जाने तयारीमा छन् । यद्यपि भ्रमण मितिको औपचारिक घोषणा भएको छैन । २५ गतेसम्म हुने भ्रमण राजकीय हुनेछ । स्रोतका अनुसार एमाले अध्यक्ष समेत रहेका ओलीले […]

‘दुष्प्रचार’ छानबिन गर्न नेविसंघले बनायो तीन सदस्यीय समिति

काठमाडौं, चैत,१०- नेपाल विद्यार्थी संघले संगठनको बदनाम हुने गरी केही दिनयता सामाजिक सन्जालमा भ्रामक समाचार सम्प्रेषण भइरहेको भन्दै तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । संगठनभित्रकै केही व्यक्तिले संगठन, संगठनका पदाधिकारी र सदस्यहरुको बदनाम हुने गरी दुष्प्रचार गरेको भन्दै उपाध्यक्ष पवन यादवको नेतृत्वमा आज तीन सदस्यीय छानबिन समिति गठन गरिएको हो । समितिलाई पाँच […]

पाँच वर्षभित्र मुलुकको कायापलट गर्ने प्रधानमन्त्री ओलीको उद्घोष

काठमाडौं, चैत,५- प्रधानमन्त्री केपी शर्मा ओलीले आफू हात बाँधेर बस्नको लागि प्रधानमन्त्री नभएको बताउनु भएको छ ।राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान भवनको आज काठमाडौंको मातातीर्थमा उद्घाटन गर्दे उनले आफूले काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।अरुको प्रगति सुनेर बस्ने र कुरा गर्ने दिन अब नभएको भन्दै प्रधानमन्त्री ओलीले आगामी पाँच वर्षभित्र नेपालको कायापलट गर्ने […]

चौधरीलाई शपथ खुवाउने सरकारको कुनै तयारी छैनः मन्त्री तामाङ

काठमाण्डौँ,चैत,५- कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री शेरबहादुर तामाङले सांसद रेशम चौधरीलाई शपथ खुवाउने सरकारको कुनै तयारी नभएको स्पष्ट पार्नु भएको छ । आज मन्त्रालयमा आयोजित कार्यक्रममा उहाँले चौधरीको अभियोग प्रमाणित नभए पनि उहाँको शपथबारे सरकारले निर्णय लिई नसकेको जानकारी दिनु भयो । अभियोग प्रमाणित भए कानुनबमोजिम कारबाही हुने पनि उहाँको भनाई थियो । टीकापुर घटना […]