सरकारले जनहितमा काम गर्न नपाएको प्रधानमन्त्रीको गुनासो

काठमाडौं, माघ,१३- प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो नेतृत्वको सरकारले जनहितमा काम गर्न नपाएको गुनासो गर्नु भएको छ । वीपी स्मृति सामुदायिक सहकारी अस्पतालको दशौं बार्षिक साधारणसभाका अवसरमा आज गरिएको कार्यक्रममा प्रधानमन्त्री देउवाले आफू प्रधानमन्त्री भएलगत्तैबाट निर्वाचन आचारसंहिता लाग्दै आएकाले जनताको पक्षमा निर्णय गर्न कठिन भएको बताउनुभयो । आफूले जनहितमा कुनै निर्णय गर्न आँट्यो कि निर्वाचन आचारसंहिताले रोक्ने […]

कांग्रेसको लोकतान्त्रिक चरित्रमाथि नै प्रश्नचिह्न खडा : प्रचण्ड

चितवन, माघ १३- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारले गरेका पछिल्ला निर्णयले नेपाली कांग्रेसको लोकतान्त्रिक चरित्रमाथि नै प्रश्नचिह्न खडा भएको बताउनु भएको छ । आज प्रेस सेन्टर चितवनले भरतपुर विमानस्थलमा गरेको पत्रकार भेटघाटमा अध्यक्ष दाहालले कामचलाउ सरकारले दीर्घकालीन महत्व र गम्भीर प्रकृतिका निर्णय धमाधम गर्दा कांग्रेसलाई नै घाटा हुने टिप्पणी गर्नुभयो । उहाँले नयाँ […]

राष्ट्रहितविपरीतका निर्णय नयाँ सरकारले खारेज गर्छ : ओली

पोखरा, माघ,१२- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले मुलुकलाई कंगाल बनाउन लागेको आरोप लगाउनु भएको छ ।सामुदायिक रेडियो प्रशारण संघ नेपालको १३औं वार्षिक साधारणसभाको शुक्रबार पोखरामा उद्घाटन गर्दै उनले कामचलाउ सरकारले गरेका कतिपय निर्णय अनैतिक र जनमतको उपहास भएको बताउनुभयो । भावी प्रधानमन्त्रीकारुपमासमेत हेरिएका अध्यक्ष ओलीले संविधान, कानुन र राष्ट्रहितविपरीतका निर्णयहरुलाई आगामी सरकारले […]

राज्यको ढुकुटी बढाएको कांग्रेसले खर्च गर्ने हैसियत राख्छ : विश्वप्रकाश

काठमाडौं,माघ,१२- नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रको ढुकुटी बढाउन योगदान गर्नेहरुले खर्च गर्ने अधिकार पनि राख्ने बताउनु भएको छ । ६५ वर्षमै बृद्धभत्ता दिने सरकारको निर्णयको बचाउ गर्दै शर्माले राज्यको ढुकुटी बढाउन कांग्रेसको योगदान रहेको बताउनुभयो । पोखरामा पत्रकारहरुसँग कुरा गर्दै शर्माले भन्नुभयो ‘जसले आय गर्ने क्षमता राख्छ, उसले व्यय गर्ने हैसियत पनि राख्छ । कांग्रेसले कुनै […]

एमाले–माओवादी कम्युनिष्ट होइनन : सिपी गजुरेल

सिर्जना बर्देवा/  ओखलढुंगा,माघ,१२- नेकपा क्रान्तिकारी माओवादीका स्थायी कमिटी सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका संयोजक सिपी गजुरेलले एमाले माओवादी केन्द्रबीचको बाम गठबन्धन दक्षिणपन्थी गठबन्धन भएको आरोप लगाएका छन् । ओखलढुंगामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता गजुरेलले दुई पार्टीबीचको गठबन्धन वामपन्थी नभएर दक्षिणपन्थी भएको आरोप लगाएका हुन् ।  नेकपा क्रान्तिकारी माओवादीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै […]

एक इन्च पनि नेपाली भूमि कसैलाई छाड्न सकिँदैन : प्रधानमन्त्री

काठमाडौं, माघ ११- प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली भूमि अतिक्रमण सह्य नहुने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा छपकैया सीमा अतिक्रमणबारे अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीको ज्ञापनपत्र बुझ्दै उहाँले एक इन्च नेपाली भूमि कसैलाई नछाड्ने दृढता व्यक्त गर्नुभयो । दुबै संगठनका विद्यार्थी नेताहरुले वीरगञ्जको छपकैयामा देखिएको सीमा विवादको छानबीन गर्न र तत्काल समाधान गर्न प्रधानमन्त्री देउवासँग आग्रह गर्नुभयो […]

राष्ट्रिय सभा निर्वाचनमा १७ जना निर्विरोध, ३९ सांसदका लागि मतदान हुने

काठमाडौं, माघ ११- राष्ट्रिय सभा निर्वाचनमा १७ जना निर्विरोध भएका छन् । मतदानबाट निर्वाचित हुनुपर्ने राष्ट्रियसभाका ५६ मध्ये १७ जना सांसदहरु बुधबार निर्विरोध भएका छन् । बाँकी ३९ सांसदका लागि भने २४ गते बहुमतीय र एकल संक्रमणीय विधिबाट मतदान हुनेछ । राष्ट्रियसभा सदस्यका लागि हिजो भएको मनोनयनदर्ताकै क्रममा १७ जना निर्विरोध बनेका हुन् । उम्मेदवारी दर्ता भएका […]

राष्ट्रिय सभाका उम्मेदवारको अन्तिम नामावली १५ गते सार्वजनिक हुने

काठमाडौ,माघ,१०- निर्वाचन आयोगले राष्ट्रिय सभाका उम्मेदवारहरुको अन्तिम नामावली आगामी माघ १५ गते सार्वजनिक गर्ने भएको छ । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले राष्ट्रिय सभा निर्वाचनका उम्मेदवारको अन्तिम नामावली आगामी माघ १५ गते सार्वजनिक गर्ने कार्यसूचि रहेको जानकारी दिनु भएको हो । उहाँले सोही दिन निर्वाचन चिन्ह पनि प्रदान भएपछि निर्वाचन प्रचार अभियान पनि सुरु हुने स्पष्ट […]

राष्ट्रिय सभामा विवेकशील साझाले काँग्रेसलाई भोट हाल्ने

काठमाण्डौं,माघ,१०- भरपर्दो वैकल्पिक राजनीतिक शक्ति मानिएको विवेकशील साझा पार्टीले राष्ट्रिय सभामा नेपाली काँग्रेसलाई सघाउने भएको छ। प्रदेश तीनबाट विवेकशील साझाका तीन प्रदेश सांसद छन्। आफ्ना उम्मेदवारले जित्ने अवस्था नरहेको निष्कर्ष निकाल्दै सो पार्टीले काँग्रेसलाई समर्थन गर्ने भएको हो। राष्ट्रिय सभा निर्वाचनमा प्रत्येक प्रदेश सदस्यको मतभार ४८ हुने व्यवस्था छ। यसअनुसार हेर्दा विवेकशील साझाको मतभार १४४ […]

आज उम्मेदवारी दर्ता: राष्ट्रियसभामा देखिएन राष्ट्रिय अनुहार

काठमाडौं,माघ,१०- ८ जेठ, २०५९ अन्तिम राजा ज्ञानेन्द्र शाहले प्रतिनिधिसभा विघटन गरेपछि राष्ट्रियसभाका तत्कालीन उपाध्यक्ष रामप्रित पासवान संविधानविद्, कानुनविद् र विभिन्न नेताको घरदैलोमा निस्के, ०४७ सालको संविधानको ठेली बोकेर । उनको एउटै उद्देश्य थियो, ‘राजाले प्रतिनिधिसभा भंग गरे पनि अर्को जनप्रतिनिधि निकाय राष्ट्रियसभा क्रियाशील बनाउने ।’ तर, कुनै पनि सुझावकर्ताले राष्ट्रियसभा मात्र क्रियाशील हुन सक्ने सुझाव […]