माओवादीले थापा र शर्मालाई राष्ट्रिय सभामा पठाउने

काठमाण्डौं,माघ,९- नेकपा माओवादी केन्द्रले रामबहादुर थापा र दीनानाथ शर्मालाई राष्ट्रिय सभामा पठाउने भएको छ ।  माओवादी शीर्ष नेताहरुको आज बसेको बैठकले राष्ट्रियसभाका १३ उम्मेदवार चयन गरेको छ । बादल प्रदेश ३ को खुला सदस्यको उम्मेदवार बनेका छन् भने पूर्वमन्त्री शर्मा प्रदेश ४ बाट खुला सदस्यको उम्मेदवार बनेका छन् । अध्यक्ष पुष्पकमल दाहाल, नेताहरू नारायणकाजी श्रेष्ठ […]

सशस्त्र प्रहरीको १७ औं वार्षिकोत्सवमा प्रधानमन्त्री देउवाद्वारा उद्घाटन

काठमाडौं, माघ ९- सशस्त्र प्रहरी बलले आज आफ्नो स्थापनाको १७ औं वार्षिकोत्सव मनाएको छ । सशस्त्र प्रहरी बल प्रधान कार्यालय हल्चोकमा गरिएको वार्षिकोत्सव कार्यक्रमको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुभएको हो । प्रधानमन्त्री देउवाले सशस्त्र प्रहरी बलले मुलुकमा पुर्‍याएको योगदानको चर्चा गर्दै भविष्यमा पनि आफ्नो जिम्मेवारीलाई कतव्र्यनिष्ट भएर पूरा गर्न निर्देशन दिनुभयो । उहाँले सशस्त्र प्रहरीको पुनर्संरचना […]

राजपाले कांग्रेस र फोरमसँग सहकार्य गर्ने

काठमाडौं,माघ,९- राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेस र संघीय समाजवादी फोरम नेपादसँग तालमेल गर्ने निर्णय गरेको छ । राजनीतिक समितिसहितको अध्यक्ष मण्डलको बैठकले राष्ट्रियसभा निर्वाचनमा तालमेल गरेर अघि बढ्ने निर्णय गरेको हो । आजको कारोबारमा खबर छ ।

स्थानीय तहलाई खर्चको विवरण बुझाउन ७ दिने अल्टिमेटम

काठमाडौं, माघ,९- सरकारले सात दिनको समय दिएर सबै स्थानीय तहसँग खर्च र राजस्वको विवरण माग गरेको छ । पुस मसान्तसम्म अहिकांश प्रदेश तथा स्थानीय तहले आगामी आर्थिक वर्षको आयव्यय प्रक्षेपणको तथ्यांकसहितको विवरण नबुझाएको भन्दै सात दिनभित्र राजस्व र व्यवको विवरण बुझाउन पत्राचार गरेहको हो । आजको कारोबारमा खबर छ ।

उत्तर कोरियाली राजदूत र प्रचण्ड विच भेटवार्ता

काठमाण्डौ,माघ,७- नेपालका लागि उत्तर कोरियाली राजदूत किम योङ हाक र प्रचण्ड बिच आज भेटवार्ता भएको छ । किम योङ हाक पेरिसडाँडास्थित माओवादी केन्द्रको कार्यालय पुगेर प्रचण्डलाई उत्तर कोरिया भ्रमणको निम्तो दिनुभएको हो । आगामी सेप्टेम्बर महिनामा कोरियन श्रमिक पार्टीको ७० औं पार्टी स्थापना दिवस आयोजना गरिएको जानकारी दिँदै कार्यक्रममा आतिथ्यताका लागि राजदूत हाकले प्रचण्डलाई निम्तो दिनुभएको […]

एक सय दलबाट आयव्यय विवरण पेश

काठमाडौँ, माघ, ७- निर्वाचन आयोगमा अहिलेसम्म १०० भन्दा बढी राजनीतिक दलले आयव्यय विवरण बुझाएका छन् । साउनदेखि अहिलेसम्म आव २०७३/७४ को १०७ राजनीतिक दलले आयव्यय विवरण बुझाएको आयोगका कानून तथा राजनीतिक दल सम्बन्ध शाखाका शाखा अधिकृत घमचन्द्र तिमिल्सेनाले जानकारी दिनुभयो । उहाँका अनुसार नेकपा (एमाले), नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनता पार्टी […]

प्रदेश राजधानीको माग गर्दै नेपालगन्जमा र्याली

डम्मर थापा मगर/ बाँके,माघ,५- प्रदेश राजधानीको माग गर्दै आज नेपालगन्जमा ¥याली निकालिएको छ । विभिन्न पेशाकर्मीहरुको व्यवसायीक सञ्जाल पापड नेपालगन्जको नेतृत्वमा आज दबाब र्याली निकालिएकोे हो । उच्च अदालत बारको कार्यालयबाट शुरु भएको र्यालीले नगरको परिक्रमा गरेको पापडका अध्यक्ष बलबहादुर चन्दले बताउनुभयो । ¥यालीमा राजनीतिक दल, नागरिक समाज तथा सम्पुर्ण पेशाकर्मीहरुको सहभागिता रहको थियो । […]

प्रदेश प्रमुखले आज अपराह्न राष्ट्रपतिबाट शपथग्रहण लिने

काठमाडौं,माघ,५- सरकारले नियुक्त गरेका सातवटै प्रदेशका नवनियुक्त प्रमुखले आज राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिने भएका छन्। सरकारले नियुक्त गरेको प्रदेश प्रमुखलाई राष्ट्रपतिले शपथग्रहण गराउने संवैधानिक व्यवस्था अनुसार राष्ट्रपतिले शपथग्रहण गराउन लाग्नु भएको हो । राष्ट्रपतिको कार्यालय अनुसार अपराह्न ४ बजे उनीहरुको नियुक्ति र शपथ ग्रहण सँगसँगै गर्ने तयारी भइरहेको जनाएको छ । सरकारले बुधबार मात्रै  प्रदेश […]

अस्थायी राजधानी नै स्थायी हुने

काठमाडाैं,माघ,५- सरकारले बुधबार तोकेको अस्थायी राजधानी नै स्थायी बन्ने सम्भावना देखिएको छ । संविधानको भारा २८८ उपधारा (२) मा प्रदेशसभा राजधानी सम्बन्धित प्रदेशसभाको दुई तिहाइ बहुमतबाट निर्णय भएबमोजिम हुने लेखिएको छ । यसबाट प्रदेशस संसदको दुईतिहाइ बहुमतबाट मात्र स्थायी राजधानी तोकिनेछ । हाल विवादमा रहेका १, २ ५ र ७ नम्बर प्रदेशमा स्थायी राजधानी तोक्न […]

अस्थायी राजधानी र प्रदेशप्रमुखबारे पुनर्विचार हुनसक्छ : ओली

काठमाडौं, माघ, ४- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले तोकेको प्रदेशको अस्थायी राजधानी र प्रदेशप्रमुखका सम्बन्धमा नयाँ सरकार बनेपछि पुनर्विचार हुनसक्ने बताउनु भएको छ । आफ्नो नियमित स्वास्थ्य परीक्षण गराइ आज थाइल्यान्डको राजधानी बैंककबाट स्वदेश फर्केपछि अध्यक्ष ओलीले अस्थायी राजधानी र प्रदेशप्रमुख ढिलै भएपनि तोक्ने काम हुनु सरकारको जिम्मेवारी भएपनि कहाँ–कहाँ अस्थायी राजधानी तोक्ने […]