समानुपातिकतर्फ प्रदेशसभा विजयी सदस्य उम्मेदवारहरुको (नामावली)

काठमाडौं, माघ,४- निर्वाचन आयोगले गत मंसिर १० र २१ गते सम्पन्न प्रदेससभा सदस्य निर्वाचनको समानुपातिकतर्फको विजयी उम्मेदवारको नामावली  आज सार्वजानिक गरेको छ । आयोगकाअनुसार विजयी उम्मेदवारको नामावली यस्तो रहेको छ । प्रदेश नम्बर–१ नेकपा एमालेः प्राप्त सिट संख्याः १५ १. वीनादेवी राई २. सावित्री जोशी ३. उषाकला राई ४. कृष्णकुमारी राई ५. पदमकुमारी गुरुङ ६. […]

को हुन् अनुराधा कोईराला भन्छिन् : नयाँ सरकारले हटाएपनि दुःख मनाउ गर्दिनँ

काठमाण्डौं,माघ,३- सरकारले तीन नम्बर प्रदेशको मुख्यमन्त्रीमा माइती नेपालकी संस्थापक एवं समाजसेवी अनुराधा कोइरालालाई नियुक्त गरेको छ। कोइरालाले प्रदेश प्रमुखमा नियुक्त भएसंगै आफूमाथि जिम्मेवारी थपिएको प्रतिक्रिया दिनुभएको छ ।  देउवा सरकारले गरेका नियुक्ति नयाँ सरकारले फेर्ने भन्ने आशंकालाई लिएर गरिएको प्रश्नमा उहाँले त्यस्तो भएमा आफूले कुनै दुःख मनाउ नगर्ने प्रतिक्रिया दिनुभयो । ‘म आफ्नो व्यक्तिगत लाभलाई […]

पहिलो प्रदेश प्रमुख: को कस्ता छन्

काठमाडौं माघ,३- आज अपरान्ह बसेको मन्त्री परिषदको बैठकले ७ वटै प्रदेशका प्रदेश प्रमुखहरु चयन गरेको छ। नियुक्त गरिएका प्रदेश प्रमुखहरुमा प्रदेश- १ मा प्राध्यापक गोबिन्द सुब्बा, प्रदेश- २ मा रत्नेश्वरलाल कायस्थ, प्रदेश-३ मा अनुराधा कोइराला, प्रदेश-४ मा बाबुराम कुँवर, प्रदेश-५ मा उमाकान्त झा, प्रदेश-६ मा दुर्गाकेशर खनाल र प्रदेश-७ मा मोहनराज मल्ल छन्। उनीहरुको राजनीतिक […]

प्रदेश नं. ७ को राजधानी धनगढी तोकेसंगै डोटीको दिपायलमा तनाव

डोटी,माघ,३- नेपाल सरकारले प्रदेश नं. ७ को अस्थायी मुकाम धनगढी तोकेसँगै डोटीको दिपायलमा तानव सिर्जना भएको छ । यस अघि नै राजधानीको माग गर्दै आन्दोलन जारी राखेको दिपायलमा नागरिकहरु सडकमा उत्रिएका छन् । आन्दोलन संयोजन समितिले अनिश्चितकालीन डोटी बन्दको घोषणा गरेको छ भने नागरिकहरुले सरकारबिरुद्ध नाराबाजी गर्दै टायर बालेर प्रदर्शन गरेका छन् । सरकारको निर्णय बाहिर […]

दाङमा आज देखि अनिश्चितकालीन बन्दको आह्वान

रोशन घर्ती/ दाङ,माघ,३- प्रदेश नम्बर पाँचको राजधानी माग गर्दै गरिएको आन्दोलनले दाङ जिल्ला ठप्प बनेको छ । सरकारले  बाहेकको स्थानलाई प्रदेशको अस्थायी मुकाम तोक्ने तयारी गरिरहेको भन्ने सुचना मिलेको भन्दै दंगालीहरु त्यसको बिरुद्ध सडकमा उत्रिएका हुन् । आज देखि अनिश्चितकालीन बन्दको आह्वान गरिएको छ । बन्दका कारण विहानै देखि दाङको यातायात, शिक्षण संस्था,बजार, उद्योग धन्दा […]

सरकार द्वारा प्रदेश प्रमुख र अस्थाई राजधानी घोषणा

काठमाडौं, माघ,३- सरकारले लामो समय पछि ७ ओटै  प्रदेशका अस्थायी मुकाम र प्रदेशप्रमुखको टुंगो लगाएको छ । आज अपराह्न बसेको मन्त्रिपरिषदको बैठकले प्रदेशप्रमुख र प्रदेशको अस्थायी मुकाम तोकेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले गरेको निर्णयअनुसार प्रदेश नम्बर–१ को अस्थायी राजधानी विराटनगर तोकिएको छ । प्रदेश–२ को जनकपुर, प्रदेश–३ को हेटौंडा, प्रदेश–४ को पोखरा, प्रदेश–५ को […]

घोराहीमा जनप्रतिनिधिहरुलाई सम्मान

रोशन घर्ती/ घोराही,पुस,२७- घोराही उपमहानगरपालिका वडा नम्बर १३ स्थित वराह क्षेत्र मावि वनगाउँले आज एक कार्यक्रमको आयोजना गरी जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । उपप्रधानमन्त्री कृष्णबहादुर महरा प्रदेश सभा सदस्य अम्मरबहादुर डाँगीलगायतका जनप्रतिनिधिहरुलाई सम्मान गरेको हो । सो अवसरमा विद्यालय परिसरमा बृक्षारोपन गरिएको थियो । विद्यालयले केही समय पहिलेदेखि एक व्यक्ति एक विरुवा अभियान समेत सञ्चालन […]

डा. गोविन्द केसी रिहा

काठमाडौं, पुस २६- अदालतको अवहेलना गरेको आरोपमा गत सोमबार पक्राउ परेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीलाई सर्वोच्च अदालतले बुधबार साधारण तारेखमा रिहा गरेको छ । न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलासमा बुधबार भएको सुनुवाइपछि डा. केसीलाई सामान्य तारेखमा रिहा गर्न आदेश दिइएको हो । यस्तै, सर्वोच्चले प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्रका […]

डा. गोविन्द केसीविरुद्ध परेको मुद्दामा आज सुनुवाई

काठमाडौं,पुस,२६- डा. गोविन्द केसीविरुद्ध परेको अदालतको अवहेलना मुद्दामा आज सुनुवाई हुने भएको छ । हिजो अदालत उपस्थित गराइएका डा केसीको बयान सकिए पनि मुद्दामा सुनुवाई भने आजमात्र हुने भएको हो । सर्वोच्चले बयानपछि केसीको स्वास्थ्य स्थितिलाई विचार गरी सुविधाजनक रुपमा आज विहान १० बजे अदालतमा उपस्थित गराउन आदेश दिएको थियो । केसीका पक्षमा एक सय […]

निर्वाचन आयोग गृहकार्यमा व्यस्त

काठमाण्डौ,पुस,२६- निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यको निर्वाचन तालिका आज सार्वजनिक गर्ने तयारी गरेको छ । राष्ट्रिय सभा सदस्य निर्वाचनको गृहकार्यमा जुटेको आयोगले आज तालिका प्रकाशन गर्ने तयारी गरेको हो । माघ ७ देखि निर्वाचन हुने माघ २४ गतेसम्म लागु हुने गरी कार्यतालिका सार्वजनिक गर्न लागिएको आयोगका प्रबक्ता नबराज ढकालले जानकारी दिनुभयो । निर्वाचन कार्यक्रमसँगै आयोगले […]