एमाले अध्यक्ष ओली आज थाइल्यान्ड जादै

काठमाण्डौं,पुस,२६- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि आज थाइल्याण्ड जान लाग्नु भएको छ । आज मध्याह्न साढे १२ बजे थाई एयरवेजबाट ओली बैंकक जान लागेको जानकारी उहाँको सचिवालयले दिएको छ । मिर्गौला प्रत्यारोपण गरेपछि नियमित स्वास्थ्य परीक्षणका लागि ओली बैंकक जाने गरेका छन् । एमाले सचिव प्रदीप ज्ञवालीका अनुसार, ओली स्वास्थ्य परीक्षण सकाएर […]

अदालतको मानहानी नभई विरोध गरेको डा. केसीको अदालतमा बयान

काठमाण्डौं,पुस,२५- अदालतको मानहानी गरेको मुद्दामा सर्वोच्चमा बयानका लागि उपस्थित गराएका डा. गोविन्द केसीले आफूले अदालतको मानहानी नगरेको बयान दिनुभएको छ । आज अदालताको मानहानी गरेको मुद्दामा बयान दिँदै डा. केसीले आफूले बोलेका कुराले अदालतको मानहानी नगरेको र त्यसलाई मानहानी भन्न नमिल्ने दावी गर्नुभयो । डा. केसीले बयानमा भनेका छन्, ‘न्यायलयको अपमान र मानहानी गर्नै मेरो […]

चिकित्सक संघको आपत्ति

काठमाडौं, पुस २५- नेपाल चिकित्सक संघले डा. गोविन्द केसीलाई अस्पताल परिसरभित्रबाटै प्रहरीले हिरासतमा लिएकोमा आपत्ति जनाएको छ । आफ्नो आजीवन सदस्य एवं त्रिवि शिक्षण अस्पताल महाराजगन्जका प्रा. डा. केसीको पक्राउप्रति स्तब्ध भएको भन्दै संघका महासचिव डा. लोचन कार्कीले मंगलबार निकालेको विज्ञप्तिमा अस्पताल परिसरभित्रबाटै पक्राउ गरिएकामा दुःख व्यक्त गरिएको छ । डा. केसीले गरेको सत्याग्रहकै फलस्वरुप […]

अनसनमा बसेका डा. गोविन्द केसी पक्राउ

काठमाडौं,पुस,२४-  आमरण अनसनमा रहेका डा. गोविन्द केसीलाई आज सर्वोच्च अदालतको आदेशमा प्रहरीले पक्राउ गरेको छ । अदालतको मानहानी मुद्दामा सर्वोच्चले डा. केसीलाई पक्राउ गरी भोलि मंगलबार विहान ९ बजे उपस्थित गराउन आदेश दिएको थियो । अदालतको आदेश आएको तीन घन्टापछि प्रहरीले केसीलाई अनसन स्थलबाटै उठाएको हो ।डा. केसीलाई पक्राउ गर्न काठमाडौं प्रहरी परिसरका एसपी रामदत्त जोशी […]

आफ्नै भ्रातृ संगठनले बुझायो प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र

काठमाडौं, पुस २४- प्रधानमन्त्री शेरबहादुर देउवाले शीतलहरका कारण प्रभावित तराईका जिल्लाहरुमा सरकारले राहतको विशेष व्यवस्था गर्ने बताउनु भएको छ । आफ्नै सरकारी निवास बालुवाटारमा नेपाल विद्यार्थी संघको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री देउवाले प्रभावित जिल्लाहरुमा राहतको व्यवस्था गरिने आश्वासन दिनुभएको छ । नेपाल विद्यार्थी संघले राखेका सबै माग जनसरोकारका विषय भएकाले आफू त्यसप्रति सकारात्मक रहेको उहाँको भनाइ छ […]

प्रधानमन्त्री देउवा आज पनी आन्तरिक छलफलमा व्यस्त रहने

काठमाडौं,पुस,२३- प्रधानमन्त्री शेरवहादुर देउवा आजपनि आन्तरिक छलफलमा व्यस्त रहनुभएको छ । प्रदेश प्रमुखको नियुक्ति, अस्थायी राजधानी तोक्ने लगायतका विषयमा पछिल्लो समय राजनीतिक सहमति खोज्दै छलफलाई निरन्तरता दिनुभएका प्रधानमन्त्री देउवा आजपनि व्यस्त रहने उहाँको निजी सचिवालयले जनाएको छ । भोली बस्ने मन्त्रीपरिषदको बैठकले यस विषयमा निर्णय गर्न सक्ने संभावना भएकाले सहमतिकालागि आन्तरिक छलफलमा जुट्नुभएको हो । […]

अध्यक्षद्वय ओली र दाहालबीच भेटवार्ता आज हुने

काठमाडौं,पुस,२३- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आज भेटवार्ता हुने भएको छ । यसअघि हिजो हुने भनिएको छलफल हुन नसकेपछि भेटवार्ता आजका लागि तय गरिएको हो । एमाले अध्यक्ष ओली केही दिनदेखि अस्वस्थ हुनुहुन्छ । माओवादी केन्द्रका अध्यक्ष दाहालको भरतपुर–काठमाडौ उडान रद्द भएका कारण भेट हुन नसकेको नेताहरुले बताएका […]

कांग्रेसमा पौडेल पक्षको छुट्टै भेला

काठमाडौँ,पुस,२२- कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय केन्द्रीय सदस्यहरूले निर्वाचनमा पार्टी पराजय हुनुमा पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यशैली मुख्य कारक रहेको निष्कर्ष निकालेको छ । पार्टी र सरकार सञ्चालनमा नेतृत्वको कार्यशैली प्रभावी हुन नसकेको ठम्याइ उनीहरूको छ । जनभावनाविपरीतका सरकारका निर्णय र पार्टी सञ्चालनमा तदर्थवाद शैलीले निर्वाचनमा राम्रो परिणाम आउन नसकेको भन्दै पौडेल […]

टाढिँदै एमाले माओवादी एकता

काठमाडौँ,पुस,२२- नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच हुने भनिएको पार्टी एकीकरण प्रक्रिया लम्बिने भएको छ । पार्टी एकताका लागि पदीय भागवण्डामा कुरा मिल्न नसक्दा एकता संयोजन समितिको बैठक बस्न सकेको छैन । केहि दिनदेखि एमालेका अध्यक्ष केपी ओली अस्वस्थ बन्दा दुई पार्टीबीच शीर्ष तहमा छलफलसमेत हुन सकेको छैन ।दुई अध्यक्षबीच एक सातादेखि छलफलसमेत हुन सकेको छैन […]

उच्च अदालत ओखलढुंगामा लक्ष्य अनुसार मुद्दा दर्ता भएन

सिर्जना बर्देवा/ ओखलढुंगा,पौष,२२- ओखलढुंगा उच्च अदालतमा चालु आर्थिक वर्षमा अनुमान भन्दा कम मुद्दा दर्ता भएका छन् । अघिल्लो आवको अनुमानमा लक्ष्य राखिएपनि त्यसअनुसार मुद्दा दर्ता नभएका हुन् । यस आर्थिक वर्षभित्रमा कुल ३ सय ४८ मुद्दा दर्ता हुने अनुमान गरिएको थियो । पुष मसान्तसम्ममा १ सय ७४ मुद्दा दर्ता हुने अनुमान गरिएकोमा हालसम्म ७८ वटा […]