काठमाडौँ,पुस,२२- नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच हुने भनिएको पार्टी एकीकरण प्रक्रिया लम्बिने भएको छ । पार्टी एकताका लागि पदीय भागवण्डामा कुरा मिल्न नसक्दा एकता संयोजन समितिको बैठक बस्न सकेको छैन । केहि दिनदेखि एमालेका अध्यक्ष केपी ओली अस्वस्थ बन्दा दुई पार्टीबीच शीर्ष तहमा छलफलसमेत हुन सकेको छैन ।दुई अध्यक्षबीच एक सातादेखि छलफलसमेत हुन सकेको छैन […]
राजनीति
उच्च अदालत ओखलढुंगामा लक्ष्य अनुसार मुद्दा दर्ता भएन
सिर्जना बर्देवा/ ओखलढुंगा,पौष,२२- ओखलढुंगा उच्च अदालतमा चालु आर्थिक वर्षमा अनुमान भन्दा कम मुद्दा दर्ता भएका छन् । अघिल्लो आवको अनुमानमा लक्ष्य राखिएपनि त्यसअनुसार मुद्दा दर्ता नभएका हुन् । यस आर्थिक वर्षभित्रमा कुल ३ सय ४८ मुद्दा दर्ता हुने अनुमान गरिएको थियो । पुष मसान्तसम्ममा १ सय ७४ मुद्दा दर्ता हुने अनुमान गरिएकोमा हालसम्म ७८ वटा […]
ओखलढुंगाका १० जना उम्मेद्वारले चुनावी खर्च विवरण पेश
सिर्जना बर्देवा/ ओखलढुंगा,पौष,२२- ओखलढुंगाका १० जना उम्मेद्वारले चुनावी खर्च विवरण पेश गरेका छन् । गत मंसिर १० गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिएका उम्मेदवारहरुले चुनावी खर्च विवरण पेश गरेका हुन् । उम्मेद्वारहरुले निर्वाचन आयोगले निर्धारण गरेको खर्चको सीमा भित्रै रहेर बिबरण पेस गरेको जिल्ला निर्वाचन कार्यालय ओखलढुंगाले जनाएको छ । आयोगले निर्धारण […]
राष्ट्रियसभा निर्वाचन माघ २४ गते गर्ने सरकारको निर्णय
काठमाडौं, पुस २१- सरकारले राष्ट्रियसभाको निर्वाचन आगामी माघ २४ गते गर्ने निर्णय गरेको छ । आज अपराह्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले माघ २४ गते राष्ट्रियसभाको निर्वाचन गर्ने निर्णय गरेको हो । तर, प्रदेशको अस्थायी राजधानी तोक्ने र प्रदेशप्रमुखको नियुक्तिको निर्णय भने हुन सकेन । सो विषयमा थप गृहकार्य गरेर मन्त्रिपरिषदको अर्को बैठकले […]
न्यायिक समस्या समाधान गर्न संगठीत
नेपालगञ्ज पुष २०- स्थानीय तहमा न्याय सम्पादन गर्दा आई पर्ने समस्या समाधान गर्न बाँकेका जनप्रतिनीधी संगठित भएका छन् । बाँके जिल्लाका ८ वटै स्थानीय तहका उपप्रमुख र उपाध्यक्ष औपचारिक रुपमा आज एक जुट भएका हु्न् । नेपालको संविधानले स्थानीय तह अन्तर्गत उपप्रमुख र उपाध्यक्षलाई न्यायिक समितिको संयोजकको जिम्मेवारी दिएको छ । न्यायिक समितिका तर्फबाट सो […]
राष्ट्रपति भण्डारी र प्रमुख आयुक्त बिच भेटवार्ता
काठमाडौं, पुस २०- राष्ट्रपति विद्यादेवी भण्डारीसँग निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्तहरुले आज राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता गर्नु भएको छ । भेटमा राष्ट्रपति भण्डारीले प्रदेश र प्रतिनिधिसभा चुनाव सफल रुपमा सम्पन्न गरेकोमा बधाइ दिनु भएको थियो । पछिल्ला समयमा आयोगबाट भइरहेका कामबारे अनौपचारिकरुपमा राष्ट्रपतिलाई अवगत गराउन प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवसहितको टोली राष्ट्रपति कार्यालय पुगेको […]
प्रधानमन्त्रीले बोलाएको सर्बदलीय बैठक विना निष्कर्ष टुङ्गियो
काठमाण्डौं,पुस,२०- राष्ट्रिय सभा निर्वाचन, प्रदेश प्रमुख र प्रदेशको राजधानीका सम्बन्धमा निर्णय गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्बदलीय बैठक विना निष्कर्ष टुङ्गिएको छ। देउवाले सरकारी निवास बालुवाटारमा राष्ट्रिय मान्यता प्राप्त पाँच दलको बैठक बोलाउनु भएको थियो । बैठकमा देउवाले प्रदेश प्रमुखको नियुक्ति सहमतिका आधारमा गर्न प्रस्ताव गर्नु भएको थियो । तर, बैठकमा सहभागी एमाले नेता सुवाष नेम्वाङले […]
इन्धनको मूल्यबृद्धि फिर्ता गर्न अनेरास्वीयु ओखलढुंगाको माग
सिर्जना बर्देवा/ ओखलढुंगा,पौष,१९- अनेरास्वीयु ओखलढुंगाले प्रधानमन्त्रीको राजीनामा माग गरेको छ । मतदानबाट नयाँ जनादेश प्राप्त भइसकेको अवस्थामा पनि सरकारमा रहेर विभिन्न निर्ण गरेको भन्दै अनेरास्वीयु ओखलढुंगाले विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाको राजीनामा माग गरेको हो । देशभर आन्दोलनमा रहेको एमाले निकट विद्यार्थी संगठन अनेरास्वीयुले ओखलढुंगामा विज्ञप्ती जारी गर्दै निर्वाचन आयोगलाई समानुपातिक निर्वाचनको परिणाम सार्वजनिक […]
ओखलढुंगाको रुम्जाटारमा वृहत सांसद सम्मान कार्यक्रम सम्पन्न
सिर्जना बर्देवा/ ओखलढुंगा, पौष, १४- ओखलढुंगाको रुम्जाटारमा आज वृहत सांसद सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न भएको छ । संयुक्त वामगठबन्धको आयोजनामा प्रदेश र प्रतिनिधिसभा सदस्य सांसदहरुलाई सम्मान तथा स्वागत गरिएकोे हो । मंसिर १० र २१ गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा विजयी सांसदहरुको सम्मानमा वृहत कार्यक्रम आयोजना गरिएको वामगठबन्धका नेता एमाले जिल्ला अध्यक्ष […]
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको मर्मविपरीत अध्यादेश जारी गरेसी ओली आक्रोशित
काठमाडौं, पुस,१४- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको दबाबमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको मर्मविपरीतको अध्यादेश जारी गरेको बताउनु भएको छ । आज एमाले मुख्यालय धुम्बाराहीमा आयोजिक एक कार्यक्रममा उनले अध्यादेश नै अलोकतान्त्रिक तरिकाबाट ल्याइएको जिकिर गर्नुभयो । आफूले भनेकै हुनुपर्ने नेपाली कांग्रेसको जिद्दीका कारण यो अवस्था आएको ओलीको आरोप थियो । सरकारले देशको अर्थतन्त्रलाई […]






