प्रदेश ५ को राजधानी कोहलपुर उपयुक्त : युवा नेता न्यौपाने

कोहलपुर,पुस,१२-  माअाेवादी केन्द्रका युवा नेता नरेन्द्र न्यौपानेले प्रदेश नं: ५ को राजधानी कोहलपुर उपयुक्त स्थान भएको बताउनु भएको छ । अखिल क्रान्तिकारिका निवर्तमान अध्यक्ष समेत रहनु भएका न्यौपानेले ५ नम्बर प्रदेशकाे राजधानी कोहलपुर उपयुक्त भएको बताउनु भएको हो । प्रदेश न.६ र ७ लाइ जोड्ने केन्द्र बिन्दु , उपयुक्त भाैगाेलिक बनावट, आबश्यक पुर्वाधार तथा प्राकृतिक […]

एमाले माओवादी एकता संयोजन समितिको बैठक भोलि बस्ने

काठमाण्डौं,पुस,१२- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड’ बीचको वार्ता सकिएको छ। दिउसो १ बजेदेखि सुरु भएको दुई नेताबीचको वार्ता सभा २ बजे सकिएको हो। वार्तामा सरकार गठन र पार्टी एकताको विषयमा कुराकानी भएको थियो। जस अनुसार एकताका लागि भोलि पार्टी एकता संयोजन समितिको बैठक बस्ने सहमति दुई […]

कसलाई सरकार बुझाएर जाने : कांग्रेसका नेता साउदको प्रश्न

काठमाडाैं,पुस,११- नेपाली कांग्रेसका नेता एनपी साउदले राष्ट्रियसभा गठन नभई प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा नदिने दाबी गर्नु भएको छ । ‘निर्वाचनआयोगले प्रतिनिधि सभा समानुपातिकतर्फको सम्पूर्ण मतपरिणाम सार्वजनिक गरेको छैन, सरकारले राष्ट्रपतिसमक्ष पेश गरेको अध्यादेश अहिलेसम्म स्विकृत भएको छैन’ एक कार्यक्रममा उनले भनेका छन्, ‘हामी राष्ट्रिय सभाको गठन भएपछि मात्रै सरकारबाट बाहिरिन्छौं ।’ उहाँले भन्नुभयो कसलाई सरकार […]

संक्रमणकाल अन्त्य गर्नु नै सरकारको सफलता : प्रधानमन्त्री

 चितवन, पुस ११- प्रधानमन्त्री शेरबहादुर देउवाले देशमा संक्रमणकालको अन्त्य गर्नु नै नेपाली कांग्रेस नेतृत्वको वर्तमान सरकारको सफलता भएको बताउनु भएको छ । चितवनको सौराहामा आयोजित १४औं चितवन हात्ती महोत्सवको आज उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सत्तामा रहेपनि नरहेपनि देश र जनताको पक्षमा कांग्रेस सधैं रहिरहने बताउनुभयो । उहाँले पर्यटन उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको अंगकोरुपमा लिनुपर्नेमा जोड […]

कांग्रेस नेता निधि र चिनिया उद्योगीबीच भेटबार्ता

काठमाडौं,पुस,११- नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र नेपाल भ्रमणमा रहेको यूरोपियन अमेरिकन चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रिको प्रतिनिधिमण्डलबीच मंगलबार भेटबार्ता भएको छ । यूरोपियन अमेरिकन चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रिका अध्यक्ष काओ इङको नेतृत्वमा आएको पाँच सदस्यीय प्रतिनिधिमण्डलले नेपालसंगको व्यापारका बारेमा कुराकानी गर्नुका साथै नेपालमा उत्पादित कच्चा पदार्थको चीनमा पर्याप्त सम्भाबना रहेकोले त्यसमा सहकार्य गरी […]

सरकार गठनभन्दा पहिले पार्टी एकता : पोखरेल

विराटनगर, पुस ११- बिनाविभागीय मन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले सरकार गठन हुनुभन्दा पहिले पार्टी एकता हुनुपर्ने बताउनु भएको छ । प्रेस सेन्टर मोरङद्वारा मंगलबार विराटनगरमा आयोजित पत्रकार भेटघाटमा उहाँले वाम गठबन्धनलाई जनताले पार्टी एकताका लागि जनादेश दिएको स्पस्ट पार्नुभयो । वाम गठबन्धनलाई फुटाउने षडयन्त्र पनि भइरहेको प्रसंग उल्लेख गर्दै उहाँले वाम गठबन्धनबाहेकको सरकार […]

प्रधानमन्त्रीले राजीनामा दिएर नैतिकता देखाउनुपर्नेमा बखेडा निकाले : नेपाल

काठमाडौं, पुस १०- नेकपा एमालेका नेता माधवकुमार नेपालले अविलम्ब निर्वाचन परिणाम सार्वजनिक गरी राष्ट्रपतिसमक्ष पेस गर्न निर्वाचन आयोगसँग आग्रह गर्नुभयो  संयुक्त वाम गठबन्धन काठमाडौं क्षेत्र नम्बर–२ ले सोमबार थलीमा आयोजना गरेको बधाइ तथा धन्यवाद ज्ञापन कार्यक्रममा प्रतिनिधिसभातर्फको समानुपातिक परिणाम सार्वजनिक गर्न आयोगले विलम्ब गर्न नहुने भन्दै उनले संक्रमणकालको अन्त्य गर्न चाँडो नयाँ सरकार गठन गर्नुपर्नेमा […]

पार्टी एकता कुनै पनी हालतमा हुन्छ : श्रेष्ठ

गोरखा, पुस १०- माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेकपा एमालेसँग कुनैपनि हालतमा पार्टी एकता हुने प्रस्ट पार्नु भएको छ । पार्टी एकता गर्ने संकल्पअनुसार नै वाम गठबन्धनले जनतामा गएर मत मागेको र निर्वाचनबाट जनादेश प्राप्त भएकाले एकतामा दायाँबायाँ नहुने उहाँले  बताउनुभयो । प्रतिनिधिसभा प्रदेशसभा सदस्य निर्वाचनपछि पहिलोपटक गोरखा आएका नेता श्रेष्ठले सोमबार सदरमुकाममा आयोजित पत्रकार […]

कांग्रेसमा सुधारको खाँचो छ : नेता सिंह

काठमाडौं, पुस,१०- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसमा सुधारको खाँचो रहेको बताउनुभयो ।नेपाली कांग्रेस काठमाडौं महानगरपालिका वडा नम्बर–१० ले सोमबार राजधानीमा आयोजना गरेको ‘चियापान तथा भेटघाट’ कार्यक्रममा नेता सिंहले निर्वाचनमा कांग्रेसले कमजोर नतिजा ल्याएको भन्दै अब पार्टीमा सुधारको खाँचो रहेको बताउनुभयो । ‘कांग्रेसका शुभेच्छुक र कार्यकर्ताले पार्टीमा सुधारको आवश्यकता छ भनेर मलाई सुझाव दिइरहेका छन्, […]

राष्ट्रपतिविरुद्ध सडकमा उत्रियो नेविसंघ

काठमाडौं,पुस,९- नेपाली कांग्रेससम्बद्ध नेवि संघले राष्ट्रियसभा गठनसम्वन्धी अध्यादेशलाई लिएर राष्ट्रपतिविरुद्ध सडकमा उत्रिएको छ । नेवि संघले आज काठमाण्डौंको प्रदर्शनीमार्गबाट रत्नपार्कको शान्तिबाटिकासम्म प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरुले ‘राष्ट्रपति ज्यू, लोकतन्त्र नजिता मात्र होइन, प्रक्रिया पनि हो, संविधानको रक्षा गर जस्ता नारा लगाएका थिए । राष्ट्रिय सभा गठन अध्यादेश रोकेर राष्ट्रपतिले संवेधानिक गतिरोध सृजना गर्न खोजेको […]