संघीय संरचना चलाउन तीन वर्षमा सवा ८ अर्ब खर्च हुने

काठमाडौँ,मंसिर,२७- तीनै तहको निर्वाचन सकिएलगतै कार्यान्वयन हुन गइरहेको संघीय संरचना सञ्चालनार्थ ठूलो आर्थिक धनराशी जुटाउनुपर्ने आवश्यकता देखिएको छ। अर्थ मन्त्रालयले गरेको प्रारम्भिक प्रक्षेपणअनुसार आगामी तीन वर्षसम्म संघीय प्रशासन सञ्चालन गर्न आठ खर्ब २० अर्ब रुपैँया रकम आवश्यक पर्ने देखिएको छ। पहिलो चरणमा प्रदेशको कार्यालय स्थापना तथा पूर्वाधारमा ठूलो रकम लाग्नेछ। आगामी तीन आर्थिक वर्षसम्म संघीय […]

कांग्रेसलाई कमजोर ठाने वाम सरकारको आयु १८ महिना मात्रः चन्द्र भण्डारी

बुटवल,मंसिर,२७- नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले बहुमतको मातमा कांग्रेसलाई कमजोर ठानेर अघि बढे बाम सरकारको आयु निकै छोटो हुने चेतावनी दिनुभएको छ । निर्वाचन परिणामबाट कांग्रेस आत्तिनुनपर्ने समेत उहाँले बताउनुभयो ।बुधबार बुटवलमा पत्रकारहरुसँग कुरा गर्दै भण्डारीले ‘कांग्रेसले चुनाव हारे पनि उसको शक्ति र क्षमता भने हराएको छैन । नयाँ शिराबाट पार्टी अघि बढ्छ । अब […]

मतगणना सकियो, ८० सिटसहित एमाले पहिलो, कांग्रेस तेस्रो दल

  काठमाडौं,मंसिर,२७- देशभरका सबै निर्वाचन क्षेत्रको मतगणना सकिएको छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा र प्रदेशसभातर्फको प्रत्यक्षतर्फको मतगणना सकिएसँगै समानुपातिकको गणना पनि बिभिन्न जिल्लामा सकिएको छ । मतगणना सकिएसँगै प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमध्ये एमालेले ८० सिट जितेर पहिलो दल बनेको छ । समानुपातिकतर्फ पनि एमालेको अग्रता कायमै रहेकाले अब बन्ने प्रतिनिधिसभामा एमाले सबैभन्दा ठूलो दल बन्ने […]

रेशम चौधरीको प्रमाणपत्र सुरक्षित : प्रमुख आयुक्त

काठमाडौं, मंसिर,२७- प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले समानुपातिकमा बन्दसूचीका नामहरुलाई कुनैपनि हालतमा हेरफेर गर्न नपाइने बताउनु भएको छ । बुधबार रिपोर्टर्स् क्लबले राजधानीमा गरेको कार्यक्रममा उहाँले आयोगमा बुझाइएको बन्दसूचीअनुसार पहिलो, दोस्रो र तेस्रोमा रहेका नामहरुलाई प्राथामिकता दिनुपर्ने बताउनुभयो । पहिलो चरणको निर्वाचनमा ६५ प्रतिशत मत र दोस्रो चरणमा ६८ दशमलव २ प्रतिशत मत खसेको […]

चुनावी प्रचार प्रसारका क्रममा गरेका वाचाहरु पुरा गर्ने रावलको प्रतिबद्धता

पवन मुडभरी/ कैलाली,मंसिर,२७- नेकपा एमालेका नेता एवम कैलाली क्षेत्र नं २ प्रतिनीधि सभावाट नवनिर्वाचित प्रतिनीधि सभा सदस्य झपट रावलले चुनावी प्रचार प्रसारका क्रममा आफुले गरेका वाचाहरु पुरा गर्ने प्रतिबद्धता जनउनुभएको छ । कैलालीको पवेशद्धार चिसापानीमा सम्पन्न कोण सभालाई सम्बोधन गर्दै रावलले यो जित आफ्नो मात्र नभएर यस क्षेत्रका जनताको भएको भन्नुभयो । आफुलाई अमुल्य मत […]

सबै १ सय ६५ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक

काठमाडौं, मंसिर, २७- प्रतिनिधिसभाको प्रत्यक्षतर्फ वाम गठबन्धनले दुई तिहाई सिटमा जितेको छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सबै १ सय ६५ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक हुँदा वाम गठबन्धनले दुई तिहाई सिटमा जित निकालेको हो । वाम गठबन्धनको प्रमुख घटक नेकपा एमालेले ८० स्थानमा जित हासिल गरेको छ । त्यसैगरी वाम गठबन्धनकै अर्को दल नेकपा माओवादी केन्द्रले ३६ […]

सुनसरी ३ मा कांग्रेस नेता गच्छदार विजयी

सुनसरी, मंसिर,२७- प्रतिनिधिसभा प्रत्यक्षतर्फ सुनसरी क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदार विजयी हुनुभएको छ । गच्छदारले एमालेकी भगवती चौधरीलाई झिनो मतले पछाडी पार्दै बाजी मार्नु भएको हो । गच्छदारले ३८ हजार ९ सय ७२ मत प्राप्त गरे । उहाँका निकटतम प्रतिद्धन्द्धी चौधरीले ३८ हजार ६ सय ५१ मत प्राप्त गर्नुभयो । गच्छदार […]

चुनावमा हारेका नेता समेत सांसद बन्न सक्ने

काठमाडौं,मंसिर,२७- प्रतिनिधिसभाको चुनावमा पराजित भएका एमाले नेता वामदेव गौतम र माओवादी नेता नारायणकाजी श्रेष्ठलाई संघीय संसदमा प्रवेश गर्ने ढोका संविधानले बन्द गरेको छैन । उनीहरु राष्ट्रियसभाको सांसद बन्न सक्छन् । तर, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ मन्त्री वा उपप्रधानमन्त्री बन्न सक्छन् कि सक्दैनन् ? यसबारे संविधानले के भन्छ ? चुनाब हारेका व्यक्तिलाई मन्त्री बन्ने सुविधा […]

कांग्रेस नेता जोशीलाई कारबाही गर्न केन्द्रमा सिफारिस

तनहुँ, मंसिर,२६- नेपाली कांग्रेस तनहुँले पूर्व गृहमन्त्री एवं नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीलाई कारबाही गर्न केन्द्रमा सिफारिस गरेको छ । निर्वाचनमा विपक्षीलाई सहयोग पुर्‍याएको भन्दै मंगलबार बसेको कांग्रेस जिल्ला कार्यसमितिको बैठकले पूर्व सहमहामन्त्री जोशीलाई कारबाहीका लागि सिफारिस गर्ने निर्णय गरेको हो । सोहि निर्णयका आधारमा नेता जोशीलाई कारबाहीका लागि कांग्रेसको केन्द्रीय कार्यालयमा सिफारिस गरिएको हो […]

चौतारीमा बसेर काँग्रेसको आलोचना नगर्न विश्वप्रकाशको आग्रह

झापा,मंसिर,२६-  नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले कांग्रेस ‘फुटबल हारेको टिम’ बन्न नहुने बताउनु भएको छ । शर्मा प्रतिनिधिसभा सदस्यका लागि झापा १ मा उम्मेदवार हुनुहुन्थ्यो । तर, वाम गठबन्धनका राम कार्की पार्थसँग झण्डै २८ सय मतले पराजित हुनुभएको थियो । आफ्ना मतदातालाई आभार दिन आयोजित कार्यक्रममा कांग्रेस नेता शर्माले आफूहरुलाई मत दिने सबैलाई धन्यवाद दिनुभयो […]