कांग्रेसको पक्षमा उर्लिएको जनलहरले विपक्षी आत्तिएका छन्ः सिग्देल

नेपालगञ्ज, मंसिर १०- नेपाली कांग्रेस केन्द्रिय प्रचारप्रसार उपसमितिका उपसंयोजक एवम् नेपाल प्रेस युनियनका अध्यक्ष बद्रि सिग्देलले पश्चिम नेपालका विभिन्न जिल्लाहरुमा भइरहेका चुनावी गतिविधिबारे जानकारी लिनुभएको छ । सात नम्बर प्रदेशको कैलाली हुँदै पाँच नम्बर प्रदेशको बर्दिया पुगेर बाँके आउनुभएका सिग्देलले ती जिल्लाहरुमा कांग्रेसको पक्षमा भइरहेको प्रचारप्रसारबारे जानकारी लिनुभएको हो । ‘हरेक ठाउँमा कांग्रेसको पक्षमा व्यापक […]

१२ बजेसम्म ३० प्रतिसत मत खस्यो : निर्वाचन आयोग

काठमाण्डौं मंसिर,१०- निर्वाचन आयोगले ३२ जिल्लामा भइरहेको पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको मतदान अपेक्षाकृत रुपमा शान्तिपूर्ण र उत्साहजनक रुपमा भइरहेको बताएको छ। निर्वाचनको केहि दिन बाँकी रहँदा केहि छिटपुट घटना घटेपनि शान्तिपूर्ण रुपमा मतदान भइरहेको आयोगले बताएको हो। पहिलो चरणको निर्वाचनमा अधिकांश क्षेत्र दुर्गममा परेपनि त्यहाँ मतदाता विहानै देखि उत्साहजनक ढंगले मतदानमा सहभागी भएको निर्वाचन आयोगका […]

पहिलो चरणको प्रतिनिधि र प्रदेशसभा निर्वाचन आज

काठमाडौँ,मंसिर,१०- निर्वाचन आयोगले पहिलो चरणको निर्वाचन आज देशका ३२ जिल्लामा गर्दैछ । आज बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान गर्न सकिने आयोगले जनाएको छ । संविधान कार्यान्वयनकै महत्वपूर्ण कडीका रूपमा रहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन पहिलो चरणमा ३२ जिल्लामा प्रतिनिधिसभातर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ ७४ निर्वाचन क्षेत्रमा हुन लागेको हो । प्रतिनिधिसभा र […]

३२ जिल्लामा भोली निर्वाचन : मतदानका लागी सम्पुर्ण तयारी पुरा

 काठमाडौं,मंसिर,९- निर्वाचन आयोगले पहिलो चरणमा भोली आइतबार मंसिर १० गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आइतबार बिहान ७ बजे आ–आफ्नो मतदान […]

जनता यो देशको मालीक हो : प्रधानमन्त्री देउवा

सुनवान,मंसिर,९- प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापती शेर बहादुर देउवाले जनता यो देशको मालीक भएको बताउनु भएको छ । आज नवलपरासीको सुनवल नगरपालीकामा विशाल आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले जनता यो देशको मालीक भएको बाउनुभयो । उहाँले जनताले सरकार बनाउने , बदल्न पाउने मौका पाउछ । तर जनता संग पार्टी डराउनु पर्ने भएपनी अहिले ठिक उल्टो […]

लोकतन्त्रीक उम्मेद्वारहरुसँग जनताद्धारा मागैमाग

कोहलपुर, मंसिर,९- बाँके क्षेत्र नं. १ (ख) अन्तर्गत कोहलपुर नगरपालिका वडा नं. १५ का स्थानिय जनताले प्रतिनिधिसभा सदस्य माधवराम खत्री र प्रदेश सभा सदस्य नारायण प्रसाद गैडेलसँग विभिन्न मागहरु राखेका छन् । स्थानियले आफ्नो क्षेत्रमा सुविधा सम्पन्न कालोपत्रे सडक, खानेपानी, विद्युत लगायत अन्य विकासका विभिन्न मागहरु राखेका छन् । “यहाँ धेरै पटक अरुलाई जिताएर पठायौं, […]

अछाममा निर्वाचन आचारसंहिता विपरित विद्युतको पोल गाड्ने काम हुँदै

एकेन्द्र महता/ मंसिर,अछाम,८- चौरपाटी गाउँपालिका वडा नं.७ मार्कुमा निर्वाचन आचारसहिता विपरित विद्युत पोल गाड्ने र तान्ने काम भईरहेको भन्दै नेपाल विद्युत प्राधिकरण साँफेबगरमा उजुरी परेको छ । आचारसहिता विपरित चौरपाटी गाउँपालिका वडा नं.७ का वडा अध्यक्षको पहलमा भईरहेको स्थानीयले आरोप लगाएका छन् । निर्वाचनको समयमा विद्युत पोल गाड्ने र तान्ने काम आचारसहिंता विपरित भएको स्थानीय […]

निर्वाचनमा कर्मचारीले मतदान गर्न नपाउने

काठमाडौं,मंसिर,८- सर्वाेच्च अदालतले कर्मचारीको मतदान गर्ने अधिकारको रक्षा गर्न भने पनि प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा खटिएका झण्डै पाँच लाख कर्मचारीले मतदान गर्न नपाउने भएका छन् । महान्यायाधिवक्ताको कार्यालयमा कार्यरत नायब सुब्बा भरतकुमार मैनालीले संविधान र अन्य ऐनकानुनको व्यवस्थाअनुसार कर्मचारी र राष्ट्रसेवकलाई समानुपातिक मतदानको अधिकार दिन माग गर्दै रिट दायर गरेका थिए । आजको हिमालय टाइम्समा […]

बाँकेमा आजपनी लोकतान्त्रिक गठबन्धनको चुनावी कार्यक्रम

बाँके,मंसिर,७- बाँकेमा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले आज पनि चुनावी कार्यक्रमलाई निरन्तरता दिएका छन् । प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार माधवराम खत्री र प्रदेशसभा १ क का उम्मेदवार केही दिनदेखि नरैनापुर गाउँपालिकामा घरदैलो कार्यक्रममा व्यस्त हुनुहुन्छ । आज गंगापुरमा घरदैलो भइरहेको लुट बहादुर खत्रीले जानकारी दिनुभयो । प्रदेश सभा १ का का उम्मेदवार नारायण गौडेल कोहलपुरको […]

कञ्चनपुरमा पुग्यो निर्वाचन समाग्री

इन्द्र कार्की /महेन्द्रनगर,मंसिर,०७          मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि कञ्चननपुरमा मतपत्र सहित निर्वाचन सम्वन्धि समाग्रीहरु आईपुगेको छ । जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका अनुसार मतपत्र सहित निर्वाचन समाग्री राख्ने र मिलाउने काम सुरु गरिएको छ । कार्यालयमा निर्वाचन समाग्रीहरु आए पछि विदाको दिनमा समेत विहान देखि साँझ सम्म कर्मचारीहरुलाई […]