कडा सुरक्षाका बिच ओखलढुंगामा मतपेटीका थन्काईयो

सिर्जना बर्देवा/ ओखलढुंगा,मंसिर,१२- ओखलढुंगामा आईतबार सम्पन्न निर्वाचनका सबै मतपेटीकाहरु जिल्ला समन्वय समितिको सभाहलमा भण्डारण गरिएको छ । जिल्लाका सबै १ सय ४१ वटै मतदान केन्द्रबाट सदरमुकाम ल्याईएका मतपेटीका कडा सुरक्षा व्यवस्था सहित जिल्ला समन्वय समितिको सभाहलमा भण्डारण गरिएको हो । सोमबारसाँझ सम्म ढुनावी गरिएको मतपेटीका भण्डारण गरि आज मंगलबार हलको ढोकामा मुख्य निर्वाचन अधिकृतको कार्यालयले […]

काठमाडौं ७ मा लोकतान्त्रिक गठबन्धनको चुनावी प्रचारप्रसार तिव्र

काठमाडौं,मंसिर,१२- यही मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवारहरुले घरदैलो कार्यक्रमलाई तिव्रता दिएका छन् । यसै क्रममा काठमाडौं क्षेत्र नम्बर ७ मा पनि लोकतान्त्रिक र वाम गठबन्धनका उम्मेदवारहरु आफ्नो पक्षमा परिणाम ल्याउन जोडतोडका साथ लागेको छन् । अन्य क्षेत्रको तुलनामा काठमाडौं–७ मा भने निर्वाचनको माहोल फरक र रोचक देखिएको छ […]

बांकेमा सार्बजनिक स्थलमा टांगेका प्रचार सामग्रि हटाउन सुरु

डम्मर थापा मगर/ बाँके, मङ्सिर, ११- बांकेमा राजनितिक दलहरुले सार्बजनिक स्थलमा टांगेका प्रचार सामग्रि हटाउन सरु गरीएको छ । दलहरुले प्रतिबद्धता अनुसार चोक तथा सार्बजनिक स्थलमा टांङ्गेका ध्वाजा पताका लगायतका प्रचार सामग्रिहरु नहटाएपछि प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोलिले हटाईरहेको हो । जथाभावि सार्बजनिक रुपमा राखिएका प्रचार सामाग्रि तीन दिन भित्र हटाउन मंसिर ६ गते बसेको […]

बाँकेमा १४ गते उम्मेदवारसंग सर्वसाधरणले अन्तरक्रिया गर्ने

नेपालगञ्ज, मंसिर,११- प्रतिनिधीसभा तथा प्रदेशसभा निर्वाचनलाई स्वच्छ बनाउन उम्मेदवारीबीच “मेरो मत तपाईलाई किन ?” भन्दै अन्तक्र्रियात्मक “ककस कार्यक्रम” यही १४ गते बिहीबार नेपालगञ्जमा हुने भएको छ । आचारसंहिताको पालना, मतदाता सचेतनामा केन्द्रित हुँदै प्रतिनिधीसभा तथा प्रदेशसभा सदस्यका उम्मेदवारहरुको जनताप्रतिको जवाफदेहिता सुनिश्चित गर्न बाँके क्षेत्र नं. २ का प्रतिनिधीसभा सदस्य उम्मेदवारहरुबीच यही १४ गते “ककस कार्यक्रम” […]

बाँके २ नम्बरः आजाद र हमाललाई मुस्लिम समुदायको हौसला

नेपालगन्ज, मंसिर,११- नेपालगन्जका मुस्लिम समुदायले प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनमा लोकतान्त्रिक गठबन्धनलाई जिताउनुका विकल्प नभएको बताएका छन् । काँग्रेसको नेतृत्वमा बनेको संविधानलाई कार्यान्वयन गराउनकै लागी भएपनि लोकतान्त्रिक गठबन्धनलाई जिताउन मुस्लिमहरु एकतावद्ध हुनुपर्ने उनीहरुको भनाई छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ३ (साविक ९) फुलबारी मस्जिद मार्गका मुस्लिम अगुवा जमिल अहमदले जब–जब देशलाई अप्ठ्यारो पर्छ, […]

लोकतान्त्रिक गठबन्धनको घरदैलो र चुनावी सभा व्यापक बन्दै

नेपालगञ्ज,मंसिर,११- मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचन आउन १० दिन मात्र बाँकि रहँदा बाँकेमा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुको घरदैलो र चुनावी सभा व्यापक बन्दै गएको छ । आफ्नो पक्षमा माहोल बनाउन आफूहरु अहोरात्र खटिएको उम्मेदवारहरुले बताएका छन् । उम्मेदवारहरुले चुनावी सभा, कोणसभा र घरदैलो मार्फत् प्रचारप्रसारलाई आक्रामक बनाएका हुन् । लोकतान्त्रिक गठबन्धनका प्रतिनिधिसभा क्षेत्र नम्बर […]

दुई नगरपालिकाको मत पेटिका सदरमुकाम दित्तेल पुग्यो

सिर्जना बर्देवा/ ओखलढुंगा मंसिर,११- खोटाङको हलेसी तुवाचुङ नगरपालिका र रुपाकोट मझुवागढी नगरपालिकाका मत पेटिका सदरमुकाम ल्याइएको छ । बाँकी आठ गाउँपालिकाको मतपेटिका भने सोमबार रातिसम्ममा दिक्तेल ल्याइने जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताउनुभयो । हलेसी तुवाचुङ नगरपालिकाका ११ वडा तथा रुपाकोट मझुवागढी नगरपालिकाका १५ वडामा खटिएका कर्मचारी र सुरक्षाकर्मी मत पेटिका लिएर आज सोमबार बिहान […]

ओखलढुंगामा ६५ प्रतिशत मत खस्यो

सिर्जना बर्देवा/ ओखलढुंगा,मंसिर, ११- प्रदेशसभा तथा प्रतिनिधि सभा सदस्यको निर्वाचका लागी ओखलढुंगामा ६४.५७ प्रतिशम मत खसेको छ । जिल्लाका केहि मतदान केन्द्रमा छिटफुट रुपमा झडपहरु भएपनि अधिकांश स्थनमा निर्वाचन शान्तिपुर्ण भएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए ७८ स्थलको १ सय ४१ मतदान केन्द्रबाट भएको मतदानमा सबैभन्दा धेरै मोलुङ गाउपालिकाको गाबिस भवन मंगलबारे मतदान केन्द्रबाट […]

काँग्रेस नेत्री भुजेलद्वारा राजिनामा

ललित केसी/ अछाम,मंसिर,१०- नेपाल महिला संघकी केन्द्रिय सदस्य तथा महिला संघ अछामकी पूर्व सभापति राधिका भुजेलले पार्टी परित्या गरेकी छन् । आइतबार आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै काँग्रेस नेत्रृ भुजेलले राजिनामा गरेको घोषणा गरेकी हुन । नेपाली काँग्रेसमा लागेर लामो समय सम्म राजनिति गरेकी भुजेलले पछिल्लो समय नेपाली काँग्रेस देश र जनता प्रति गैर जिम्मेवार […]

पहिलो चरणको निर्वाचन अपेक्षा अनुरुप सफलः आयोग

काठमाण्डौं,मंसिर,१०- पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मतदानको समय सकिँदा निर्वाचन आयोगले यो निर्वाचन सोचेजस्तै ढंगले सकिएको बताएको छ। आज आइतबार बिहान ७ देखि ५ बजेसम्म ३२ जिल्लामा भएको पहिलो चरणको भएको निर्वाचन सोचेजस्तै सफल भएको निर्वाचन आयोगका प्रबक्ताले बताउनु भएको छ । ‘निर्वाचनको निर्धारित समय सकिएको छ, तर भित्र कतिपय स्थानमा मतदाता केन्द्रमा छिरेका […]