नेपाल आयल निगम प्रमुखको जिम्मेवारी भट्टराईलाई

काठमाण्डौं,कार्त्तीक,१४- आपूर्ति मन्त्रालयले नेपाल आयल निगमका कार्यकारी निर्देशकमा निगमकै निर्देशक सुशील भट्टराईलाई जिम्मेवारी दिएको छ। आपूर्ति मन्त्रिस्तरीय निर्णयका आधारमा भट्टराईलाई सो जिम्मेवारी दिइएको हो। निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई भने मन्त्रालयमा नै कामकाज गर्ने गरी व्यवस्था मिलाइएको आपूर्ति मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले जानकारी दिनुभयो । निगमको जग्गा खरिदमा अनियमितता भएको भन्दै चौतर्फी दबावमा परेपछि सरकारले खड्कालाई […]

कांग्रेसले आज घोषणापत्र सार्वजनिक गर्ने

काठमाडौं, कार्तिक ,१४- नेपाली कांग्रेसले आज निर्वाचन घोषणापत्र सार्वजनिक गर्ने भएको छ । कांग्रेसले आज आफ्नो ८४ पृष्ठको निर्वाचन घोषणापत्र औपचारिक रूपमा सार्वजनिक गर्ने भएको हो । संसद्बाट निर्वाचित कार्यकारी प्रमुखको एजेन्डासहित आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचन घोषणापत्र तयार पारिएको छ । घोषणापत्रमार्फत कांग्रेसले प्रत्यक्ष कार्यकारी प्रमुखले मुलुकमा अस्थिरता र निरंकुशता ल्याउने भन्दै वाम गठबन्धनले […]

उम्मेदवार टुंगो लगाउन एमाले स्थायी कमिटिको बैठक बस्दै

काठमाडौं,कार्तिक,१४- नेकपा एमालेको स्थायी कमिटिको बैठक आज पनि बस्ने भएको छ । बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्ष तर्फको उम्मेदवार टुंगो लगाउने भएको हो । यसअघि हिजो प्रदेश नं ७ को उम्मेदवारी छनोट प्रक्रिया सकिएको र आज प्रदेश नं ६ बाट उम्मेदवार चयन प्रक्रिया अगाडि बढ्ने एमाले प्रचार विभागका सचिव विष्णु रिजालले जानकारी दिनुभयो […]

नेपाली भाषा र साहित्यलाई अन्तर्राष्ट्रियस्तरको बनाउन छलफल

मेरिल्याण्ड,कात्तिक,१३- नेपाली मूलका अमेरिकी, पत्रकार तथा साहित्यकार, सामाजिक अभियन्ताले नेपाली भाषाको अन्तर्राष्ट्रियकरण गर्नका लागि नेपाली भाषामा प्रकाशित महत्वपूर्ण कृति अनुवादमा जोड दिएका छन् । उनीहरुले यसका लागि विदेशमा रहेका नेपालीसँग सहकार्य गरी अन्तर्राष्ट्रिय मापदण्डका आधारमा अनुवादको खाँचो भएको बताएका छन् । आइतबार अन्तर्राष्ट्रिय साहित्य समाज मेरिल्याण्ड च्याप्टरले आयोजना गरेको छलफल कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष […]

फोरम र राजपालाई उम्मेदवार जोगाउन कठिन

काठमाडौं,कार्तिक,१३- प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा निकै प्रतिस्पर्धात्मक रहेको दुई नम्बर प्रदेशको उम्मेदवार चयनको विषय निकै जटिल बन्दै गएको छ । दलका उम्मेदवारका आकांक्षी धेरै छन् भने वाम गठबन्धनसँग बलिया उम्मेदवार धेरै छन् । जसका कारण उम्मेदवार चयनका विषयमा दुवै पक्ष एक अर्कालाई पर्खिंदै छन् । दुई नम्बर प्रदेशमा मधेसवादी दलका असन्तुष्ट उम्मेदवारलाई वाम गठबन्धनले टिकट […]

प्रदेश र प्रतिनिधिसभाका लागी छुट्टाछुट्टै मतपत्र छाप्ने आयोगको निर्णय

काठमाडौं, कात्तिक १२- निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको मतपत्र छुट्टाछुट्टै छाप्ने भएको छ । सर्वोच्च अदालतले गत बुधबार छुट्टाछुट्टै मतपत्र छाप्ने विषयमा के कस्तो प्रगति भएको भन्दै विवरण मागेपछि आयोग सर्वोच्चको आदेशअनुसार अघि बढ्ने निर्णयमा पुगेको हो । यसअघि आयोगले एउटै पानामा माथिल्लो भागमा प्रतिनिधिसभा र तल्लो भागमा प्रदेशसभाको मतपत्र छाप्न सुरु गरेको थियो […]

मतपत्र विवादः निर्वाचन आयोगले विज्ञहरुसंग आज छलफल गर्दै

काठमाडौं,कार्तिक,१२- सर्वोच्च अदालतको पछिल्लो आदेशका कारण प्रदेश र प्रतिनिधीसभा निर्वाचनको मतपत्र एउटै वा फरक फरक छाप्ने भन्ने अन्योलमा रहेको निर्वाचन आयोगले सो विषयमा आज विज्ञहरुसंग छलफल गर्ने भएको छ । आयोगले आज कानुनविदहरुसंग कानुनी, प्राविधिक र व्यवहारीक सवै पक्षका विषयमा छलफलगरी उपयुक्त निर्णय लिने प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले जानकारी दिनुभएको छ । उहाँले आयोग […]

कांग्रेस संसदीय समितिको बैठक आज पनि बस्दै

काठमाडौं,कार्तिक,१२- प्रदेश र प्रतिनीधिसभाको दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवार चयन गर्न कांग्रेस संसदीय समितिको बैठक आज पनि बस्दैछ । गठवन्धनवीच सिटसंख्या बाँडफाँड र पार्टीभित्रै आन्तरिक भागवण्डा मिलाउन पर्ने भएकाले संसदीय समिति बैठक लम्विदै गएको हो । बैठक बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बिहानैदेखि सुरुहुने नेताहरुले बताएका छन् । प्रतिनिधि सभातर्फको उम्मदवारको विषय अन्तिम चरणमा पुगेकाले आज प्रदेश […]

आज दलहरुले समानुपातिकको नाम संशोधन गर्ने’

काठमाडौं,कार्तिक,१२- निर्वाचन आयोगमा दलहरुले समानुपातिक निर्वाचन प्रणालीतर्फका लागि पठाएको नामको संशोधन हुँदैछ । समानुपातिकतर्फ दलहरुले यसअघि नाम बुझाए पनि अन्तिम संशोधनका लागि आज समय दिइएकाले दलको प्रतिनिधिसँगै बसेर यो काम हुने आयोग प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । त्यसपछि केही अरु प्रक्रियापछि १७ गते समानुपातिकतर्फको नाम सार्वजनिक गरिने कार्यतालिका रहेको ढकालले बताउनुभयो ।

दोलखामा एमालेका सय जना कार्यकर्ता कांग्रेसमा प्रवेश

दोलखा,कार्त्तीक,११- नेकपा एमाले दोलखा जिल्लाका एक सय जना एमाले कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। दोलखा जिल्ला प्रदेश नम्वर दुईका नेपाली कांग्रेसका उम्मेदवार केशव चौलागाईं र एक नम्बर प्रदेशका उम्मेदवार बर्मा लामाले उनीहरुलाई खादा ओढाएर पार्टी प्रवेश गराउनु भएको हो । दोलखाबाट काठमाडौं आएर व्यवसाय गर्दै गरेको युवा संघ तथा माओदावी केन्द्र समर्थित युवाहरुलाई पार्टी प्रवेश […]