काठमाण्डौं,कार्त्तीक,१४- एमाले र माओवादीका तीन पूर्वसांसद कांग्रेसमा प्रवेश गरेका छन् । एमालेबाट गत संविधानसभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर २ बाट एमालेबाट जितेका सांसद मोहनसिंह राठौर, माओवादी केन्द्रबाट सर्लाही २ बाट जितेका शम्भुलाल श्रेष्ठ कांग्रेसका प्रवेश गरेका हुन् । दुवै पूर्वसांसदलाई प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा प्रवेश गराएका हुन् । एमालेबाट सांसद बनेकी रविना […]
राजनीति
अन्तत : माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ
काठमाण्डौं,कार्त्तीक,१४- नेकपा माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई प्रहरीले अन्तत: पक्राउ गरेको छ । ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्यामा सर्वोच्चले दोषी ठहर गर्दै सर्वश्वसहित जन्मकैदको फैसला सुनाएका उनलाई नेपाल प्रहरीकाे केन्द्रिय अनुशन्धान ब्युराे (सिअाईबी)काे टाेलीले ललितपुरकाे सातदाेबाटाेबाट पक्राउ गरेको हो । प्रहरीले पक्राउ गरेका ढुंगेललाई अहिले काठमाडौं जिल्ला अदालतकाे फैसला कार्यान्वयन इकाईमा लगिएको स्राेतले बताएको छ । उनले ट्राउजर, […]
सांसद विकास कोषको ६७ जिल्लाको रकम रोक्का
काठमाडौँ,कार्त्तीक,१४- मुलुकका ६७ जिल्लामा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र निर्वाचन क्षेत्र विकास कार्यक्रमको रकम रोक्का भइसकेको छ ।निर्वाचन आयोगले यही कात्तिक १२ गते सांसद विकास कोषका नाममा स्वीकृत सबै योजना, परियोजना, आयोजना तथा कार्यक्रमहरु रद्द गर्ने निर्णय गरेको थियो । निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त विवरणअनुसार प्रदेश नं १ का १४, प्रदेश […]
नेकपा एमालेद्धारा कञ्चनपुरमा उम्मेद्वारको टुंगो
इन्द्र कार्की / महेन्द्रनगर,१४ कार्तिक आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नेकपा एमालेले कञ्चनपुरबाट प्रतिस्पर्धा गर्ने उम्मेद्वारको टुंगो लगाएको छ । नेकपा एमाले स्थायी समितिको सोमवार वसेको वैठकले कञ्चनपुरमा एमालेका प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेद्वारहरुको टुंगो लगाएको हो । बाम गठबन्धन बीचको तालमेल अन्र्तगत एमालेले कञ्चनपुरमा २ जना प्रतिनिधि […]
कांग्रेसले अघि सारेको घोषणा पत्रको २० वटा बुँदाको लक्ष्य
काठमाण्डौ,कार्त्तीक,१४- नेपाली कांग्रेसको घोषणा पत्रमा समावेश गरिएका २० वटा बुँदा यहाँ प्रस्तुत गरिएको छ । अबको १० वर्षमा नेपाललाई कस्तो बनाउने ? नेपाली कांग्रेसले आफ्नो घोषणापत्रमा ‘कांग्रेसको विकास दृष्टि र लक्ष्यः अबको १० वर्षमा नेपाल’ शीर्षकमा २० वटा बुँदाहरु प्रस्तुत गरेको छ । काठमाडौं–मधेस एक्सप्रेस वे चलाउनेदेखि भोकमरी र भ्रष्टाचार निर्मूल पार्नेसम्मका योजना कांग्रेसले अघि सारेको […]
नेपाल आयल निगम प्रमुखको जिम्मेवारी भट्टराईलाई
काठमाण्डौं,कार्त्तीक,१४- आपूर्ति मन्त्रालयले नेपाल आयल निगमका कार्यकारी निर्देशकमा निगमकै निर्देशक सुशील भट्टराईलाई जिम्मेवारी दिएको छ। आपूर्ति मन्त्रिस्तरीय निर्णयका आधारमा भट्टराईलाई सो जिम्मेवारी दिइएको हो। निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई भने मन्त्रालयमा नै कामकाज गर्ने गरी व्यवस्था मिलाइएको आपूर्ति मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले जानकारी दिनुभयो । निगमको जग्गा खरिदमा अनियमितता भएको भन्दै चौतर्फी दबावमा परेपछि सरकारले खड्कालाई […]
कांग्रेसले आज घोषणापत्र सार्वजनिक गर्ने
काठमाडौं, कार्तिक ,१४- नेपाली कांग्रेसले आज निर्वाचन घोषणापत्र सार्वजनिक गर्ने भएको छ । कांग्रेसले आज आफ्नो ८४ पृष्ठको निर्वाचन घोषणापत्र औपचारिक रूपमा सार्वजनिक गर्ने भएको हो । संसद्बाट निर्वाचित कार्यकारी प्रमुखको एजेन्डासहित आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचन घोषणापत्र तयार पारिएको छ । घोषणापत्रमार्फत कांग्रेसले प्रत्यक्ष कार्यकारी प्रमुखले मुलुकमा अस्थिरता र निरंकुशता ल्याउने भन्दै वाम गठबन्धनले […]
उम्मेदवार टुंगो लगाउन एमाले स्थायी कमिटिको बैठक बस्दै
काठमाडौं,कार्तिक,१४- नेकपा एमालेको स्थायी कमिटिको बैठक आज पनि बस्ने भएको छ । बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्ष तर्फको उम्मेदवार टुंगो लगाउने भएको हो । यसअघि हिजो प्रदेश नं ७ को उम्मेदवारी छनोट प्रक्रिया सकिएको र आज प्रदेश नं ६ बाट उम्मेदवार चयन प्रक्रिया अगाडि बढ्ने एमाले प्रचार विभागका सचिव विष्णु रिजालले जानकारी दिनुभयो […]
नेपाली भाषा र साहित्यलाई अन्तर्राष्ट्रियस्तरको बनाउन छलफल
मेरिल्याण्ड,कात्तिक,१३- नेपाली मूलका अमेरिकी, पत्रकार तथा साहित्यकार, सामाजिक अभियन्ताले नेपाली भाषाको अन्तर्राष्ट्रियकरण गर्नका लागि नेपाली भाषामा प्रकाशित महत्वपूर्ण कृति अनुवादमा जोड दिएका छन् । उनीहरुले यसका लागि विदेशमा रहेका नेपालीसँग सहकार्य गरी अन्तर्राष्ट्रिय मापदण्डका आधारमा अनुवादको खाँचो भएको बताएका छन् । आइतबार अन्तर्राष्ट्रिय साहित्य समाज मेरिल्याण्ड च्याप्टरले आयोजना गरेको छलफल कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष […]
फोरम र राजपालाई उम्मेदवार जोगाउन कठिन
काठमाडौं,कार्तिक,१३- प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा निकै प्रतिस्पर्धात्मक रहेको दुई नम्बर प्रदेशको उम्मेदवार चयनको विषय निकै जटिल बन्दै गएको छ । दलका उम्मेदवारका आकांक्षी धेरै छन् भने वाम गठबन्धनसँग बलिया उम्मेदवार धेरै छन् । जसका कारण उम्मेदवार चयनका विषयमा दुवै पक्ष एक अर्कालाई पर्खिंदै छन् । दुई नम्बर प्रदेशमा मधेसवादी दलका असन्तुष्ट उम्मेदवारलाई वाम गठबन्धनले टिकट […]










