पत्रकार डिसी वडा सदस्यमा निर्वाचित

दाङ,असार,२० नेपाल पत्रकार महासंघ दाङका कार्यसमिति सदस्य शुवास डिसी तुलसीपुर उपमहानगर पालिका वडानं ११को वडासदस्य पदमा निर्वाचित भएकाहुन । नेपाल प्रेस युनियनका केन्द्रिय पार्सद , पत्रकार महासंघ दाङका सदस्य एवंसञ्चारकर्मी शुवास डिसी नेपाली काँग्रेस पाटिको तर्फवाट तुलसीपुर उपमहानगर पालिका वडानं ११मा उम्मेद्धारी दिनुभएको थियो । लामो समय मिडियामा संलग्न मृदुभाषि एवं नेपाल विद्यार्थी संघमा क्रियाशिल […]

लमहीको मेयरमा एमाले, उपमेयरमा कांग्रेस बिजयी

नरेश खड्का, दाङ,असार,२०- दाङको लमही नगरपालिकाको मेयर पदमा नेकपा एमालेका कुलबहादुर केसी निर्वाचित भएका छन । केसीले ५ हजार १ सय ५२ मत ल्याएर मेयर पदमा निर्वाचित हुनुभएको छ भने उप मेयरमा नेपाली कांग्रेसका देविका बेल्बासेले ५ हजार १५ मत ल्याएर निर्वाचित भएका छन । मेयर प्रत्यासी नेपाली कांग्रेसका जोगराज चौधरीलाई ९५ मतले पछि पार्दै […]

बाँकेमा काँग्रेस प्रथम एमाले दोश्रो स्थानमा सिमीत

बाँके,असार,२०- नेपालगञ्जको वडास्तरमा काँग्रेसले सबै भन्दा बडी स्थान जित हात पारेको छ । काँग्रेसले ८, एमालेले ६, माओवादीले ४, राप्रपाले ३, संघीय समाजवादी फोरमले २ स्थानमा विजयी प्राप्त गरेको छ । काँगे्रसबाट वडा २ मा सुनिल सिंह हमाल, वडा न १० विन्दुभुषण बस्नेत, वडा ११मा उज्वलसिंह राठौर, वडा १२ मा वुद्धिसागर सुवेदी, वडा न १३ मा विरेन्द्र […]

दाङमा तेस्रो भएपछि एमालेमा मच्चियो खैलाबैला (हेर्नुस सुचि )

नरेश खड्का, दाङ,असार,१९- जितको संघारमा रहेको एमाले दाङमा दोस्रोबाट तेस्रो पार्टी बनेको छ । अहिले सम्म गणना भएका दाङका सय मध्य ६९ वडाको फाईनल मत परिणाम सार्वजनिक गर्दा एमाले दोस्रोबाट तेस्रो स्थानमा झरेको छ । पुरै वडा गन्दा को पहिलो बन्ने हो ? त्यो त अन्तिम मत परिणाम सार्वजनिक संगै थाहा होला । तर, अहिले […]

मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्रीको तयारी

काठमाडौं,असार, १८- प्रधानमन्त्री शेरबहादुर देउवाले केही दिनभित्रै मन्त्रिपरिषद विस्तार गर्ने तयारी गर्नुभएको छ । दोस्रो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भएलगत्तै देउवा सरकार विस्तारको तयारीमा जुट्नु भएको हो ।शनिबार पनि उहाँले आफू निकट शीर्ष नेताहरुसँग आन्तरिक छलफल गर्नुभएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद विस्तार, आफ्नो सचिवालय सदस्यहरु नियुक्त गर्ने, संविधान संशोधन लगायतका […]

दाङको बङगलाचुली गाउँपालिका वडा नं.१मा नेपाली काङग्रेसको प्यानल नै विजयी

रोशन घर्ति दाङ,असार,१५- दाङको बङगलाचुली गाउँपालिका वडा नं.१मा नेपाली काङग्रेसको प्यानल नै विजयी भएको छ । अध्यक्षमा पदम बहादुर खत्री ३५४ मतका सहीत विजयी भएका हुन । त्यस्तै दलित महिला पिमा कामी र खुल्ला महिला सदस्य मादिका कुवर विजयी भएका छन । सदस्य सदस्यहरु देवा पौडेल,चन्द्र बहादुर घर्ति विजयी भएका छन ।

एक साताभित्र मतगणना मतगणना गर्न निर्वाचन अधिकृतलाई आयोगको निर्देशन

काठमाडौं,असार,१५- निर्वाचन आयोगले निर्वाचन अधिकृतलाई एक साताभित्र मतगणना सक्ने गरी मतगणकको समूह बनाउन निर्देशन दिएको छ । निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार पहिलो चरणमा भएको ढिलाइबाट पाठ सिकेर सुरुमै मतगणकहरूको समूह धेरै बनाउन निर्देशन दिइएको हो । ‘मतपत्रको सुरक्षाका लागि सुरक्षाकर्मीको संख्या धेरै राख्नेदेखि अन्य सुरक्षाका विधि अपनाउन निर्वाचन अधिकृतलाई भनिसकिएको छ,’ प्रवक्ता शर्माले […]

बझाङका दुई मतदान केन्द्रमा भोलि निर्वाचन

बझाङ, असार,१५- नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीचको झडपका कारण स्थगित भएको बझाङको जयपृथ्वी नगरपालिकाका दुई मतदान केन्द्रमा शुक्रबार (भोलि) मतदान हुने भएको छ । वडा नम्बर ३ का ‘क’ र ‘ख’ बुथमा झडपपछि मतदान स्थगित भएको थियो । सर्वदलीय सहमतिपछि जिल्ला निर्वाचन कार्यालयले भोलिका लागि मतदानको कार्यक्रम तय गरेको हो । जयपृथ्वी नगरपालिका वडा […]

५ जिल्लामा चुनाव धाँधली भएको भन्दै एमालेद्वारा पुनःमतदानको माग

काठमाडौं, असार,१४- आज सम्पन्न दोस्रो तहको स्थानीय निर्वाचनमा सत्तारुढ पार्टीहरुद्वारा सत्ताको दुरुपयोग गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गम्भीर आपत्ति जनाएको छ। आज साँझ एमाले सचिव तथा प्रवक्ता योगेश भट्टराईद्वारा जारी विज्ञप्तिमा त्यस्ता घटनाको भत्सर्ना गर्दै पुनः मतदान गराउन माग गरिएको छ। विज्ञप्तिमा भनिएको छ, ‘अछाम, बझाङ, डोटी, डडेल्धुरा, कैलाली लगायतका जिल्लामा राज्यसत्ताको दुरुपयोगबाट जनमतलाई प्रभावित पार्ने […]

बन्दले पर्साको जनजीवन प्रभावित

वीरगञ्ज,असार,१४- राष्ट्रिय जनता पार्टी नेपालले आह्वान गरेको बन्दका कारण पर्साका वीरगञ्जलगायत यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ। आन्दोलनकारीले बिहानैदेखि विभिन्न ठाउँमा टायर बालेर प्रदर्शन गरेका छन्। प्रदर्शनकारीहरूले घण्टाघर, माइस्थान, मुर्ली, बसपार्क, नगवा, गण्डकलगायतका स्थानमा टायर बालेर प्रदर्शन गरिरहेका छन्। यहाँबाट छुट्ने लामो तथा छोटो दूरीका सवारी साधन ठप्प छन्। बन्दका कारण विद्यालय नखुल्दा पठनपाठन अवरुद्ध […]