मधुपौडेल, बाँके,साउन,२- महेन्द्र बहुमुखी लगाएतका नेपालअधिराज्य भरिका क्याम्पसमा आज पनि ताला लागेको छ । विगत लामो समयदेखी आफुहरुले क्याम्पसमा हुने शैक्षिक गतिविधिमा निकै ठुलो भुमिका खेल्दै आएको भए पनि आफुलाई त्रिभुवन विश्वविद्यालयले सौतेलो व्यवहार गरेको भन्दै देश भरका त्रिभुवन विश्वविद्यालय अन्तरगतका आंशिक शिक्षकहरु आन्दोलित भएका हुन । त्रिविले आंशिक शिक्षकहरुलाई पुरानो नजीर अनुसार सोतह: करार […]
राजनीति
भरतपुर १९ को मतगणना विवादसम्बन्धी सुनुवाइ आज हुँदै
काठमाडौं,साउन,२- चितवनको भरतपुर महानगरपालिका–१९ को मतगणना विवादसम्बन्धी सुनुवाइ आज फेरि हुँदैछ । यसअघि असार २६ मा न्यायाधीशहरु ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासमा सुनुवाइ पेसी तोकिएको थियो तर हेर्न नभ्याउने भन्दै आजका लागि सारिएको थियो । भरतपुर प्रकरणमा सर्वोच्च अदालतमा सुनुवाई पटक पटक सर्दै आएको छ । कागजातहरु दुई साताअघि नै अदालतमा पेश भइसकेका […]
पराजुली प्रधानन्यायाधीशमा अनुमोदन
काठमाडौं,साउन, १- संसदीय सुनुवाई विशेष समितिले गोपाल पराजुलीलाई प्रधानन्यायाधीशमा अनुमोदन गरेको छ । आज बिहान बसेको समिति बैठकले सुनुवाईपछि पराजुलीको नाम सर्वसम्मतीले अनुमोदन गरेको हो । न्यायपरिषदले उहाँलाई प्रधानन्यायाधीशका लागि सिफारिस गरेपछि समितिले बिहान सुनुवाई गरेको हो । पराजुलीविरुद्ध समितिमा कुनै उजुरी परेको थिएन । समितिमा ३९ वटा योजना पेश गरेका उहाँले मुस्कानसहितको सेवा सुरु […]
प्रहरीमा ११ एआईजीको नाम सिफारिस, सिलवाल परेनन्
काठमाडौं, साउन,१- गृह मन्त्रालयले रिक्त भएको लामो समयपछि नेपाल प्रहरीका ११ जना डीआईजीलाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको छ । सिफारिसमा वरिष्ठ डीआईजी नवराज सिलवालको नाम भने उल्लेख छैन । सरकारले सिलवालसँगै आईजीपीका लागि दाबेदारी गरेका बमबहादुर भण्डारी र जयबहादुर चन्दलाई बढुवाका लागि सिफारिस गरेको छ । तर सिलवाललाई जानजानी छुटाइएको छ । उनले सर्वोच्च […]
राजपा निर्वाचनमा सहभागी हुन तयार रहेको संयोजक ठाकुरको भनाई
पर्सा,असार,३१- राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) को अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले मधेसवादी दलहरुसँग सरकारले गरेको तीनबुँदे सहमति कार्यान्वयन गरे स्थानीय तह निर्वाचनमा राजपा सहभागी हुन तयार रहेको बताउनुभएको छ । उहाँले संविधान संशोधनमा समस्या भएकाले अन्य दुईवटा सहमतिलाई सरकारले पूरा गरे निर्वाचनको वातावरण निर्माण हुने विश्वास व्यक्त गर्नुभयो । राजपा, पर्साले आज पर्साको बहुदरामाई […]
आज देखि देशभर मतदाता नामावली संकलन सुरु गरिने
काठमाडौं,साउन,१- निर्वाचन आयोगले आज देखि देशका ७५ वटै जिल्लामा मतदाता नामावली संकलन सुरु गर्ने भएको छ ।प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नयाँ १८ वर्ष पुगेका बालिग र छुटेकालाई मध्यनजर गर्दै आयोगले मतदाता नामावली संकलन गर्न लागेको प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो । आयोगले साउन १ गते देखि १५ गतेसम्मको लागि नामावली संकलन गर्ने जनाएको […]
प्रचण्ड काठमाडौं फर्केपछि मन्त्रिपरिषद् विस्तार गरिने
काठमाडौं,असार,३१- संविधान संशोधन प्रस्ताव तत्काल अघि नबढ्ने भएपछि प्रधानमन्त्री शेर बहादुर देउवा मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा लाग्नु भएको छ। देउवाले आगामी सोमबारसम्म मन्त्रिपरिषद विस्तार गर्नेगरी गृहकार्य थालेको देउवानिकट स्रोतले जनाएको छ । स्रोतका अनुसार माओवादी अध्यक्ष प्रचण्ड बैंककबाट फर्केलगत्तै मन्त्रिपरिषद विस्तारबारे कुराकानी गर्नु हुने भएको छ । प्रचण्ड आज काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।
स्थानीय तहबाटै मतदाता नामावली संकलन गर्न आयोगलाई काँग्रेसको सुझाव
काठमाडौ,असार,३०- नेपाली काँग्रेसले मतदाता नामावली संकलनको काम स्थानीय तहबाटै गर्न निर्वाचन आयोगलाई सुझाव दिएको छ ।नेपाली काँग्रेसका नेताहरुले आज निर्वाचन आयोगका पदाधिकारीहरुसँग भेटगरी स्थानीय तहबाटै मतदाता नामावली संकलनको काम गर्न उपयुक्त हुने सुझाव दिएका हुन । आम मतदातालाई सहज हुने भएकाले स्थानीय तहबाटै मतदाता नामावली संकलन गर्न आयोगलाई सुझाव दिइएको काँग्रेस नेता बालकृष्ण खाँडले जानकारी […]
व्यवस्थापिका संसदको बैठक आजपनि बस्ने
काठमाडौ,असार,२९- व्यवस्थापिका संसदको बैठक आजपनि बस्ने भएको छ । संसद भवन नयाँ वानेश्वरमा अपरान्ह् ४ बजे बस्ने गरि बैठक बोलाइएको छ । आजको बैठकमा आर्थिक विधेयक–२०७४ माथि छलफल हुने र प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरीने छ । साथै अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आर्थिक विधेयक–२०७४ पारित गरियोस भनि प्रस्ताव गर्ने र राष्ट्र ऋण उठाउने विधेयक–२०७४ माथि दफवार […]
शर्मालाई शुक्रबार अदालतमा उपस्थित गराउन आदेश
काठमाडौँ,असार, २८- सर्वोच्च अदालतले भ्रष्टाचारको आरोपमा थुनामा रहेका आन्तरिक राजश्व विभागका महानिर्देशक चूडामणि शर्मालाई लिखित जवाफसहित शुक्रबार उपस्थित गराउन आदेश दिएको छ । न्यायाधीश पुरुषोत्तम भण्डारीको आजको एकल इजलासले आधार र कागजप्रमाण प्रष्ट देखिने प्रतिलिपिसहितको लिखित जवाफका साथ महान्यायाधिवक्ता कार्यालयमार्फत असार ३० गते बिहान १०ः३० बजे बन्दीमा रहेका शर्मालाई अदालतमा उपस्थिति गर्न÷गराउन आदेश दिएको हो […]










