माधव नेपालले भने मधेशका केही नेता चुनावबाट डराएर बहानबाजी गर्दैर्छन्

रामेछाप,साउन,८- नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले ३ वटै स्थानीय तहको निर्वाचन अघि संविधान संसोधनको कुरा गर्न नसकिने बताउनुभयो । उहाँले वर्तमान समय स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने समय भएकाले संविधान संसोधनको काम गर्न नसकिने बताउनुभयो । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ३९ औ स्मृतिका अवसरमा पुष्पलालको जन्मस्थल भँगेरी पुगेका नेपालले संविधान […]

भरतपुर १९ को मतगणना विवादसम्बन्धी सुनुवाइ आज हुने

काठमाडौं, साउन,८- भरतपुर महानगरपालिका–१९ को मतगणना विवादसम्बन्धी सुनुवाइ आज हुने भएको छ ।साउन २ गते न्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासमा सुनुवाइ भए पनि समय अभावका कारण ‘हेर्दाहेर्दैमा’ राखि आजका लागि सारिएको सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिनुभयो । मतगणना अन्तिममा पुगेका बेला माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र च्यातेपछि निर्वाचन आयोगले वडा नम्बर […]

निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्ने सरकारको निर्णय

काठमाडौं, साउन,५- सरकारले निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरेको छ ।मन्त्रिपरिषदको प्रधानमन्त्री कार्यालय सिंहदरबारमा  आज बसेको बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश कमलनारायण दासको संयोजकत्वमा पाँच सदस्यीय आयोग गठन गर्ने निर्णय गरेको हो । आयोगमा माधव अधिकारी, विश्वकल्याण पराजुली र गणेश कार्की सदस्य रहेका छन् भने योगेन्द्र शर्मा पौडेल सदस्यसचिव रहेका छन् । आयोगलाई २१ दिनको कार्यअवधि […]

२ नम्बर प्रदेशको मनोनय भदौ २१ गते हुने

काठमाडौ ,साउन,५- निर्वाचन आयोगले प्रदेश नम्बर २ को निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । आयोगको हिजो बसेको वैठकले असोज २ गते हुने निर्वाचन कार्यतालिका स्वीकृत गरेको प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो । प्रदेश नम्बर २ अन्र्तगत ८ वटा जिल्लाका १ सय २७ वटा स्थानीय तहमा निर्वाचन हुन बाँकी छ । जसमा एक महानगरपालिका र बाँकी […]

निर्वाचनको समिक्षा र तयारीमा काँग्रेस पनि जुट्यो’

काठमाडौं,साउन,५- नेपाली काँग्रेसले प्रदेश नम्बर दुईको भेला बोलाएको छ । नयाँ बानेश्वरमा जारी भेलामा आगामी असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा पार्टीको तयारीबारे छलफल भइरहेको छ । भेलामा प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवा, पार्टीका नेता एवम् केन्द्रीय पदाधिकारी, प्रदेश नं २ का केन्द्रीय सदस्य, जिल्ला सभापति, सांसद, पूर्वसांसद, जिल्ला सभापतिका निकटतम […]

माओवादी बैठक लम्बियोः इन्चार्जको रिपोर्टिङ जारी

काठमाडौं,साउन,५- नेकपा माओवादी केन्द्रको सचिवालय सदस्य र जिल्ला इन्चार्जसहितको विस्तारित बैठक लम्बिएको छ । हिजै सम्पन्न हुने भनिएको बैठकमा जिल्ला इन्चार्ज तथा सचिवालय सदस्यहरुको रिपोर्टिङ नसकिएकाले बैठक लम्बिएको हो । पार्टी केन्द्रीय कार्यालय पेरिसडाडामा सोमबारदेखि सुरु भएको बैठक आज पनि बस्न लागेको माओवादी केन्द्रले जनाएको छ । बैठकमा आजपनि जिल्ला इन्चार्ज तथा सचिवालय सदस्यहरुको रिपोर्टिङ […]

भारतको प्रस्ताव नेपालद्वारा अस्वीकार

काठमाडौ,साउन,४- दक्षिण एसियाली मुलुकमा खुला आकास नीति लागू गर्ने भारतको प्रस्तावलाई नेपालले अस्वीकार गरेको छ । भारतले नेपालसहित सार्क क्षेत्रका अन्य ७ मुलुकमा खुला आकास नीति लागू गर्ने प्रस्ताव गरेको थियो । एक महिनाअघि परराष्ट्र मन्त्रालयमार्फत संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा यस्तो प्रस्ताव आएको थियो । आजको कारोवार दैनिकमा खवर छ ।

कार्यकारी राष्ट्रपतिको विषयलाई माओवादीले पुनः उठाउने

काठमाडौँ, साउन,३- नेकपा (माओवादी केन्द्र)ले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुनुपर्ने व्यवस्थालाई पुनः उठाउने भएको छ । सोमबार सुरू भएको पार्टी सचिवालयको विस्तारित बैठकले यो मुद्दालाई राजनीतिक बहसका रूपमा उठाउने कार्य योजना बनाउने बताइएको छ । प्रवक्ता पम्फा भुसालले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति पार्टीको पहिलेदेखिकै मुद्दा भएको व्याख्या गर्दै आगामी दिनमा यसलाई प्राथमिकतामा राखेर लाने बताउनुभयो […]

सरकारले माग पुरा नगरेको भन्दै पेट्रोलियम पदार्थ खरिद विक्रि ठप्प

काठमाडौ,साउन,३- बाग्मती पेट्रोलियम डिलर्स एशोसिएशनले सरकारले आफुहरुको माग पुरा नगरेको भन्दै मंगलबारदेखि पेट्रोलिय पदार्थको खरिद विक्रि ठप्प पारेका छन् । नेपाल आयल निगम संचालक समितिको बैठकले सिंकेज लस र वर्किङ लसको कारण व्यवसायीले व्यहोर्दै आएको मागलाई सम्बोधन नगरेपछि व्यवसायी आन्दोलित भएका हुन् । निगमले सिंकेज लस र वर्किङ लसको अध्ययन अनुगमन गरी छानविन टोलिले झण्डै […]

भोलीसम्ममा सरकार विस्तार गर्ने काँग्रेस माओवादिको तयारी

काठमाडौं, साउन ,३- सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्र सरकार विस्तार गर्ने तयारीमा जुटेका छन । मन्त्री सिफारिसका लागि बनेको दुईदलीय कार्यदलबीच भोलीसम्ममा सरकार विस्तार गर्ने सहमति भएको छ । आज कार्यदलको बैठक बस्ने र दिउँसोसम्म मन्त्रालय बाँडफाँड गर्ने दलहरुको तयारी रहेको छ । त्यसपछि दलका भागमा परेका मन्त्रालयमा पार्टीहरूले मन्त्री टुंगो लगाउने कार्यदलको तयारी […]