उद्योगी व्यापारीहरुले संयुक्त समावेसी प्यानलसंग भने “ हाम्रा हक हितमा लड्नुस् हामी तपाईको पक्षमा छौं

कोहलपुर,साउन,९- यहि साउन १५ गते हुने कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनका लागि विशुद्ध व्यापारीहरुको प्यानल संयुक्त समावेसी प्यानललाई मतदाताहरुले जिताएरै छाड्ने बताएका छन् । अध्यक्ष पदका उम्मेदवार चक्र बहादुर अधिकारी सहित २१ सदस्यीय कार्यसमितिका लागि संयुक्त समावेसी प्यानल बनाएर घरदैलो अभियानमा हिडेका उम्मेदवारहरुलाई मतदाता उद्योगी व्यवसायी एवं व्यापारीहरुले उक्त कुरा बताएका हुन् । “हामी उद्योगी […]

साझा पार्टी र विवेकशील पार्टी बिच एकता हुने

काठमाडौं,साउन,९- केहि महिना अघी मात्र स्थापना भएको साझा पार्टी र विवेकशील नेपाली दलबीच एकता हुने भएको छ । विविसीका पूर्व पत्रकार रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टी र उज्ज्वल थापाको नेतृत्वमा रहेको विवेकशील नेपाली दलबीच विभिन्न चरणमा भएका एकता वार्ता सकारात्मक भएको दुबै दलका नेताहरूले बताएका छन् । साझा पार्टीका प्रवक्ता सूर्यराज आचार्यले प्रदेश र संघीय […]

‘यो त हदै भयो देउवाजी’: जनताका सामु लाजैमर्दो

काठमाडौं, साउन,९- प्रधानमन्त्री बनेको डेढ महिना नाघ्दासम्म मन्त्री छान्न नसकेको भन्दै माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री शेरबहादुर देउवाको अलोचना गरेका छन् । कांग्रेस माओवादी केन्द्र गठबन्धन सरकारको नेतृत्व गरिरहेका देउवालाई आईतबार विहान भेट्दै सत्तासाझेदार दाहालले यस्तो रोष् प्रकट गरेका हुन् । पेरिसडांडास्थित माओवादी पुख्यालयमा सञ्चारकर्मीसंग दाहाल आफैले यो प्रसंग खुलाएका हुन् । आजको कान्तिपुरमा […]

‘बरु दुई तिहाइ नपुगोस्, मतदानमा लैजाउँ’

काठमाडौं,साउन, ९- कांग्रेसका केन्द्रीय सदस्यहरुले प्रदेश नम्बर २ को चुनावअघि नै संविधान संशोधन विधेयकलाई मतदानमा लगेर टुंग्याउन नेतृत्वलाई दबाब दिएका छन् । संविधान संशोधन पारित हुन आवश्यक दुई तिहाई मत नपुगे पनि मतदानमा लैजानुपर्ने उनीहरुको जोड छ । कांग्रेस केन्द्रीय कार्यसमितिको २ दिन चलेको बैठकमा बोल्ने सबैजसो केन्द्रीय सदस्यहरुले संविधान संशोधनलाई थाँती राख्न नहुने धारणा […]

माधव नेपालले भने मधेशका केही नेता चुनावबाट डराएर बहानबाजी गर्दैर्छन्

रामेछाप,साउन,८- नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले ३ वटै स्थानीय तहको निर्वाचन अघि संविधान संसोधनको कुरा गर्न नसकिने बताउनुभयो । उहाँले वर्तमान समय स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने समय भएकाले संविधान संसोधनको काम गर्न नसकिने बताउनुभयो । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ३९ औ स्मृतिका अवसरमा पुष्पलालको जन्मस्थल भँगेरी पुगेका नेपालले संविधान […]

भरतपुर १९ को मतगणना विवादसम्बन्धी सुनुवाइ आज हुने

काठमाडौं, साउन,८- भरतपुर महानगरपालिका–१९ को मतगणना विवादसम्बन्धी सुनुवाइ आज हुने भएको छ ।साउन २ गते न्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासमा सुनुवाइ भए पनि समय अभावका कारण ‘हेर्दाहेर्दैमा’ राखि आजका लागि सारिएको सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिनुभयो । मतगणना अन्तिममा पुगेका बेला माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र च्यातेपछि निर्वाचन आयोगले वडा नम्बर […]

निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्ने सरकारको निर्णय

काठमाडौं, साउन,५- सरकारले निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरेको छ ।मन्त्रिपरिषदको प्रधानमन्त्री कार्यालय सिंहदरबारमा  आज बसेको बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश कमलनारायण दासको संयोजकत्वमा पाँच सदस्यीय आयोग गठन गर्ने निर्णय गरेको हो । आयोगमा माधव अधिकारी, विश्वकल्याण पराजुली र गणेश कार्की सदस्य रहेका छन् भने योगेन्द्र शर्मा पौडेल सदस्यसचिव रहेका छन् । आयोगलाई २१ दिनको कार्यअवधि […]

२ नम्बर प्रदेशको मनोनय भदौ २१ गते हुने

काठमाडौ ,साउन,५- निर्वाचन आयोगले प्रदेश नम्बर २ को निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । आयोगको हिजो बसेको वैठकले असोज २ गते हुने निर्वाचन कार्यतालिका स्वीकृत गरेको प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो । प्रदेश नम्बर २ अन्र्तगत ८ वटा जिल्लाका १ सय २७ वटा स्थानीय तहमा निर्वाचन हुन बाँकी छ । जसमा एक महानगरपालिका र बाँकी […]

निर्वाचनको समिक्षा र तयारीमा काँग्रेस पनि जुट्यो’

काठमाडौं,साउन,५- नेपाली काँग्रेसले प्रदेश नम्बर दुईको भेला बोलाएको छ । नयाँ बानेश्वरमा जारी भेलामा आगामी असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा पार्टीको तयारीबारे छलफल भइरहेको छ । भेलामा प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवा, पार्टीका नेता एवम् केन्द्रीय पदाधिकारी, प्रदेश नं २ का केन्द्रीय सदस्य, जिल्ला सभापति, सांसद, पूर्वसांसद, जिल्ला सभापतिका निकटतम […]

माओवादी बैठक लम्बियोः इन्चार्जको रिपोर्टिङ जारी

काठमाडौं,साउन,५- नेकपा माओवादी केन्द्रको सचिवालय सदस्य र जिल्ला इन्चार्जसहितको विस्तारित बैठक लम्बिएको छ । हिजै सम्पन्न हुने भनिएको बैठकमा जिल्ला इन्चार्ज तथा सचिवालय सदस्यहरुको रिपोर्टिङ नसकिएकाले बैठक लम्बिएको हो । पार्टी केन्द्रीय कार्यालय पेरिसडाडामा सोमबारदेखि सुरु भएको बैठक आज पनि बस्न लागेको माओवादी केन्द्रले जनाएको छ । बैठकमा आजपनि जिल्ला इन्चार्ज तथा सचिवालय सदस्यहरुको रिपोर्टिङ […]