रमित बि.क., बाजुरा,जेठ,२५- बाजुराका लोक देउडा गायक (कलाकार) लालबहादुर थापाले बुुढिगंगा नगरपालिकाको मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी दिने बताउनुभएको छ । कलाकार थापा बुधबार दिउँसो सदरमुकाम मार्तडीमा पत्रकार सममेलन गरी आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ् । विगत २०५४ साल देखि नेकपा एमालेको संगठित सदस्य भई काम गरें तर, एमालले आफुलाई कहिलै सहयोग नगरेको आरोप कलाकार […]
राजनीति
जनताले चाहेजस्तो नेपाल प्रहरी र सशस्त्र प्रहरी बल हुनेछ :गृहमन्त्री शर्मा
काठमाडौँ,जेठ,२४- गृहमन्त्री जनार्दन शर्माले सुरक्षा सङ्गठनमा देखिएका समस्याहरु निराकरण गर्न सिपाहीसम्मको सुझाव लिएर आवश्यक नीति निर्माण र सङ्गठनको पुनःसंरचना गरिने बताउनुभएको छ । आज गृहमन्त्रालयमा पद बहालीपछि कर्मचारी तथा सुरक्षा निकायलाई निर्देशन दिँदै गृहमन्त्री शर्माले भन्नुभयो – “तपाईंहरुको इमान्दारितालाई सम्पूर्णरुपमा जनताको सेवामा प्रयोग गर्नेछु । गृहमन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रय अनुसन्धान विभागलाई राजनीतिक उद्देश्यका […]
नयाँ सरकारको पहिलो क्याबिनेट बैठकः के के परे प्राथमिकतामा
काठमाण्डाैं,जेठ,२४- प्रधानमन्त्री बनेपछि शेरबहादुर देउवा नेतृत्वको सरकारको पहिलो मन्त्री परिषदको बैठक बसेको छ । आज बसेको मन्त्रिपरिषदको पहिलो बैठकले सरकारका प्राथमिकता निर्धारण गरेको छ । सिंहदरबारमा बसेको बैठकले संविधान कार्यान्वयनदेखि सुशासन र आपूर्ति व्यवस्थापनसम्मका विषयलाई समेट्दै प्राथमिकता निर्धारण गरेको हो । संविधान कार्यान्वयनलाई सरकारले पहिलो प्राथमिकतामा राखेको अर्थमन्त्री ज्ञानेन्द्र कार्कीले बताउनु भयो । सञ्चार मन्त्री […]
नवनिर्वाचित प्रधानमन्त्री देउवाद्वारा पदभार ग्रहण
काठमाडौं,जेठ,२४- नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले आज कार्यभार सम्हाल्नु भएको छ ।राष्ट्रपति भवन शीतल निवासमा आयोजित बिशेष समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएपछि प्रधानमन्त्री देउवाले प्रधानमन्त्री कार्यालयमा पदभार सम्हाल्नु भएको हो । पदभार सम्हाले लगत्तै देउवाले अन्तर प्रदेश सचिवालय प्रधानमन्त्री कार्यालयमा गठन गर्ने र सदाचार नीतिको मस्यौदा तयारी गरी पेस गर्ने निर्णयमा […]
राजपाको माग सम्बाेधन गरे मात्रै चुनावः राजेन्द्र महतो
सर्लाही,जेठ,२४- राष्ट्रिय जनता पार्टी नेपालका नेता राजेन्द्र महतोले आफूहरुको माग सम्वोधन गरेर मात्रै स्थानीय तहको निर्वाचन गर्न आग्रह गर्नु भएको छ । आज बिहान सर्लाही सदरमुकाम मलंगवामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता महतोले केही महिना मिति सारेर भएपनि मधेशको माग सम्वोधन गरेर मात्रै चुनावमा जानुपर्ने तर्क गर्नुभयो । अधिकार प्राप्त गर्न मधेशमा लामो समय देखि […]
नेकपा एमालेको संकल्प पत्र सार्वजनिक
रोशन घर्ति दाङ,जेठ,२४ नेकपा एमाले दाङले जिल्लाको समग्र विकासका लागि योजना सहितको संकल्प पत्र सार्वजनिक गरेको छ । आज घोराहीमा पत्रकार सम्मेलन गरि नेकपा एमालेले स्थानिय तह निर्बाचन पछि दाङको संबृद्धीका लागि योजना सहितको संकल्प पत्र सार्वजनिक गरेको हो । मुख्य गरि दाङलाई प्रादेशिक राजधानी बनाउनेमा जोड दिदै राजनितिक, आर्थिक, सामाजिक, धार्मिक, साँस्कृती पक्षको बिकास […]
नवनियुक्त प्रधानमन्त्री देउवाले आज शपथ लिने
काठमाडौ,जेठ,२४- नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले आज पद तथा गोपनीयताको शपथ लिनुहुने भएको छ । देउवाले राष्ट्रपति भवन शीतल निवासमा दिउँसो पौने २ बजे राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिनुहुने भएको हो । कंग्रेस सभापति शेरबहादुर देउवा मुलुकको ४० औं प्रधानमन्त्रीमा हिजो निर्वा्चित हुनु भएको थियो । शपथ ग्रहणलगत्तै देउवाले प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पद बहाली गर्ने कार्यक्रम […]
जापानको क्युशु क्षेत्रमा (NRNA)को अध्यक्षका लागि दुई जनाको दावेदार
मिलन मगर, जापान,जेठ,२३- गैर आवसीय नेपाली संघ (NRNA)क्युशु क्षेत्र जापानको आगामी दुइ बर्षको कार्यकालको लागि हुन गईरहेको निर्वाचनको मिति नजिकिदै गर्दा अहिले फुकुओकामा क्युशु क्षेत्रीय पदाधिकारीहरु तिब्र रुपमा सक्रिय भएर लागेका छन् । जसमा संयोजकको प्रतिस्प्रधी लक्ष्मण बानिया र देवराज उप्रेती भिड्दैछन् । जापानको क्युसुमा मात्र ६ हजार नेपालीहरु रहेका छन् । यसैविच हामीले अध्यक्षको दावेदार गर्नु […]
देउवा मुलुकको ४० औं प्रधानमन्त्री निर्बाचित
काठमाण्डौ,जेठ,२३- नेपाली काग्रेसका सभापति शेरबहादुर देउवा मुलुकको ४० औं प्रधानमन्त्री निर्बाचित हुनुभएको छ । संसदमा आज भएको निर्बाचनमा ३८८ मतका साथ देउवा चौथो पटक प्रधानमन्त्रीमा निर्बाचित हुनुभएको हो । कांग्रेस सहित नेकपा माओबादी केन्द्र , राजपा नेपाल, राप्रपा, फोरम लोकतान्त्रीक, संघिय समाजबादि फोरम, नेपाल लोकतान्त्रीक फोरम, अखण्ड नेपाल, समाजबादि जनता पार्टी, नेकपा संयुक्त लगायतका साना […]
किन दाङ आउँदैछन् एमाले अध्यक्ष केपी ओली
नरेश खड्का दाङ,जेठ,२३- नेकपा एमालेका अध्यक्ष केपी ओली दाङ आउनु हुने भएको छ । एमालेका प्रभावशाली नेता तथा स्थायी कमिटी सदस्य शंकर पोख्रेलले यहि जेठ २८ गते अध्यक्ष ओली दाङ आउने कार्यक्रम तय भएको जानकारी दिनुभयो । मेची–महाकाली अभियानकाक्रममा दाङ आउने भनिएपछि स्वास्थ्यले साथ नदिएपछि ओली यहाँ आउन सक्नुभएको थिएन । नेता पोख्रेलका अनुसार नेकपा […]










