सुन्दर,शान्त र समृद्ध बुढिनन्दा नगर बनाउने पहिलो धेय रहेको नेताः गिरी

रमित बि.क. बाजुरा जेठ,२२– नेपाली काँग्रेस महाअधिबेशन प्रतिनधि युवा नेता एवं बुढिनन्दा नगरपालिकाका मेयरका उम्मेदवार पदम गिरीले सुन्दर,शान्त र समृद्ध नगरपालिका बनाउने पहिलो धेय आफुसंग रहेको बताउनुभएको छ । सोमवार विहान रेडियो पौरखीको कार्यक्रम समय चक्रमा बोल्दै नेता गिरीले भन्नुभयो ः “मार्तडी कोल्टी सडकखण्डलाई आफुले पहिलो प्राथमिकतामा राखेको छु । मार्तडी कोल्टी सडकखण्डलाई बिषेश स्तर […]

प्रधानमन्त्री प्रचण्ड सिंहदरवारबाट विदा भए:घुमाएर गोल हानियो

काठमाडौं,जेठ,२२- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीको रुपमा सिंहदरवारबाट विदा हुनुभएको छ। तर विदाइ हुँदै गर्दा उनले स्वागतका लागि पनि तयार रहन कर्मचारीहरुलाई आग्रह गर्नुभयो । उनले आफ्नो कार्यकालमा कर्मचारीहरुबाट राम्रो सहयोग पाएको भन्दै प्रशंशा गर्र्भयो । सबैभन्दा धेरै प्रशंशा उहाले मुख्य सचिव सोमलाल सुवेदीको गर्नुभयो । सुवेदीले पनि आफूले चार जना प्रधानमन्त्रीसँग […]

नयाँ प्रधानमन्त्रीका लागी सहमति जुटाउन सभामुखद्वारा बैठक अाह्वान

काठमाडौं,जेठ,२२- नयाँ प्रधानमन्त्री चयन प्रक्रियामा सहमति जुटाउन सभामुख ओनसरी घर्ती र प्रधानमन्त्रीका उम्मेदवार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पहल थाल्नु भएको छ । सहमतिको प्रयास स्वरुप सभामुख घर्तिमगरको अगुवाईमा आज साँझ प्रमुख दलहरुको बैठक बस्दैछ । ५ बजे सिंहदरबारमा प्रमुख दलहरुको बैठक बोलाइएको सभामुखका प्रेस सल्लाहकार वविन शर्माले जानकारी दिनुभयो । पुनः मतदान गर्ने निर्णय […]

सरकारी नौकरीबाट राजिनाम दिएर उप–प्रमुखमा उम्मेदवार,अधिकांस शिक्षक पेशाबाट

रमित बि.क. बाजुरा जेठ,२२- बाजुराका विभिन्न सरकारी सेवामा कार्यरत कर्मचारीेहरुले राजीनामा दिदै राजनितिमा होमीएका छन् । २० वर्ष पछि हुन लागेको स्थानीय तहको निर्वाचनमा उप प्रमुखमा भ्डिनको लागि राजीनामा दिएका हुन् । आगामी अषाढ १४ गते हुने भनिएको स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिनेमा शिक्षा स्वास्थ्य र प्राविधिक कार्यालयमा कार्यरत कर्मचारीले पदबाट राजीनामा दिएका छन् […]

राजपाभित्र विवाद चर्कियो

काठमाडौं, जेठ, २२- नेतृत्वबीच आन्तरिक विवाद बढेपछि आइतबार हुने भनिएको प्रधानमन्त्री चुनाव र दल दर्ताबारे राष्ट्रिय जनता पार्टी टुंगोमा पुग्न सकेन । प्रधानमन्त्री चुनावमा कांग्रेस सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने राजपाको तयारी रहे पनि निर्वाचन आयोगमा दल दर्ताको विषय बीचमा आएपछि राजपा बैठक अनिर्णित बन्न पुग्यो । त्यसै कारण उसले देउवालाई समथर्न गर्ने औपचारिक घोषणा […]

उम्मेदवारी सिफारिशको बिरोध गरेका थापाद्वरा अनशन फिर्ता

मधुपौडेल बाँके,जेठ,२१- उम्मेदवारी सिफारिशको बिषयलाई लिएर नेपाली कांग्रेस पार्टी कार्यालय,बाँकेमा गरिएको आमरण अनशन तेस्रो दिन तोडिएको छ । जिल्ला सदस्य राजु थापाले क्षेत्रीय सभापतिद्वारा गरिएको उक्त सिफारिशको बिरोध गर्दै शुक्रबारदेखि आमरण अनशन बसेका थिए । आईतबार बाँके कांग्रेसकी सभापति किरण कोईरालाले थापालाई जुस खुवाएर अनशन खुलाए थिइन । दुबै पक्षले अब उम्मेदवारको नाम तोक्ने जिम्मा […]

प्रधानमन्त्रीको निर्वाचन गर्न प्रमुख तीन दल सहमत,देउवा प्रधानमन्त्री पक्का

काठमाण्डाैं, जेठ, २१- मुलुकको ४० औं प्रधानमन्त्रीका लागि मंगलबार निर्वाचन हुने पक्का भएको छ ।सत्तारुढ काँग्रेस-माओवादी केन्द्र र प्रमुख प्रतिपक्ष एमाले सहमतिमै प्रधानमन्त्री चयन गर्न सहमत भएपछि निर्बाचन हुने पक्का जस्तै भएको हो । सभामुख ओनसरी घर्तीको आह्वानमा आज बसेको प्रमुख तीन दलका शिर्ष नेताहरुको बैठकमा दलहरु सहमतिमै अघि बढन तयार भएका हुन ।बैठकमा एमाले […]

राष्ट्रिय प्रजातन्त्र पार्टी र संघीय समाजवादी फोरम नेपालले देउवा सरकारलाई समर्थन गर्ने

काठमाडौं, जेठ २१- राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाली काँग्रेशका सभापती शेरबहादुर देउवा नेतृत्वको सरकारलाई समर्थन गर्दै मतदान गर्ने निर्णय गरेको छ । नयाँ बानेश्वरमा आज दिउँसो बसेको राप्रपा संसदीय दलको बैठकले देउवा सरकारलाई समर्थन जनाउने निर्णय गरेको हो । उपप्रधानमन्त्री नपाएसम्म सरकारमा नजाने अडानमा रहेका राप्रपा अध्यक्ष कमल थापाले अन्ततः सरकारमा सहभागी हुने निर्णय गर्नु भएको […]

भरतपुरमा पुनः मतदान रोक्न सर्बोच्चमा रिट

काठमाडौं, जेठ २१- भरतपुर महानगरपालिका वडा नं.१९ मा पुनःमतदान गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।भरतपुरमहानगरपालिका वडा नं. १९ मा एमालेबाट वडा सदस्यका उम्मेद्वार गुन्जनमान विक र अधिवक्ता तुलसीराम पाण्डेले निर्वाचन आयोगको निर्णय बदर गर्न माग गर्दै आज सर्वोच्च अदालतमा रिट दर्ता गराएका हुन् । रिटमा च्यातिएका ९० मतपत्र बदर मानेर […]

संसद बैठक मंगलबारसम्मका लागी स्थगित

काठमाडौं,जेठ,२१- व्यवस्थापिका संसद बैठक स्थगित भएको छ । बिहान ११ बजेको लागि बोलाइएको बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको संसद सचिवालयले जनाएको छ । संसद अबरुद्ध खुलाउन दलहरूबीच अनौपचारिक छलफल भएको थियो ।अन्तत सहमति हुन नसकेपछि व्यवस्थापिका संसद सचिवालयले सुचना टांसेर प्रधानमन्त्रीको निर्वाचन मंगलबार ११ बजे सम्मका लागि सारेको जनाएको हो । प्रमुख प्रतिपक्षी दल […]