भ्रष्टाचार आरोपी चूडामणि शर्मालाई अदालत लगियो

काठमाडौं,जेठ,२१- भ्रष्टाचारको अभियोगमा पक्राउ परेका आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मालाई म्याद थपका लागि विशेष अदालतमा पेस गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सादा पोशाकका सुरक्षाकर्मी समेतको उच्च सुरक्षा घेरामा शर्मालाई आज म्याद थपका लागि विशेष अदालतमा पेस गरिएको हो। अदालत परिसरमा सुरक्षा घेरा भित्रैबाट विभागका महानिर्देशक शर्माले आफूले विद्यमान ऐन नियममा उल्लेखित व्यवस्थाअनुसार विधिसम्मत […]

नयाँ प्रधानमन्त्रीका लागि आज संसदमा निर्वाचन हुदै

काठमाडौ,जेठ,२१- व्यवस्थापिका संसदमा आज मुलुकको ४० औं प्रधानमन्त्रीको निर्वाचन हुने भएको छ ।संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालीका अनुसार आज ११ बजे संसद्मा प्रधानमन्त्री निर्वाचनको प्रक्रिया अघि बढ्ने छ । प्रधानमन्त्री पदकालागि नेपाली कांग्रेसका सभापति शेर वहादुर देउवाको एकल उम्मेदवारी परेको छ । विपक्षी दल एमालेको अवरोध कार्यक्रम घोषणाअनुसार यथावत रह्यो भने प्रधानमन्त्री निर्वाचन प्रक्रियामा अवरोध […]

प्रधानमन्त्रीमा देउवा मात्रै उम्मेदवार

काठमाडौ,जेठ, २१- बहुमतीय प्रक्रिया अनुसार प्रधानमन्त्री पदका लागि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको मात्र उम्मेदवारी दर्ता भएको छ । संसद सचिवालयले मनोनयन दर्ताका लागि प्रकाशन गरेको कार्यतालिकाको समयसीमाभित्र काँग्रेस र नेकपा माओवादी केन्द्रको पूर्व समझदारीअनुसार देउवाको मात्र उम्मेदवारी दर्ता गर्नुभएको हो । प्रमुख विपक्षी दल नेकपा एमालेबाट वामदेव गौतमले उम्मेदवारी दिने चर्चा भए पनि उम्मेदवारी […]

लोकमानको मुद्दा फैसला नगर्न प्रधानमन्त्रीको दबाबः प्रधानन्यायाधीश कार्की

काठमाडौ,जेठ,२१- प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानन्यायाधीश सुशीला कार्कीलाई लोकमानसिंह कार्कीको मुद्दा तत्काल फैसला नगर्न दबाब दिएको खुलासा भएको छ। अब म त हिँड्ने बेला भयो,खुलेरै भन्नुपर्छ यो कुरा,’ आगामी बुधबार ६५ वर्षे उमेर हदका कारण निवृत्त हुन लागेको प्रधानन्यायाधीश कार्कीले भनिन्,‘लोकमानको मुद्दा पुनरावलोकनका लागि निस्सा दिएपछि प्रचण्डले बोलाउनु भयो।उहाँ भारत भ्रमणबाट आएको भोलिपल्टैको दिन थियो र […]

सभापति देउवा स्पस्ट बहुमतका साथ प्रधानमन्त्री बन्ने निश्चित’

काठमाडौं, जेठ २०- नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।सभापति देउवाले शनिबार बिहान साढे ११ बजे संसद भवन पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । देउवाको प्रस्तावकमा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल रहेका छन् । त्यसैगरी, समर्थकमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष […]

मतपत्र च्यातिएको भरतपुर १९ मा पुन: मतदान

काठमाण्डाैं,जेठ,२०- चितवनको भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुन मतदान हुने भएको छ । मत पत्र च्यातिएको उक्त वडामा पुन मतदान हुने भएको हाे । निर्वाचन आयोगको अाज बसेको बैठकले मतगणना स्थलको अनधिकृत कब्जा भएको भन्ने पुष्टि हुन आएको भन्दै वडा नम्बर १९ मा पुन मतदान गराउने निर्णय गरी भरतपुर महानगरपालिका चितवनका मुख्य निर्वाचन अधिकृतलाई […]

सभापति देउवाद्वारा प्रधानमन्त्रीमा उम्मेदवारी दर्ता

काठमाडौं, जेठ २०- नयाँ प्रधानमन्त्रीका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज व्यवस्थापिका–संसद्, सचिवालयमा उम्मेदवारी दर्ता गराउनु भएको छ ।सभापति देउवाको प्रस्तावकमा प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ रहनु भएको छ । यस्तै समर्थकमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार, समाजवादी जनता दलका अध्यक्ष प्रेमबहादुर सिंह, अखण्ड […]

देउवा सरकारको मन्त्रालय टुंगो लाग्यो

काडमाडाै,जेठ, २०- नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले वर्तमान सत्ता गठबन्धनमै रहेका दलहरुलाई सहभागि गराएर सरकार गठनको गृहकार्य थालेका छन्। तर, उनले आफ्नो पक्षमा समर्थन जुटाउन भने संसदमा प्रतिनिधित्व गरेको सबै दललाई शनिबार पत्र पठाउने तयारी गरेका छन्। देउवाले प्रधानमन्त्रीका लागि मनोनयन गर्नसाथ समर्थन जुटाउन पत्र पठाउने तयारी शुक्रबार नै गरेका हुन्। सरकार गठन र मन्त्रालय […]

नेपाली काँग्रेसले बनायो सबैभन्दा कान्छा उम्मेदवार

रमित बि.क. बाजुरा,जेष्ठ,२०- नेपाली काँग्रेसले २१ वर्षका युवकलाई वडा अध्यक्षको उम्मेदवार बनाएको छ । बडिमालिका नगरपालिका ८ मा प्रकाश रावललाई काँग्रेसले वडा अध्यक्षकोउम्मेदवार बनाएको हो । रावल बाहेक काँग्रेसले अरु सबै ३० कटेका मात्र उठेकाछन् । युवाहरु माझको लोकप्रीय र कार्यकर्तालाई सजिलै परिचालन गर्न सक्ने खुबी भएका कारण रावललाई उम्मेदवार बनाएको काँग्रेसले बताएको छ । रावलले एमालेबाट […]

प्रधानमन्त्रीको निर्वाचन २१ गते आइतबार हुने

काठमाडौं, जेठ, १९- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको असहमतिकैबीच प्रधानमन्त्री चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । आज दिनभर पटक–पटक बैठक गरी सहमति जुटाउने प्रयास भएपनि असफल भएपछि जेठ २१ गतेका लागि प्रधानमन्त्री निर्वाचनको मिति तोकिएको हो । सभामुख ओनसरी घर्तीले राष्ट्रपतिबाट बहुमतीय प्रक्रियाअनुसार प्रधानमन्त्री चयनका लागि पत्र आएको भन्दै त्यसका लागि दलहरुबीच प्रक्रियामा […]