देउवा सरकारको मन्त्रालय टुंगो लाग्यो

काडमाडाै,जेठ, २०- नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले वर्तमान सत्ता गठबन्धनमै रहेका दलहरुलाई सहभागि गराएर सरकार गठनको गृहकार्य थालेका छन्। तर, उनले आफ्नो पक्षमा समर्थन जुटाउन भने संसदमा प्रतिनिधित्व गरेको सबै दललाई शनिबार पत्र पठाउने तयारी गरेका छन्। देउवाले प्रधानमन्त्रीका लागि मनोनयन गर्नसाथ समर्थन जुटाउन पत्र पठाउने तयारी शुक्रबार नै गरेका हुन्। सरकार गठन र मन्त्रालय […]

नेपाली काँग्रेसले बनायो सबैभन्दा कान्छा उम्मेदवार

रमित बि.क. बाजुरा,जेष्ठ,२०- नेपाली काँग्रेसले २१ वर्षका युवकलाई वडा अध्यक्षको उम्मेदवार बनाएको छ । बडिमालिका नगरपालिका ८ मा प्रकाश रावललाई काँग्रेसले वडा अध्यक्षकोउम्मेदवार बनाएको हो । रावल बाहेक काँग्रेसले अरु सबै ३० कटेका मात्र उठेकाछन् । युवाहरु माझको लोकप्रीय र कार्यकर्तालाई सजिलै परिचालन गर्न सक्ने खुबी भएका कारण रावललाई उम्मेदवार बनाएको काँग्रेसले बताएको छ । रावलले एमालेबाट […]

प्रधानमन्त्रीको निर्वाचन २१ गते आइतबार हुने

काठमाडौं, जेठ, १९- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको असहमतिकैबीच प्रधानमन्त्री चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । आज दिनभर पटक–पटक बैठक गरी सहमति जुटाउने प्रयास भएपनि असफल भएपछि जेठ २१ गतेका लागि प्रधानमन्त्री निर्वाचनको मिति तोकिएको हो । सभामुख ओनसरी घर्तीले राष्ट्रपतिबाट बहुमतीय प्रक्रियाअनुसार प्रधानमन्त्री चयनका लागि पत्र आएको भन्दै त्यसका लागि दलहरुबीच प्रक्रियामा […]

साँसद भोट माग्दै ,सरकार चुनाव सार्दै

रमित बि.क. बाजुरा,जेठ,१९- बाजुरामा यतिवेला चुनावी सरगर्मी बढेको छ । जिल्लाका ९ वटै सथानीय तहका लागि नेपाली काँग्रेस, नेकपा एमाले नेकपा माओवादी केन्द्र,राप्रपा र नयाँशतिm पार्टी लगायतले उम्मेदवार चयन गरिसकेका छन् । दलका नेता कार्यकर्ता भोट माग्न घरदैलो अभियानमा छन् । सांसद देखि नेता कार्यकर्ता प्रचारप्रसारमा छन् । चुनावी प्रचार प्रसारकै क्रममा नेपाली कांग्रेसका केन्द्रीय […]

केपी ओली र कमल थापाबीच भेटवार्ता

काठमाडौं,जेठ,१९- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष कमल थापाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निर्वाचनबारे छलफल गर्न एमालेले विपक्षी दलहरुको बैठक बसिरहेका बेला राप्रपा अध्यक्ष थापा पुग्नु भएको थियो । तर, उहाँ विपक्षी दलहरुको बैठक सहभागी हुनुभएन । उहाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मात्र छलफल गर्नुभयो । भेटपछि राप्रपा अध्यक्ष थापाले […]

नागरिक प्रति उत्तरदायी भएर काम गर्न नेपाल प्रहरीलाई प्रधानमन्त्री दाहालकाे निर्देशन

काठमाण्डाैं,जेठ,१९- प्रधानमन्त्री पुष्पकमल दाहालले नागरिक प्रति जनमुखी, जनउत्तरदायी भएर काम गर्न नेपाल प्रहरीलाई निर्देशन दिनुभएको छ । प्रहरी निरीक्षक आधारभूत तालिम १ सय ६५ औ समूहको दिक्षान्त समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नागरिक सेवामा समर्पित भएको संगठन भएको कारण सदैव नागरिक प्रति उत्तरदायी र जिम्मेवार बन्न निर्देशन दिनुभएको हो । महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण […]

जथाभावी भत्ता रोक्न स्थानीय तहलाई निर्देशन

काठमाडौ,जेठ,१९- स्थानीय तहका निर्वाचित पदाधिकारीले भटाभट सामाजिक सुरक्षा भत्ता बढाउने निर्णय गर्न थालेपछि सरकारले त्यसमा नियन्त्रण गरेको छ । कार्यविधि र मापदण्ड नबनुन्जेल बृद्ध भत्तालगायत सामाजिक सुरक्षासम्बन्धी कुनै निर्णय नगर्न सरकारले स्थानीय तहका जनप्रतिनिधिलाई लगाम लगाएको हो । मन्त्रिपरिषदले बुधवार पारित गरेको ‘स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी आदेश’ ले गाउपालिका, नगरपालिका, महानगररउपमहानगरलाई आफूखुशी […]

घोषणापत्र तयारीमा जुट्यो राजपा

काठमाडौ,जेठ, १९- राष्ट्रिय जनता पार्टी राजपा दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि घोषणापत्र तयारीमा जुटेको छ। राजपाले बिहिबार अपरान्ह बिजुलीबजारमा बैठक राख्दै निर्वाचन आयोगबाट मागिएको दल दर्तासम्बन्धी आवश्वक पार्टी घोषणा पत्र र विधान टुंगो लगाउने तयारी गरेकोहो। संविधान संशोधन विधेयक पारित हुनुपर्ने र स्थानीय तथहको संख्या थपिनुपरने मागलाई बटमलाइन बनाउँदै आएको राजपाले सरकारबाट न्यूनतम चासो […]

प्रधानमन्त्री निर्वाचनको सूचना आज सार्वजनिक गरिने

काठमाण्डौ,जेठ, १९- व्यवस्थापिका–संसद् बैठकको अवरोध कायमै रहेकाले संसद् सचिवालयले शुक्रबार कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफल गरी प्रधानमन्त्री निर्वाचन प्रक्रिया अघि बढाउने तयारी गरेको छ । संविधानको प्रावधानानुसार सहमतीय आधारमा प्रधानमन्त्रीको चयन प्रक्रिया अगाडि नबढेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले आजदेखि बहुमतीय आधारमा प्रक्रिया अगाडि बढाउन आग्रह गर्नुभएको थियो । प्रधानमन्त्रीको निर्वाचन बहुमतीय प्रक्रियाबाट अघि बढाउनेसम्बन्धी राष्ट्रपतिको पत्र […]

बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयन गर्न राष्ट्रपतिको आह्वान

काठमाण्डाैं,जेठ, १८- राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयनको प्रक्रिया अघि बढाउन आह्वान गर्नुभएकाे छ । राष्ट्रपतिको आह्वानसँगै अाजदेखि बहुमतीय आधारमा प्रधानमन्त्री छान्ने प्रक्रिया सुरु हुने छ । राष्ट्रपति कार्यालयका प्रवक्ता मोहनप्रसाद वाग्लेद्वारा जारी गरिएकाे विज्ञप्तिमा भनिएको छ-उल्लिखित समयावधिभित्र राजनीतिक सहमतिको आधारमा प्रधानमन्त्रीको निवाृचन सम्पन्न हुन नसकेकोले नेपालको संविधानको धारा २९८ को उपधारा ३ बमोजिम […]