नेपाली सेनासँग सहकार्य अझ मजबुत पार्न चाहन्छौं : अमेरिकी जनरल फ्लिन

काठमाण्डौं,जेठ,२८-नेपाल भ्रमणमा रहेका अमेरिकी सेनाको इन्डो प्यासिफिक कमाण्डका जनरल चाल्र्स ए फ्लिन शुक्रबार दिनभर उच्चस्तरीय भेटवार्ता र औपचारिक कार्यक्रममा ब्यस्त रहे।  प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भएको भेटमा जनरल फ्लिनले प्रधानमन्त्री शेरबहादुर देउवासँग करिब २० मिनेट कुराकानी गरे। त्यसक्रममा उनले अमेरिकाले आगामी दिनमा नेपाली सेनालाई सहयोग थप वृद्धि गर्न चाहेको बताएको उक्त भेटमा सहभागी अधिकारीहरुले बताए।  […]

आज अर्थमन्त्रीले बजेटमाथी उठेका प्रश्नको संसदमा जवाफ दिने

काठमाडौं,जेठ,२०-प्रतिनिधिसभाको बैठक आज शुक्रबार पनि बस्ने भएको छ । बिहान ११ बजे बैठक बस्ने संसद सचिवालयले जनाएको छ । शुक्रबार आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि उठेका प्रश्नहरुको जवाफ अर्थमन्त्री जनार्दन शर्माले दिँदैछन् । गत जेठ १५ गते प्रस्तुत भएको १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेटमाथि जेठ १७ गतेदेखि छलफल सुरु भएको थियो । उक्त […]

पर्यटन क्षेत्रलाई ९ अर्ब ३८ करोड विनियोजन

काठमाडौं,जेठ,१५-सरकारले पर्यटन क्षेत्रको लागि ९ अर्ब ३८ करोड रकम विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतवार संसद्मा आगामी आवको बजेट पेश गर्दै यस्तो बताउनुभयो ।

मन्त्रिपरिषदबाट आगामी आर्थिक वर्षको बजेट स्वीकृत

काठमाडौं,जेठ,१५-सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट पारित गरेको छ । आइतबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले आगामी आर्थिक वर्षको आयव्यय समेटिएको बजेट पारित गरेको हो । अहिले बस्ने संसदको दुबै सदनका संयुक्त बैठकमा बजेट पेश गरिँदै छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट पेश गर्नुहुने छ । सरकारले आर्थिक वर्ष २०७९/८० को […]

ओलीलाई प्रचण्डको चुनौतीः ‘एक्लै प्रधानमन्त्री बनेर देखाउनुस्

काठमाडौं,जेठ,१४-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई एक्लै चुनाव जितेर फेरि प्रधानमन्त्री बन्न चुनौती दिनुभएको छ । शनिबार प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमाथिको छलफलमा बोल्दै अध्यक्ष प्रचण्डले ओलीलाई दुई दुई पटक प्रधानमन्त्री माओवादीले बनाएको दाबी गर्नुहुँदै अब एमालेको प्रधानमन्त्री बनेर देखाउन चुनौती दिनु भएको हो । […]

काठमाडौंलाई विश्वकै सुन्दर र उत्कृष्ट शहर बनाउने नवनिर्वाचित मेयर बालेनको प्रतिवद्धता

काठमाडौं,जेठ,१३-काठमाडौंलाई विश्वकै सुन्दर र उत्कृष्ट शहर बनाउने नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन)ले प्रतिवद्धता व्यक्त गर्नुभएको छ । निर्वाचन आयोगले आज (शुक्रबार) बिहान काठमाडौं महानगरपालिकाको मेयरमा बालेन्द्र साह विजयी भएको औपचारिक रुपमा घोषणा गरेको हो। आयोगले घोषणा गरे लगत्तै मेयरमा विजयी हुनुभएका बालेन साहले काठमाडौंलाई विश्वकै सुन्दर र उत्कृष्ट शहर बनाउने प्रतिवद्धता जनाउनुभयो। निर्वाचन मत परिणामलाई […]

बिहीबारको प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुने

काठमाडौं,जेठ,११-प्रतिनिधिसभाको बिहीबारको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल हुने भएको छ । संघीय संसदका महासचिव डा. भरतराज गौतमद्वारा सार्वजनिक प्रतिनिधिसभाको सम्भावित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक वर्ष २०७९/२०८० को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । यस्तै, दोस्रो सम्भावित कार्यसूचीमा उक्त नीति तथा कार्यक्रमाथि सांसदहरूले संशोधनहरू प्रस्तुत हुने […]

तुलसीपुर उपमहानगरमा एमाले विजयी

काठमाडौं,जेठ,११-दाङको तुलसीपुर उपमहानगरपालिकामा नेकपा एमाले विजयी भएको छ । मेयरमा एमालेका टिकाराम खड्का ३१ हजार ४०८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गेहेन्द्र गिरीले २७ हजार ७१७ मत गर्नुभएको हो । यस्तै, उपमेयरमा एमालेकै स्यानी चौधरी विजयी हुनुभएको छ । उहाँले ३० हजार ५९७ मत प्राप्त गर्नुभएको छ।उहाँका प्रतिद्वन्द्वी नेकपा […]

पोखरामा मेयरमा ३२ हजार बढी मतका साथ आचार्य अग्र स्थानमा

पोखरा,जेठ,७-पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले मतान्तर निरन्तर रुपमा बढाउनुभएको छ। उहाँले ३२ हजार ४ सय ८० मत प्राप्त गरेर अग्रता कायमै राख्नुभएको हो।उहाँलाई नेकपा एमालेका मेयरका उम्मेदवार कृष्ण थापाले २९ हजार ४१ मत प्राप्त गरेर पछ्याई रहनुभएको छ। त्यस्तै, राप्रपाका मेयरका उम्मेदवार शंकर खरालले ३ हजार ५ सय २० मत प्राप्त […]

स्थानीय निर्वाचन : ६ सय १७ पालिकाको मत परिणाम सार्वजनिक

काठमाडौं,जेठ,६-स्थानीय तह निर्वाचन अन्तरगत अहिलेसम्म ६ सय १७ गाउँपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। सार्वजनिक भएको मत परिणाममा नेपाली कांग्रेसले २ सय ७३ वटा स्थानीय तहमा विजयी भएको छ । नेकपा एमालेले १ सय ७१ वटा गाउँपालिकामा विजयी हासिल गरेको छ । त्यस्तै, नेकपा माओवादी केन्द्रले १ सय ११ पालिकामा विजयी हुँदा जनता समाजवादी […]