काठमाडौं,असार,१४-सभामुख अग्निप्रसाद सापकोटा असंलग्न आन्दोलन संसदीय सञ्जालको सम्मेलनमा सहभागी हुन अजरबैजान प्रस्थान गर्नुभएको छ । अजरबैजान संसदको आयोजनामा असार १६ देखि १८ सम्म अजरबैजानको बाकुमा सम्मेलन हुँदैछ।सम्मेलनमा सहभागी हुन सभामुख सापकोटा नेतृत्वको संसदीय प्रतिनिधिमण्डल मंगलबार त्यसतर्फ प्रस्थान गरेको हो । प्रतिनिधिमण्डलमा प्रतिनिधि सभाका सदस्य पुष्पा भुसाल, राष्ट्रिय सभाका सदस्य रामचन्द्र राई र सभामुख सापकोटाका स्वकीय […]
राजनीति
वामदेव गौतमको पार्टीमा छोरा र श्रीमती पनि केन्द्रीय सदस्य(सूचीसहित)
काठमाडौँ,असार,१४-वामदेव गौतमको नेतृत्वमा नेकपा एकता राष्ट्रिय अभियान पार्टी गठन हुदैछ।पार्टीको केन्द्रीय समन्वय समितिमा ७० जना केन्द्रीय समिति सदस्य हुने भएका छन् । वामदेव गौतमले आफ्नो पार्टीमा छोरा र श्रीमतीलाई समेत केन्द्रीय सदस्य राखेका छन् । जसमा गौतमपत्नी तुल्सी तुलसा थापा र छोरा हरिषदेव गौतम पनि केन्द्रीय सदस्य रहेका छन् । केन्द्रीय समिति सदस्यको सूचीअनुसार प्रतिनिधिसभा सदस्य […]
माधव नेपालले सन्यास लिए हुन्छ : योगेश भट्टराई
काठमाडौं,असार,१२-नेकपा एमालेका सचिव एवं सांसद योगेश भट्टराईले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई सन्यास लिएर बस्न सुझाव दिनुभएको छ । आइतबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद भट्टराईले अध्यक्ष नेपाल राजनीति र जीवन दुवैको उत्तराद्र्धमा रहेकोले सन्यास लिएर बस्न सुझाव दिनुभएको हो । उहाँले केही दिनअघि अध्यक्ष नेपालले १० भाई एमालेका दास हौ, […]
मन्त्रिपरिषद् पुनर्गठन:प्रधानमन्त्रीद्वारा नेकपा एसका मन्त्री हेरफेर
काठमाडौं,असार,१२-राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा नेकपा एकीकृत समाजवादीका नयाँ मन्त्रीहरु समेटेर मन्त्रिपरिषद् पुनर्गठन गर्नु भएको छ । नेकपा (एकीकृत समाजवादी) का चार जना मन्त्री नियुक्त भएका छन्। आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरुको कार्य विभाजन गर्नु भएको हो । एकीकृत समाजवादीबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा जीवनराम श्रेष्ठ, शहरी विकास […]
आज राष्ट्रिय सभाको बैठक बस्दै
काठमाडौं,असार,१०-राष्ट्रिय सभाको बैठक आज शुक्रबार बस्ने भएको छ ।बैठक दिउँसो १ बजे बैठक बस्ने संसद सचिवालयले जनाएको छ । बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक, २०७९, राष्ट्र ऋण उठाउने विधेयक, २०७९ र ऋण तथा जमानत (पच्चीसौं संशोधन) विधेयक, २०७९ टेबुल गर्ने कार्यसूची रहेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध […]
संघीय संसदका दुवै सदनको बैठक आज पनि बस्दै
काठमाडौं,असार,७-संघिय संसदको दुवै सदनका बैठक आज मंगलबार पनि बस्दैछ ।प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे छुट्टाछुट्टै सुरु हुनेछ । प्रतिनिधि सभा बैठकमा विभिन्न विधेयकहरु दफावार छलफलका लागि पेश गर्ने तथा पारित गर्ने कार्यसूची छ । बैठकमा संघीय संसद सचिवालयका अनुसार गृहमन्त्री बालकृष्ण खाणले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९ लाई दफाबार छलफलका […]
सरकारले अमेरिकी सेनाको स्टेट पार्टनरसिप (एसपीपी) अस्वीकार गर्ने
काठमाडौं,असार,६-सरकारले अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एसपीपीमा सहभागी नहुने भनी अमेरिकालाई पत्र लेख्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले जानकारी दिनुभयो । नेपाली सेनाका तत्कालीन सेनापति राजेन्द्र क्षत्रीले सन् २०१५ र सन् २०१७ मा अमेरिकी दूतावासमा पत्र लेखी एसपीपीमा सहभागी गराउन अनुरोध गरेको […]
एन्फा अध्यक्षमा पंकज बिक्रम नेम्बाङ र वरिष्ठ उपाध्यक्षमा खड्का निर्वाचित
काठमाडौं,असार,६-अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा पंकज बिक्रम नेम्बाङ निर्वाचित हुनु भएको छ । काठमाडौंको बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा आज सोमबार भएको निर्वाचनबाट नेम्बाङ निर्वाचित हुनु भएको हो । अध्यक्षका अर्का प्रत्यासी तथा वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै नेम्बाङ अध्यक्षमा निर्वाचित हुनु भएको हो । उहाँ वर्तमान कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष समेत हुनुहुन्थ्यौ । नेम्बाङले ४५ मत […]
सुकुम्बासीलाई चाँडो जग्गाको स्वामित्व दिन आयोगलाई गृहमन्त्री खाँणको निर्देशन
काठमाडौं,असार,४-गृहमन्त्री बालकृष्ण खाँणले भूमि आयोगलाई परिणाम दिनेगरी काम गर्न निर्देशन दिनुभएको छ ।उहाँले भूमिहिन सुकुम्बासीलाई जतिसक्दो चाँडो जग्गाको स्वामित्व प्रदान गर्न आयोगलाई निर्देशन दिनुभएको हो । राष्ट्रिय भूमि आयोगले लुम्बिनी प्रदेश स्तरीय जिल्ला समितिका पदाधिकारीहरुका लागि शनिबार बुटवलमा आयोजना गरिएको अभिमुखिकरण गोष्ठीमा बोल्दै मन्त्री खाँणले प्रकृया पुरा गरेर जतिसक्दो चाडो भूमिहिनलाई जग्गाधनी पुर्जा वितरण गर्न […]
अमेरिकी सेना भित्र्याउने’ १० बुँदे प्रस्तावित सम्झौता “यस्तो छ”
काठमाण्डौं,जेठ,३१-अमेरिकी रक्षा मन्त्रालय पेन्टागन र नेपाली सेनाबीच हुन लागेको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौताको मस्यौदा नेपालखबरलाई प्राप्त भएको छ। १० धारा, ६ पृष्ठमा समेटिएको यो मस्यौदा अनुसार नै सम्झौतामा हस्ताक्षर भए अब नेपालको जुनसुकै भागमा अमेरिकी सेना तैनाथ हुन पाउनेछ। सम्झौतामा अमेरिकाका तर्फबाट त्यहाँको रक्षा मन्त्रालयका अधिकारीले हस्ताक्षर गर्ने प्रस्ताव गरिएको छ। नेपालका तर्फबाट नेपाली […]

