आयोगद्वारा स्थानीय निर्वाचनका लागि मतदाता नामावलीमा दावी विरोध गर्न आह्वान

काठमाडौं,फागुन,२०-निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनका लागि आज शुक्रबारदेखि मतदाता नामावलीमा दावी विरोध आह्वान गरेकोछ। देशका ७७ वटै जिल्ला निर्वाचन कार्यालयमा शुक्रबारदेखि ७ दिनसम्म दावी विरोधका लागि निवेदन दिने व्यवस्था मिलाइएको आयोगले जनाएको छ । आयोगले तोकेका अधिकारीहरुले ती उजरी उपर छानबिन गरी मतदाता नामावलीबाट नाम हटाउन सक्नेछन् । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका […]

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज बस्दै

काठमाडौं,फागुन,२०-नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज शुक्रबार बस्दैछ । बैठकमा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल र समीक्षाका साथै पार्टी पदाधिकारी चयनबारे छलफल हुने एक केन्द्रीय सदस्यले बताएका छन् । अध्यक्ष र केन्द्रीय कमिटी सदस्य मात्रै तय गरेर गत पुसमा सकिएको ८ औं महाधिवेशनले पदाधिकारी चयन गर्ने अधिकार केन्द्रीय समितिलाई दिएको थियो । नेता वर्षमान […]

व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोद गर्ने संसदको निर्णय एमसीसीद्वारा स्वीकार

काठमाडौं,फागुन,१८-अमेरिकी सहयोग निकाय मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने संसदको निर्णय स्वीकार गरेको छ । मंगलबार राति विज्ञप्ति जारी गर्दै आफू र नेपाल सरकारबीचको ५० करोड अमेरिकी डलर बराबरको अनुदान सम्झौता नेपालको संघीय संसद्बाट फागुन १५ गते अनुमोदन भएको सम्झौतालाई स्वीकार गरेको एमसीसी मुख्यालयले जनाएको हो । सम्झौतालाई लिएर नेपालमा विवाद भएपछि […]

युक्रेनी सेनामा रसियाविरुद्धको युद्धका लागी नेपाली युवा भर्ती हुदैँ

युक्रेन,फागुन,१८-युक्रेनमा छिमेकी रसियाले आक्रमण गरेको सातौँ दिन भइसकेको छ। साता हुँदा पनि रसियाले युक्रेनमाथि पूरै पकड जमाउन सकिरहेको छैन। कुनै बेला सोभियत संघ अन्तर्गतका यी दुई मुलुकबीच अमेरिका, युरोपेली संघ र उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) लाई लिएर विवाद भएको थियो।  उत्तरी युरोपको देश यहाँ पनि सयभन्दा धेरै नेपाली रहेका थिए। जसमध्ये धेरैजसोले रसियाको आक्रमणपछि […]

एमसीसी पास भएपछि माओवादीमा विभाजनको खतरा

काठमाडौं,फागुन,१८-प्रतिनिधिसभाले अमेरिकी सहयोग एमसीसी सम्झौता अनुमोदन गरेपछि सत्तारुढ दल नेकपा माओवादी केन्द्रभित्र भाँडभैलो मच्चिएको छ । एमसीसी पारित गर्न नहुने पक्षमा रहनुभएका नारायणकाजी श्रेष्ठसहित पूर्वएकता केन्द्र समूहका नेताहरुले पार्टीबाट विद्रोह गर्न सक्ने अवस्था देखिएको छ ।   एमसीसीको विपक्षमा उभिएका नारायणकाजी श्रेष्ठ, लीलामणि पोखरेल, गिरिराजमणि पोखरेल, अञ्जना विशंखे, जीवन गौतमलगायतका पूर्व एकता केन्द्र पक्षका नेताहरु […]

प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्रीबीच टेलिफोन वार्ता

काठमाडौं,फागुन,१८-प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनबीच टेलिफोन वार्ता भएको छ । मंगलबार साँझ युक्रेनमाथि रूसीले गरेको आक्रमणलगायत विषयमा कुराकानी भएको विदेशमन्त्री एन्टोनीले बताउनुभएको छ । विदेशमन्त्री एन्टोनीले सामाजिक सञ्जालमार्फत रूसले युक्रेनमाथि गरेको आक्रमण र युक्रेनको सार्वभौम सत्ता र भौगोलिक अखण्डताप्रति अमेरिकाको समर्थनबारे प्रधानमन्त्री देउवासँग कुरा भएको बताउनुभएको छ । उहाँले आर्थिक विकास […]

संसद् भवनअगाडि भेटियो बमजस्तो प्रेसरकुकर

काठमाडौं,फागुन,१६-नयाँ बानेश्वरस्थित संसद् भवनअगाडि मुख्य सडकमा सोमबीर बिहान बमजस्तो देखिने वस्तु भेटिएको छ। काठमाडौं प्रहरी परिसरका अनुसार शंकास्पद अवस्थामा प्रेसरकुकर भेटिएको हो।अहिले उक्त क्षेत्रलाई सुरक्षा दिइएको छ। मुख्य सडक बन्द गरिएको छ। उक्त वस्तु निष्क्रिय पार्न नेपाली सेनाको टोलीलाई खबर गरिएको छ। संसद् भवनको दक्षिण गेटअगाडि सडकमा ‘नो एमसीसी’ लेखिएको प्रेसर कुकर फेला परेको हो। त्यो […]

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आज विशेष सम्बोधन गर्ने

काठमाडौं,फागुन,१६-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आज सोमबार विशेष सम्बोधन गर्नुहुने भएको छ । आइतबार बेलुका प्रतिनिधि सभाबाट व्याख्यात्मक घोषणासहित एमसीसी पारित भए पश्चात विकसित राजनीतिक घटनाक्रमका विषयमा उहाँले सम्बोधन गर्नलाग्नु भएको माओवादीका एक नेताले  बताउनुभएको हो । अध्यक्ष प्रचण्डले आज सोमबार अपराह्न ३ बजे उहाँकै निवास खुमलटारमा विशेष सम्बोधन गर्नुहुने भएको छ ।

नेपालको संसदबाट एमसीसी पारित भएसँगै अमेरिकाको स्वागत

काठमाण्डौं,फागुन,१६-प्रतिनिधिसभाबाट अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित भएसँगै संयुक्त राज्य अमेरिकाले स्वागत गरेको छ । नेपालस्थित अमेरिकी दूतावासले एमसीसी पास भएको केही घण्टामै आइतबार राति विज्ञप्ति जारी गर्दै नेपालको निर्णयको स्वागत गरेको हो । विज्ञप्तिमा एमसीसी कार्यान्वयनको दिशातर्फ अघि बढेको पनि बताइएको छ।अमेरिकाले संसदको निर्णयसँगै नेपाली जनताका लागि थप रोजगारीको सिर्जना हुनुका साथै […]

सरकारले १२ वटा व्याख्यात्मक सहित अनुमोदन गरेको एमसीसीका प्रस्तावहरु यस्ता छन्

काठमाडौं,फाल्गुन,१६-सरकारले अमेरिकी सहयोग संझौता, मिलेनियम च्यालेञ्ज कर्पाोरेशन (एमसीसी)को विषयमा १२ बुँदे व्याख्यात्मक घोषणा सहित संसदबाट अनुमोदन गराएको छ । आइतबार साँझ संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको मन्त्रिपरिषद बैठकले एमसीसीका बारे उठेका विबादित विषयलाई १२ वटा बुँदामा थप व्याख्या गर्ने गरी प्रस्ताव पारित गरेको थियो । त्यसपछि एमसीसी आईतबार संसदबाट पारित गरिएको थियो । सरकारले ल्याएका १२ […]