काठमाण्डौं,फागुन,१०-संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेमबहादुर आलेले देशलाई ठग्नेहरुको विरुद्धमा एकसाता भित्रमा कारबाहिको दायरा भित्र (ठेगान लगाउने) लागेको बताउनु भएको छ। सोमबार अन्तर्राष्ट्रिय मातृभाषा दिवस-२०२२ का उपलक्ष्यमा नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको मातृभाषा राष्ट्रिय कविता महोत्वस-२०७८ लाई सम्बोधन गर्दै मन्त्री आलेले एक साता भित्रमा देशलाई ठग्नेहरुका विरुद्धमा कडा कदम चाल्न लागेको बताउनु भएको थियो। […]
राजनीति
एमसीसीका विषयमा नेपालले दियो चीन र अमेरिकालाई जवाफ
काठमाडौं,फागुन,८-एमसीसीलाई लिएर चीन र अमेरिकाबीच वाकयुद्ध सुरु भएपछि नेपालले दुबै देशलाई जवाफ दिएको छ । परराष्ट्र मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै कुन विकास सहायता लिने भन्ने निर्णय नेपालको सार्वभौम संसदले मात्र गर्ने जनाएको हो । हाम्रो राष्ट्रिय हित र प्राथमिकताका आधारमा नेपालले विकास सहायता स्वीकार गर्ने निर्णय गरेको हो, परराष्ट्र मन्त्रालयले भनेको छ। […]
प्रतिनीधीसभामा एमसीसी टेबुल भएपछि कुन नेताले के भने(संक्षिप्तमा)
काठमाण्डौं,फागुन,८-प्रतिनीधीसभाको आईतबारको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी टेबल भएको छ। संसदबाटै बृहत छलफल गरि पास गर्ने बताउदै सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले उक्त प्रस्ताव पेश गर्नु भएको हो । नाराबाजी र विरोधका विच एमसीसी टेबल भएपछि सत्ता पक्ष र विपक्षका विभन्न राजनितीक दलहरुले आफ्नो धारणा व्यक्त गरेका छन् । कुन पार्टीका नेताले […]
एमसीसी पास गर्न समर्थन गर्दैनौ : माधव नेपाल
काठमाडौं,फागुन,८- संसदमा आईतबार पेश भएको एमसीसी पास गर्न समाजवादीले सहयोग नगर्ने भएको छ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहयोग परियोजना एमसीसी पास गर्न समर्थन नगर्ने बताउनु भएको हो । सत्तारुढ चार दलका शीर्ष नेताहरुबीच भएको सहमतिअनुसार आइतबार संसदमा एमसीसी टेबल भएको छ । संसद बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एकीकृत समाजवादीका अध्यक्ष नेपालले भन्नुभयो, […]
भीम रावलले पहिले केपी ओली राष्ट्रघाती भन्न सक्नुपर्यो : गगन थापा
काठमाडौं,फागुन,८-नेपाली कांग्रेसका महामन्त्री गगन थापाले झलनाथ खनाल, भीम रावल र देव गुरुङले एमसीसीलाई राष्ट्रघाती भन्ने नैतिक हैसियत नराख्ने टिप्पणी गर्नुभएको छ । विगतमा खनाल, रावल र गुरुङ नै सांसद रहेको पार्टी नेकपा नेतृत्वको सरकारले संसदमा दर्ता गराएको प्रस्तावलाई राष्ट्रघाती भन्नुपूर्व आफैंलाई राष्ट्रघाती घोषणा गर्नुपर्ने थापाले प्रष्ट गर्नुभयो । ओली नेतृत्वको सरकारले नै एमसीसी संसदमा दर्ता […]
एमसीसी टेबल भयो अब पास हुन्छ : प्रधानमन्त्री देउवा
काठमाडौं,फागुन,८-संसदमा एमसीसी टेबल भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले पास हुने बताउनु भएको छ । उहाँले अमेरिकी सहयोग परियोजना एमसीसी अब पारित हुने बताउनु भएको हो । आइतबार प्रतिनिधिसभाको बैठकमा एमसीसी सम्झौता टेबल भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्नै उहाँले अब पारित हुने प्रतिकृया दिनुभयो। प्रतिनिधिसभाको बैठक सकिएपछि बाहिर निस्कने क्रममा सञ्चारकर्मीहरुले उहाँलाई एमसीसी कहिले पास हुन्छ भनी प्रश्न […]
संसदमा एमसीसी सम्बन्धी प्रस्ताव टेबल
काठमाण्डौं,फागुन,८-सरकारले अमेरिकी सहायता परियोजना एमसीसीसम्बन्धी प्रस्ताव प्रतिनिधिसभाको आइतवारको बैठकमा टेबल गरेको हो। सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सत्तारुढ र प्रतिपक्षी सांसदको अवरोधबीच एमसीसी संसदमा टेबल गर्नु भएको हो।तत्कालील अर्थमन्त्री कार्कीलेनै एमसीसी संझौता गर्नुभएको थियो । वर्तमान सरकारमा संचारमन्त्री रहनुभएका कार्कीले नै आज टेबुल गर्नुभएको हो । प्रतिनिधिसभा नियमावली, २०७५ को व्यवस्थाअनुसार कार्कीले […]
सत्तारूढ गठबन्धनको बैठक आज पनि बस्दै
काठमाडौं,फागुन,७-सत्ता साझेदारीहरुको बैठक आज बस्दै छ । अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफल गर्न बसेको सत्तारूढ गठबन्धनको बैठक बस्न लागेको हो ।बैठकका लागी बिहान १० बजेबालुवाटार बोलाइएको छ । बिहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा झण्डै तीन घण्टा बसेको बैठकमा सहमति नजुटेपछि निष्कर्षविहीन भएको थियो । सत्ता गठबन्धनको मुख्य दल कांग्रेस एमसीसी टेबुल गर्ने पक्षमा छ भने […]
प्रतिनिधिसभाको बैठक आज बस्दै, एमसीसी टेबल नहुने
काठमाडौं,फागुन,६-प्रतिनिधिसभाको बैठक आज बस्दै छ।संसद् सचिवालयले सार्वजनिक गरेको शुक्रबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा एमसीसी टेबल गर्ने प्रस्ताव उल्लेख गरिएको छैन । सचिवालयका महासचिव भरतराज गौतमले सार्वजनिक गर्नुभएको कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘आदिवासी जनजाति आयोगको प्रतिवेदन आर्थिक वर्ष २०७७/७८’ पेश गर्ने एउटा मात्र प्रस्ताव छ । यद्यपि, सभामुख अग्निप्रसाद सापकोटाले कार्यसूचीको सन्दर्भमा छलफलका […]
प्रतिनिधिसभाको बैठक आज दिउँसो बस्दै
काठमाडौं,फागुन,४-प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा एमसीसी सम्झौता अनुमोदनका लागि टेबल हुन सक्ने अनुमान गरिए पनि बैठकको कार्यसूचिमा भने एमसीसी टेबल गर्ने विषय परेको छैन । सभामुख अग्नि सापकोटाले बैठक अघि कार्यब्यवस्था परामर्श समितिको बैठक राखेकाले उक्त बैठकबाट एमसीसी टेबल गर्ने कार्यसूचि थपिने सक्ने बताइएको छ । यद्यपी सत्ता घटकहरुबीच […]






