काठमाण्डौं,फाल्गुन,३-ज्ञानेन्द्र शाही नेतृत्वको ‘हाम्रो नेपाल, हाम्रो नेपाली अभियान’ राष्ट्रिय प्रजातन्त्र पार्टीमा समाहित हुने भएको छ। मंगलबार बसेको राप्रपा पदाधिकारी बैठकले शाही नेतृत्वको सो अभियानलाई पार्टीमा समाहित गर्ने निर्णय गरेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताउनुभयो। समान विचार भएका अन्य दलसँग पार्टी एकताका लागि गठित महामन्त्री धवल शमशेर राणा नेतृत्वको वार्ता समितिले सो अभियानसँग एकता गर्ने प्रस्ताव […]
राजनीति
आज एमाले संसदीय दलको बैठक बस्दै
काठमाडौं,फाल्गुन,२-प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको संसदीय दलको बैठक सोमबार बस्दै छ । बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बस्ने गरी बैठक आह्वान गरिएको छ।बैठकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल हुनेछ। विशेष गरी प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता गराईएको महाअभियोग प्रस्तावका विषयमा बैठक केन्द्रित हुनेछ । महाअभियोग प्रस्तावको संसदीय प्रक्रियाबाट प्रतिवाद गर्ने एमालेको […]
आज सर्वदलीय बैठक बस्दै, समसामयिक राजनीतिक विषयमा छलफल हुने
काठमाडौं,फाल्गुन,२-प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आज (सोमबार) सर्वदलीय बैठक बोलाउनुभएको छ । उहाँले समसामयिक राजनीतिक विषयमा छलफल गर्न भन्दै दिउँसो २ बजे सर्वदलीय बैठक बोलाउनुभएको हो । उहाँको सचिवालयका अनुसार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणविरुद्ध महाअभियोग दर्ता भएपछि त्यसलाई प्रक्रियामा पुर्याउने र जारी संसद्को अवरोधको विषयमा छलफल हुने बताइएको छ । सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा […]
आफ्नो पार्टीको वैधानिकतामाथि प्रश्न उठाए सैह्य हुँदैन: नेपाल
काठमाण्डौं,फाल्गुन,१-नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको वैधानिकताका विषयमा प्रश्न उठाए सैह्य नहुने चेतावनी दिनुभएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले वैधानिकताको प्रश्न उठाउँदै दायर गरेको मुद्दा अदालतमा विचाराधिन भईरहेका बेला अध्यक्ष नेपालको यस्तो भनाइ बाहिर आएको हो । उहाँले आफ्नो पार्टीले कानूनी आधारमा वैधानिकता पाएको र आफूहरुलाई सांसदको रुपमा स्वीकार गर्ने स्थिति […]
राप्रपा नेपाल को अध्यक्ष बने कमल थापा
काठमाडौं,फागुन,१-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट अलग हुनुभएका कमल थापा अब ‘राप्रपा नेपाल’ को अध्यक्ष बन्नुभएको छ ।निर्वाचन आयोगमा पहिल्यै दर्ता रहेको राप्रपा नेपालमा उहाँ नयाँ अध्यक्ष बन्नुभएको हो । राप्रपाबाट निस्केर थापाले नयाँ नाममा पार्टी दर्ता गर्ने तयारी गर्नुभएको थियो । तर, त्यो बाटो छोडेर थापाले पुरानै राप्रपा नेपाल ब्यूँताउनुभएको हो । राप्रपा नेपाल विगतमा कमल […]
पशुपति धर्मशाला सञ्चालनमा रोक नलगाउन अन्तरिम आदेश
काठमाडौं,फागुन,१-उच्च अदालत पाटनले बतास ग्रुपले सञ्चालन जिम्मा पाएको गौशालास्थित धर्मशाला सञ्चालनमा रोक नलगाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । पर्यटन मन्त्रालयले पशुपतिस्थित धर्मशालाको सञ्चालन जिम्मा पाएको होटल आनन्द प्रालिसँग सम्झौता रद्द गरेको थियो । त्यसविरुद्ध होटल सञ्चालकले दायर गरेको रिटमा न्यायाधीश नरिश्वर भण्डारीको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको हो । उच्च अदालत पाटनले […]
माधव नेपालसहित १४ सांसदविरुद्धको रिट पेशीबाट हटाइयो
काठमाण्डौं,फाल्गुन,१-माधव नेपालसहित १४ सांसदलाई कारबाही र नेकपा एकीकृत समाजवादी पार्टी खारेज गर्न माग गर्दै परेको रिटमा आज पनि सुनुवाइपछि पेशीबाट हटाइएको छ। पेशीमा चढे पनि लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ता कृष्ण सुवेदीले हटाउन माग गर्दै निवेदन दिएका थिए। त्यसपछि यो रिटलाई पेशीबाट हटाइएको हो। न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासमा उक्त रिट पेशी तोकिएको […]
प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता (पूर्णपाठसहित)
काठमाडौं,फाल्गुन,१-सत्ता गठबन्धनका सांसदहरुले प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका छन् । राणाविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमा विभिन्न २१ वटा आरोप लगाइएको छ । महाअभियोग प्रस्तावमा राणाको कार्यकालमा न्यायपालिकाभित्र अतिशय विकृति, विसंगति, भ्रष्टाचार तथा विचौलियाहरुले प्रवेश पाएको र प्रभाव बढाउँदै लगेको आरोपसमेत लगाइएको छ । त्यस्तै, संविधानले दिएका जिम्मेवारीहरुलाई प्रधानन्यायाधीश राणाले आफ्नो निजी सम्पत्ति […]
एमसीसीलाई आँखा चिम्लेर समर्थन गर्न सकिँदैन : अध्यक्ष नेपाल
काठमाडौं,माघ,२८-नेकपा एकीकृत समाजवादी (एस) का अध्यक्ष माधवकुमार नेपालले यथास्थितिमा एमसीसीलाई आँखा चिम्लेर समर्थन गर्न नसकिने बताउनुभएको छ । शुक्रबार वीरगञ्जमा पत्रकारहरूसँग कुरा गर्दै एमसीसीका विषयमा नेपाली जनता र राजनीतिक दल विभाजित भएकाले प्रष्ट पार्नुपर्ने चुनौती रहेको बताउनुभएको हो । जनमत एमसीसीविरुद्ध रहेको भन्दै उहाँले सम्झौता मिति पर सार्दा उत्तम हुने समेत बताउनुभयो । एमसीसीका विषयमा […]
निर्वाचन घोषणासँगै आयोग व्यस्त : दर्तामा १ सय ३ दल, ४४ अस्तिस्वविहीन
काठमाडौं,माघ,२७-संख्यात्मक दृष्टिले निर्वाचन आयोगमा थुप्रै दलको अस्तित्व रहे पनि चुनावी प्रतिस्पर्धामा भने थोरैको उपस्थिति देखिने गरेको छ । २०७४ को स्थानीय तहको निर्वाचनमा १ सय १३ दर्तामा रहे पनि ५७ दल मात्र प्रतिस्पर्धामा उत्रिएका थिए । हाल आयोगमा १ सय ३ वटा दर्ता भए पनि ४४ वटा खारेजीमा परिसकेका छन् । २०७४ सालमा वैशाख […]





