देउवा सरकारमा सहभागी हुने सम्भावित १८ मन्त्री यी हुन्

काठमाण्डौं,असोज,१३-प्रधानमन्त्री बनेको साढे २ महिना भइसक्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले अझै मन्त्रिपरिषदलाई पूर्णता दिन सक्नु भएको छैन। गठबन्धनबाट बनेको सरकार भएकाले विभिन्न प्राविधिक झन्झट तथा भागबन्डा मिलाउँदा मिलाउँदा देउवा हैरान भएका हुन्।  तर गत सोमबार सरकारले दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिएसँगै मन्त्रिमण्डल विस्तार प्रक्रियाले गति लिएको छ। प्रधानमन्त्री देउवानिकट स्रोतका अनुसार मन्त्रिमण्डल विस्तारका लागि मिलाउनुपर्ने […]

सुदूरपश्चिमका ७५ मध्ये ५३ पालिकामा देउवाको वर्चस्व

काठमाण्डौं,असोज,१३-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह प्रदेश सुदूरपश्चिमका नौमध्ये आठ जिल्लामा पालिका अधिवेशन सकिएको छ।  क्रियाशील सदस्यता विवाद समाधानमा ढिलाइ भएकाले कैलालीबाहेक आठ जिल्लामा कांग्रेसको गाउँ-नगरपालिका अधिवेशन सकिएको हो। अधिवेशन भएका आठमध्ये तीन जिल्लामा संस्थापन पक्षले र एक जिल्लामा इतर समूहले ‘क्लिन स्वीप’ गरेको छ।  संस्थापनले प्रधानमन्त्रीसमेत रहेका देउवाको गृहजिल्ला डडेल्धुरा, अछाम र डोटीमा इतर […]

प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाण्डौं,असोज,११-प्रतिनिधिसभाको बैठक आज (सोमबार) बस्दैछ।  नयाँ वानेश्वरस्थित संसद भवनमा दिउँसो २ बजे बस्ने बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र सभामुखले पढेर सुनाउने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। संसदको चालु नवौं अधिवेशन सुरु भएदेखि नै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै नाराबाजी गर्दै आएको छ। एमालेको अवरोध र नाराबाजीकैबीच अर्थमन्त्री […]

छिट्टै सरकारमा जान्छौं-अध्यक्ष नेपाल

काठमाडौं,असोज,९-नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी छिट्टै सरकारमा जाने बताउनुभएको छ । शनिबार मकवानपुर जिल्लाको सपथ ग्रहण तथा जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेकपा (एकीकृत समाजवादी) छिट्टै सरकारमा सहभागी हुने बताउनुभयो । उहाँले आफ्नो पार्टी देशलाई परिवर्तनको दिशामा हिँडाउन, लोकतन्त्रलाई जोगाउन र देशको प्रतिष्ठा बचाउनमा क्रियाशील हुने बताउनुभयो । […]

सुरु भयो कांग्रेसको गाउँ–नगर अधिवेशन, काठमाडौंको १६ गते

काठमाडौं,असोज,९-नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज(शनिबार)बाट गाउँ–नगर अधिवेशन सुरु भएको छ । निर्वाचन कार्यतालिका अनुसार वडाअधिवेशन सम्पन्न भएका जिल्लामा गाउँ–नगर अधिवेशन सुरु भएको हो । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार वडा अधिवेशन सम्पन्न भई अन्तिम मतपरिणाम प्राप्त भएका अधिकांश जिल्लामा पालिका अधिवेशन आरम्भ भएको छ । संघीय राजधानी रहेको जिल्ला काठमाडौंमा वडा अधिवेशन सम्पन्न […]

कांग्रेसको महाधिवेशन एक महिना पछाडि सर्ने संभावना

काठमाडौं,असोज,८-नेपाली कांग्रेसको संस्थापन पक्षले केन्द्रीय महाधिवेशन एक महिना पछाडि सार्ने प्रस्ताव गरेको छ । हिजो साँझ बसेको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले मंसिर ७ देखि १३ गतेका लागि तोकिएको महाधिवेशन गर्न नभ्याउने बताउनुभएको हो । हिजो बैठक सुरु गरेर पार्टी सभापति शेरबहादुर देउवा हिड्नुभएको थियो । देउवा हिँडेपछि उपसभापति विमलेन्द्र निधिको उपस्थितिमा […]

आज कांग्रेसको काठमाडौंसहित ७ जिल्लामा वडा अधिवेशन

काठमाण्डौं,असोज,५- नेपाली कांग्रेसले १४औं महाधिवेशनअन्तर्गत आज (मंगलबार) काठमाडौंसहित सात जिल्लामा वडा अधिवेशन गर्दै छ।  कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार आज काठमाडौं, काभ्रे, सिन्धुपाल्चोक, कपिलवस्तु, मोरङ, बर्दिया र बाजुरामा वडा अधिवेशन गर्न लागिएको हो। गत १८ देखि जारी वडा अधिवशेन यसअघि कांग्रेसले ५७ जिल्लामा सकाएको छ।क्रियाशील सदस्यताको सूची बनाउन ढिला भएका काठमाडौंसहित उल्लिखित थप ७ जिल्लामा आज […]

सुदूरपश्चिममा दुई मन्त्री नियुक्त

कैलाली,असोज,१-सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादीका तर्फबाट शुक्रबार दुई जना मन्त्री नियुक्त भएका छन । मुख्यमन्त्री त्रिलोचन भट्टले एकीकृत समाजवादीका प्रदेशसभा सदस्य तारालामा तामाङलाई आर्थिक मामिला मन्त्री र माया तामाङ बोहरालाई अर्थ राज्यमन्त्रीमा नियुक्त गर्नुभएको छ । नव नियुक्त उनीहरू मध्ये तारा लामा तामाङलाई प्रदेश प्रमुख गंगा प्रसाद यादव र राज्यमन्त्री राज्यमन्त्री माया तामाङ बोहरालाई मुख्यमन्त्री […]

प्रधानमन्त्री देउवाले निराश बनाए, प्रतिरक्षा गर्न सक्ने अवस्था छैन– गगन थापा

काठमाडौं,भदौं,३१-नेपाली कांग्रेसका नेता गगन थापाले आफ्नै पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले दुई महिनामै निराश बनाएको टिप्पणी गर्नुभएको छ । बिहीबार पार्टी कार्यालय सानेपामा पत्रकारहरुसँग नेता थापाले कांग्रेस कार्यकर्ताले सरकारको प्रतिरक्षा गर्न सक्ने अवस्था नभएको बरु खुम्चिनुपर्ने अवस्था आएको टिप्पणी गर्नुभयो । पार्टीभित्रै एकलौटी गरेको आरोपबाट घेरिनुभएका देउवाले सरकार गठन भएको दुई महिनासम्म […]

एमालेले असहमति व्यक्त गर्ने तरिकाको चरम दुरुपयोग गर्यो:गगन थापा

काठमाडौं,भदौ,२५-सत्तारुढ दल नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले नेकपा एमालेले संसदीय व्यवस्था भित्र प्रतिपक्षले प्रयोग गर्न सक्ने आफ्नो असहमति व्यक्त गर्ने तरिकाको चरम दुरुपयोग गरेको बताउनुभयो । शुक्रबार प्रतिनिधिसभाको बैठक सकिएपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग सांसद थापाले यस्तो बताउनुभएको हो । नेकपा एमालेले सांसद र सभामुखलाई चिन्दिन भनुन्जेल संसदमा यस्तै कोलाहल भइरहने उहाँले बताउनुभयो । सांसद थापाले […]