पूर्वमन्त्री ढकालद्वारा विश्व चर्चित गुरु रवि शंकरसंग भेट

बैंगलौर,कार्तिक,२५-भारत भ्रमणमा रहनुभएका नेपाल परिवार दलका अध्यक्ष एवम्  पूर्वमन्त्री एकनाथ ढकालले विश्व चर्चित गुरु रवि शंकर सँग भेट गर्नु भएको छ । बैंगलौर स्थित गुरु रवि शंकर को आर्ट अफ लिभिङ्ग आश्रममा बिहिबार भएको भेटमा ढकालले गुरु रवि शंकरले विश्वमा मध्यात्मीक जागरण, मानव कल्याण र शान्तिको लागि पुर्याउनु भएको अतुलनीय योगदानको प्रंशसा गर्नुभयो । अध्यक्ष […]

टी–ट्वान्टी विश्वकप : पाकिस्तानलाई हराउँदै अष्ट्रेलिया फाइनलमा प्रवेश

एजेन्सी,कार्तिक,२५-पाकिस्तानलाई हराउँदै अष्ट्रेलिया आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।पाकिस्तानले प्रस्तुत गरेको १ सय ७७ रनको लक्ष्य अष्ट्रेलियाले ६ बल अगावै ५ विकेट गुमाएर पुरा गर्यो । अष्ट्रेलियाको जितमा म्याथ्यु वेड र मार्कस स्टोइनिस नायक रहे । दुवैले हातबाट फुस्किसकेको खेलमा अष्ट्रेलियालाई उत्कृष्ट पुनरागमन दिलाए । दुवैले ८१ रनको साझेदारी गर्दै जितको आधार […]

राष्ट्रिय सहमति र संशोधन नगरी एमसीसी पास हुँदैन : माओवादी केन्द्र

काठमाण्डौं,कार्तिक,२३-सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय सहमति नजुटेसम्म अमेरिकी परियोजना एमसीसी पास गर्न नहुने अडान लिएको छ। पेरिस डाँडामा मंगलवार बसेको स्थायी कमिटी बैठकले यस्तो निष्कर्ष निकालेको प्रवक्ता कृष्णबहादुर महराले दिनुभयो । एमसीसी पास गर्न प्रधानमन्त्री शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डले अमेरिकालाई पत्र पठाएको कुरा आएका बेला माओवादीले यस्तो निर्णय गरेको हो ।  […]

परिवार दलका अध्यक्ष ढकाल भारत प्रस्थान

  काठमाडौं,कार्तिक,२१-तेस्रो राष्ट्रिय महाधिबेसनको तयारीमा रहेको नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकाल भारत प्रस्थान गरेका छन् । भारतसँग राम्रो सम्बन्ध भएका नेपाली नेताहरु मध्ये ढकाल एक हुन् । इन्डिया फाउण्डेसनको निमन्त्रणामा कार्तिक २१ गतेदेखि २३ गतेसम्म बिहारको नालन्दा विश्वबिद्यालयमा हुने बिशेष सभामा ढकालले सम्बोधन गर्न भारत प्रस्थता गरेका हुन् । बिहारका राज्यपाल फागु […]

ओलीको पार्टी एमालेले माधव नेपालको पार्टी समाजवादीलाई महाधिवेशनमा नबोलाउने

काठमाण्डौं,कार्तिक,१७-नेकपा एमालेले आफ्नो १०औं महाविधेशनमा अतिथिका रूपमा नेकपा एकीकृत समाजवादीलाई नबोलाउने भएको छ।  महाधिवेशनबारे जानकारी दिन आज बुधबार आयोजित पत्रकार सम्मेलनमा एमालेका सचिव एवंम प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईले पार्टीको १०औं महाधिवेशनमा अन्य राजनीतिक दललाई निमन्त्रणा गरिने तर माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई नडाकिने बताउनुभयो । “उहाले भन्नुभयो” एकीकृत समाजवादी पार्टी आफुहरुको पार्टीबाट फुटेर गएको र उक्त […]

विमानस्थलमा तडकभडक नगरी विदेश भ्रमणमा निस्किए प्रधानमन्त्री

काठमाडौं,कार्तिक,१३-कुनै पनि प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा विमानस्थलमा निकै तडकभडक हुन्छ । सुरक्षा व्यवस्थामा कडाई गरिन्छ । नागरिकलाई आवतजावतमा रोक लगाइएको हुन्छ । विमानस्थलमा औपचारिक कार्यक्रम गर्दै सेनाको टुकुडीले सलामी दिन्छ । र प्रधानमन्त्रीले अतिविशिष्ट कक्षको प्रयोग गर्छन् । यो नेपालमा अहिलेसम्म चलेको परम्परा हो । तर शुक्रबार नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएको दृश्य भने […]

कांग्रेसको महाधिवेशन तिन दिन अघि सर्यो,मंसिर २४ देखि २६ सम्म

काठमाण्डौं,कार्तिक,१२-नेपाली कांग्रेसको १४ औं महाधिवेशन मंसिर २४ गतेदेखि काठमाडौंमा हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले बिहीबार सार्वजनिक गरेको कार्यतालिकाअनुसार केन्द्रीय महाधिवेशन मंसिर २४, २५ र २६ गते हुनेछ । यसअघि बुधबार मंसिर २७ देखि २९ सम्म महाधिवेशन गर्ने प्रस्ताव गरिएको थियो । तर बिहीबार यसमा संशोधन गरेर तीन दिनअघि सारिएको हो । निर्वाचन समितिले […]

मुख्यमन्त्री पाण्डेद्वारा शपथ, तीन मन्त्री नियुक्त

काठमाडौं,कार्तिक,११-वाग्मती प्रदेशको मुख्यमन्त्रीका रुपमा नेकपा (एकीकृत समाजवादी) का नेता तथा प्रदेशसभा सदस्य राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । आज दिउँसो प्रदेश प्रमुख यादवराज शर्मामार्फत उहाँले प्रदेशको तेस्रो मुख्यमन्त्रीका रुपमा शपथ लिनुभएको हो । मुख्यमन्त्री पाण्डेले आजै तीन मन्त्री नियुक्त गर्दै चार सदस्यीय मन्त्रिपरिषद् बनाउनुभएको छ । उहाँले नेकपा (माओवादी) केन्द्रकी कुमारी मोक्तानलाई […]

भारत, बेलायत र अमेरिकाका लागि राजदूत सिफारिस

काठमाडौं,कार्तिक,११-सरकारले तीन भारत, बेलायत र अमेरिकाका लागि राजदूत सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले डा. शंकर शर्मालाई भारत, ज्ञानचन्द्र आचार्य बेलायत र श्रीधर खत्रीलाई अमेरिकाको राजदूतमा सिफारिस गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनाप्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । शर्मा अमेरिकाका लागि पूर्वराजदूत हुनुहुन्थ्यो भने आचार्य पूर्वपरराष्ट्र सचिव तथा संयुक्त राष्ट्र संघका […]

संसद अधिवेशन अन्त्य गर्न सरकारको सिफारिस

काठमाडौं,कार्तिक,११-सरकारले संघीय संसदको चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संसदको चालु अधिवेशन बिहीबार मध्यरातिदेखि लागू हुनेगरी अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।   मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन बोलाउने र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ । भदौ २३ गतेबाट सुरु भएको संसदको चालु अधिवेशन प्रमुख […]