एकीकृत समाजवादीले चार मन्त्रालय पाउने पक्का,पाँच मन्त्री पठाउने

काठमाडौं,असोज,२१-नेकपा (एकीकृत समाजवादी)ले स्वास्थ्यसहित चार मन्त्रालय पाउने पक्का भएको छ । बिहीबार बसेको स्थायी समितिको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले आफूहरूले स्वास्थ्य तथा जनसंख्यासहित चार मन्त्रालय पाउने पक्का भएको बताउनुभएको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । पार्टीले स्वास्थ्यसहित शहरी विकास मन्त्रालय, पर्यटन मन्त्रालय र श्रम मन्त्रालयको जिम्मेवारी पाएको जानकारी दिँदै सरकारमा पाँच […]

गौतमबुद्ध क्रिक्रेट रंगशालाको जिम्मेवारी भरतपुर महानगरले लिन्छ-मेयर दाहाल

चितवन,असोज,२१-भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले चितवनमा निर्माण भइरहेको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिक्रेट रंगशालाको जिम्मा महनगरले लिने बताउनुभएको छ । भरतपुरको एक कार्यक्रममा बोल्दै दाहालले जनस्तरबाट रकम संकलन हुन सके निर्माणसम्पन्न पश्चात र रकम संकलन नभए जति निर्माण भएको छ त्यहीँबाट महानगरलाई हस्तान्तरण गर्ने सम्झौता पत्रमा उल्लेख भएको भन्दै अलपत्र हुन नदिने बताउनुभएको हो । महानगरले जग्गा […]

एमसीसी तत्काल पारित गर्न निजी क्षेत्रका तीनवटै संगठनको आग्रह

काठमाडौं,असोज,२०-मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना तत्काल पारित गरी कार्यान्वयन गर्न निजी क्षेत्रले आग्रह गरेको छ । निजी क्षेत्रका तीनवटै छातासंगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले संयुक्त विज्ञप्ति जारी गर्दै सम्झौता तत्काल पारित गर्न आग्रह गरेको हो । नेपाल र अमेरिकी सहयोग परियोजना (एमसिसी) बीच सन् २०१७ सेप्टेम्बर १४ […]

भारतले अर्को साता १० लाख डोज कोभिसिल्ड खोप पठाउने

काठमाण्डौं,असोज,२०-दक्षिणी छिमेकी भारतले नेपाल खरिदका लागि अर्डर गरिसकेको १० लाख डोज कोभिसिल्ड खोप अर्को साता पठाउने भएको छ। बुधबार परराष्ट्र मन्त्री डा. नारायण खड्कालाई सिंहदरबारमा भेटेर नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले यसबारेमा जानकारी दिनुभएको हो । बुधबार अपरान्ह सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा पुगेर राजदूत क्वात्राले मन्त्री खड्कासँग भेट गरेर द्विपक्षीय सम्बन्ध सबै महत्वपूर्ण आयामबारे छलफल […]

सुन तस्करी प्रकरण : मुख्य अभियुक्त गोरेसहित ६ जनालाई जन्म कैदको सजाय

काठमाण्डौं,असोज,१९-३८ क्विन्टल सुन तस्करी प्रकरणमा मुछिएर थुनामा रहेका मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’सहित ६ जनालाई जिल्ला अदालत मोरङले जन्मकैदको फैसला सुनाएको छ।  मोरङ अदालतका न्यायाधीश भरत लम्सालसहितको इजलासले सुन तस्करीमा प्रयोग गरिएका भरिया सनम शाक्यको हत्या प्रकरणमा ज्यान मुद्दा अन्तर्गत ८ जनालाई दोषी ठहर गरेको हो।  जसमध्ये गोरेसहित ६ जनालाई जन्मकैद र एक जनालाई ३ […]

देउवा सरकारमा सहभागी हुने सम्भावित १८ मन्त्री यी हुन्

काठमाण्डौं,असोज,१३-प्रधानमन्त्री बनेको साढे २ महिना भइसक्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले अझै मन्त्रिपरिषदलाई पूर्णता दिन सक्नु भएको छैन। गठबन्धनबाट बनेको सरकार भएकाले विभिन्न प्राविधिक झन्झट तथा भागबन्डा मिलाउँदा मिलाउँदा देउवा हैरान भएका हुन्।  तर गत सोमबार सरकारले दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिएसँगै मन्त्रिमण्डल विस्तार प्रक्रियाले गति लिएको छ। प्रधानमन्त्री देउवानिकट स्रोतका अनुसार मन्त्रिमण्डल विस्तारका लागि मिलाउनुपर्ने […]

सुदूरपश्चिमका ७५ मध्ये ५३ पालिकामा देउवाको वर्चस्व

काठमाण्डौं,असोज,१३-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह प्रदेश सुदूरपश्चिमका नौमध्ये आठ जिल्लामा पालिका अधिवेशन सकिएको छ।  क्रियाशील सदस्यता विवाद समाधानमा ढिलाइ भएकाले कैलालीबाहेक आठ जिल्लामा कांग्रेसको गाउँ-नगरपालिका अधिवेशन सकिएको हो। अधिवेशन भएका आठमध्ये तीन जिल्लामा संस्थापन पक्षले र एक जिल्लामा इतर समूहले ‘क्लिन स्वीप’ गरेको छ।  संस्थापनले प्रधानमन्त्रीसमेत रहेका देउवाको गृहजिल्ला डडेल्धुरा, अछाम र डोटीमा इतर […]

प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाण्डौं,असोज,११-प्रतिनिधिसभाको बैठक आज (सोमबार) बस्दैछ।  नयाँ वानेश्वरस्थित संसद भवनमा दिउँसो २ बजे बस्ने बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र सभामुखले पढेर सुनाउने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। संसदको चालु नवौं अधिवेशन सुरु भएदेखि नै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै नाराबाजी गर्दै आएको छ। एमालेको अवरोध र नाराबाजीकैबीच अर्थमन्त्री […]

छिट्टै सरकारमा जान्छौं-अध्यक्ष नेपाल

काठमाडौं,असोज,९-नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी छिट्टै सरकारमा जाने बताउनुभएको छ । शनिबार मकवानपुर जिल्लाको सपथ ग्रहण तथा जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेकपा (एकीकृत समाजवादी) छिट्टै सरकारमा सहभागी हुने बताउनुभयो । उहाँले आफ्नो पार्टी देशलाई परिवर्तनको दिशामा हिँडाउन, लोकतन्त्रलाई जोगाउन र देशको प्रतिष्ठा बचाउनमा क्रियाशील हुने बताउनुभयो । […]

सुरु भयो कांग्रेसको गाउँ–नगर अधिवेशन, काठमाडौंको १६ गते

काठमाडौं,असोज,९-नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज(शनिबार)बाट गाउँ–नगर अधिवेशन सुरु भएको छ । निर्वाचन कार्यतालिका अनुसार वडाअधिवेशन सम्पन्न भएका जिल्लामा गाउँ–नगर अधिवेशन सुरु भएको हो । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार वडा अधिवेशन सम्पन्न भई अन्तिम मतपरिणाम प्राप्त भएका अधिकांश जिल्लामा पालिका अधिवेशन आरम्भ भएको छ । संघीय राजधानी रहेको जिल्ला काठमाडौंमा वडा अधिवेशन सम्पन्न […]