वामदेव गौतमले परित्याग गरे एमाले

काठमाडौं,भदौ १८-नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी परित्याग गर्नुभएको छ ।गौतमले शुक्रबार एमाले केन्द्रीय कार्यालय थापाथलि पुगेर एमालेका सबै पदबाट राजीनामा दिनुभएको हो । गौतमले एमालेको सबै पदबाट राजीनामा दिएको पत्र स्वकीय सचिवमार्फत कार्यालय सचिव शेरबहादुर तामाङलाई बुझाउनुभएको हो । गौतमले अध्यक्ष ओलीलाई सम्बोधन गर्दै लेखेको राजीनामा पत्रमा भनिएको छ, ‘म आफैं संलग्न भएर निर्माण […]

डेढ महिनादेखि देउवा आफैँ हाँक्दैछन् २० मन्त्रालय

काठमाण्डौ,भदौ,१३-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको बागडोर सम्हालेको ४५ दिन नाघेको छ।  ४२ औं प्रधानमन्त्री बनेको ४६ औं दिन उहाँले सरकार विस्तारबारे सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्नु भएको छ।   प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार भएको भेटमा उनीहरुबीच मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको छ।  प्रचण्ड पुत्री एवं स्वकीय सचिव […]

कांग्रेस महाधिवेशन:नेतृत्व आकांक्षीहरूको एजेण्डाभन्दा पदमा ध्यान

काठमाडौं,भदौ,१२-नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनको मिति नजिकिदै जाँदा नेतृत्वका आकांक्षीहरूले आफ्ना गतिविधि थप तीव्र बनाउँदै लगेका छन् । महाधिवेशन अन्तर्गत वडा अधिवेशन सुरु हुन ५ दिनमात्र बाँकी छ । संस्थापन इतर रामचन्द्र पौडेल पक्षले महाधिवेशनको वातावरण बन्दै गएको निष्कर्ष निकालेसँगै नेतृत्वका आकांक्षीहरू थप रणनीतिमा लागेका छन् । महाधिवेशन केन्द्रीत विभिन्न मागहरू राख्दै आएको रामचन्द्र […]

माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले पायो मान्यता

काठमाण्डौं,भदौ,९-माधवकुमार नेपाल नेतृत्वको नेपाल  कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टी निर्वाचन आयोगमा राजनीतिक दलका रुपमा दर्ता भएको छ।  बुधबार दिउँसो भएको सनाखतपछि निर्वाचन आयोगले नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई राजनीतिक दलका रुपमा वैधता दिएको हो।एकीकृत समाजवादी निर्वाचन आयोगमा १६६ नम्बरमा दर्ता भएको छ। यो दलको केन्द्रीय कार्यालय नयाँ बानेश्वर काठमाडौंमा रहेको छ। दलको दर्ताको प्रमाणपत्र निर्वाचन आयोगका […]

प्रदेश १ मा शेरधन राईको सरकार ढल्ने

विराटनगर,भदौ,४-ओली नेतृत्वको एमाले फुटेपछि प्रदेश १ सरकार ढल्ने संकेत देखिएको छ । शेरधन राई नेतृत्वको सरकार अल्पमतमा परेको छ । एमाले फुटेपछि राई नेतृत्वको सरकार अल्पमतमा परेको दावी छ । प्रदेश १ मा राई नेतृत्व सरकारको विकल्प खोज्ने प्रक्रिया सुरु हुने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले बताउनुभयो । पार्टी फुटेपछी अब एमाले […]

माधव र महन्थका नयाँ दल दर्ताको कानुनी अड्चन हट्यो, १० दिन भित्र प्रमाणपत्र दिने

काठमाडौं,भदौ,४-नेकपा एमाले र जनता समाजवादी पार्टीबाट छुट्टिएका दुई पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्नका लागि देखिएको कानुनी हड्चन हटेको छ । गत बुधबार जारी गरिएको राजनीतिक दलसम्बन्धी अध्यादेश अनुसार नियमावली पनि संशोधन गरिएपछि माधव नेपाल र महन्थ ठाकुरले निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि दिएको निवेदन अघि बढाउन बाटो खुलेको हो । संशोधित नियमावली हिजो साँझ […]

जसपा फुट्योः महन्थ ठाकुरको नेतृत्वमा जसपा (लोकतान्त्रिक) दर्ता गर्न आयोगमा निवेदन

काठमाडौं,भदौं,२-जनता समाजवादी पार्टी (जसपा) नेपाल औपचारिक रुपमा विभाजित भएको छ । पार्टी नेता महन्थ ठाकुर समूहले जनता समाजवादी पार्टी लोकतान्त्रिक नाममा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका हुन् । २४ जना कार्यकारिणी सदस्यको हस्ताक्षरसहित ठाकुर समूहले आयोगमा निवेदन दिएको हो । दल दर्ता गरी साइकल चुनाव चिह्न दिन उनीहरुले माग गरेका छन् । […]

अन्तत फुट्यो एमाले:नेपालको नेतृत्वमा एमाले समाजवादी पार्टी गठन

काठमाण्डौं,भदौ,२-नेकपा एमालेबाट विभाजन भएको नेकपा एमाले समाजवादी पार्टीले माधवकुमार नेपाललाई पहिलो वरीयता तोक्दै ९५ सदस्यीय केन्द्रीय समिति बनाएको छ।  निर्वाचन आयोगमा बुधबार नयाँ दल दर्ताका लागि दिइएको निवेदनमा नेता नेपालको अध्यक्षतामा ९५ सदस्यीय केन्द्रीय कार्यसमिति बनाइने उल्लेख छ।  पार्टीको दोस्रो वरीयतामा झलनाथ खनाललाई राखिएको नेता राजेन्द्र पाण्डेले जानकारी दिनुभयो । उहाँले केपी शर्मा ओलीको अध्यक्षतामा […]

प्रधानमन्त्री देउवा र डा. केसीबीच ४ बुँदे सहमति

काठमाण्डौं,भदौ,१-प्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ चिकित्सक डा.गोविन्द केसीबीच ४ बुँदे सहमति भएको छ।  विभिन्न माग राखी भदौ ३ गतेदेखि  अनसन थाल्ने तयारी गरेका केसीका माग सम्बोधन गर्न  प्रधानमन्त्री देउवा सहमत हुनुभएको हो। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटका क्रममा प्रधानमन्त्री देउवाले डा. केसीका माग सम्बोधन गर्ने प्रतिवद्धता जनाउनुभयो। प्रधानमन्त्री र डा. गोविन्द केसीबीच भएको वार्तामा […]

अफगानिस्तानमा शान्ति,सुरक्षा र अमनचयन सुनिश्चित गर्न नेपालको आग्रह

काठमाडौं,भदौ,१-सरकारले अफगानिस्तानमा शान्ति, सुरक्षा र अमनचयनको सुनिश्चित गर्न आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले मंगलबार प्रेस विज्ञप्ति निकालेर सर्वसाधारणको शान्ति, सुरक्षा र अमनचयनको सुनिश्चित गर्न आग्रह गरेको हो । नेपालले अफगानिस्तान छाड्न चाहनेहरूलाई सडक मार्ग तथा हवाई मार्ग प्रयोग र सीमा पार गर्न दिन आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा सार्क सदस्य राष्ट्रको हैसियतमा […]