कांग्रेसको महाधिवेशन एक महिना पछाडि सर्ने संभावना

काठमाडौं,असोज,८-नेपाली कांग्रेसको संस्थापन पक्षले केन्द्रीय महाधिवेशन एक महिना पछाडि सार्ने प्रस्ताव गरेको छ । हिजो साँझ बसेको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले मंसिर ७ देखि १३ गतेका लागि तोकिएको महाधिवेशन गर्न नभ्याउने बताउनुभएको हो । हिजो बैठक सुरु गरेर पार्टी सभापति शेरबहादुर देउवा हिड्नुभएको थियो । देउवा हिँडेपछि उपसभापति विमलेन्द्र निधिको उपस्थितिमा […]

आज कांग्रेसको काठमाडौंसहित ७ जिल्लामा वडा अधिवेशन

काठमाण्डौं,असोज,५- नेपाली कांग्रेसले १४औं महाधिवेशनअन्तर्गत आज (मंगलबार) काठमाडौंसहित सात जिल्लामा वडा अधिवेशन गर्दै छ।  कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार आज काठमाडौं, काभ्रे, सिन्धुपाल्चोक, कपिलवस्तु, मोरङ, बर्दिया र बाजुरामा वडा अधिवेशन गर्न लागिएको हो। गत १८ देखि जारी वडा अधिवशेन यसअघि कांग्रेसले ५७ जिल्लामा सकाएको छ।क्रियाशील सदस्यताको सूची बनाउन ढिला भएका काठमाडौंसहित उल्लिखित थप ७ जिल्लामा आज […]

सुदूरपश्चिममा दुई मन्त्री नियुक्त

कैलाली,असोज,१-सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादीका तर्फबाट शुक्रबार दुई जना मन्त्री नियुक्त भएका छन । मुख्यमन्त्री त्रिलोचन भट्टले एकीकृत समाजवादीका प्रदेशसभा सदस्य तारालामा तामाङलाई आर्थिक मामिला मन्त्री र माया तामाङ बोहरालाई अर्थ राज्यमन्त्रीमा नियुक्त गर्नुभएको छ । नव नियुक्त उनीहरू मध्ये तारा लामा तामाङलाई प्रदेश प्रमुख गंगा प्रसाद यादव र राज्यमन्त्री राज्यमन्त्री माया तामाङ बोहरालाई मुख्यमन्त्री […]

प्रधानमन्त्री देउवाले निराश बनाए, प्रतिरक्षा गर्न सक्ने अवस्था छैन– गगन थापा

काठमाडौं,भदौं,३१-नेपाली कांग्रेसका नेता गगन थापाले आफ्नै पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले दुई महिनामै निराश बनाएको टिप्पणी गर्नुभएको छ । बिहीबार पार्टी कार्यालय सानेपामा पत्रकारहरुसँग नेता थापाले कांग्रेस कार्यकर्ताले सरकारको प्रतिरक्षा गर्न सक्ने अवस्था नभएको बरु खुम्चिनुपर्ने अवस्था आएको टिप्पणी गर्नुभयो । पार्टीभित्रै एकलौटी गरेको आरोपबाट घेरिनुभएका देउवाले सरकार गठन भएको दुई महिनासम्म […]

एमालेले असहमति व्यक्त गर्ने तरिकाको चरम दुरुपयोग गर्यो:गगन थापा

काठमाडौं,भदौ,२५-सत्तारुढ दल नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले नेकपा एमालेले संसदीय व्यवस्था भित्र प्रतिपक्षले प्रयोग गर्न सक्ने आफ्नो असहमति व्यक्त गर्ने तरिकाको चरम दुरुपयोग गरेको बताउनुभयो । शुक्रबार प्रतिनिधिसभाको बैठक सकिएपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग सांसद थापाले यस्तो बताउनुभएको हो । नेकपा एमालेले सांसद र सभामुखलाई चिन्दिन भनुन्जेल संसदमा यस्तै कोलाहल भइरहने उहाँले बताउनुभयो । सांसद थापाले […]

एमसीसी उपाध्यक्ष सुमारले पूर्वप्रधानमन्त्री ओलीसँग भेट गर्दै

तस्वीरः रासस काठमाडौं,भदौं,२४-अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्स कर्पोरेशन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमारसहितको टोलीले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग भेटवार्ता गर्दैछ । सुमारसहितको टोली कतार एअरवेजको जहाजबाट बिहीबार बिहान साढे ९ बजे काठमाडौं उत्रिनुएको थियो । टोलीमा एमसीसी उपाध्यक्ष सुमार र सहायक उपाध्यक्ष जोनथन ब्रुक्स हुनुुहन्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबै जना सिधै […]

आज १०८औं बिपी जयन्ती : नेपालको प्रजातान्त्रिक आन्दोलनमा बिपीको योगदानको स्मरण गरिदै

काठमाडौं,भदौ,२४-आज १०८औं वीपी जन्मजयन्ती । विसं १९७१ साल भदौ २४ गते जन्मनु भएका बिश्वेश्वरप्रसाद कोइराला नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता हुनुहुन्थ्यो । नेपालमा प्रजातन्त्र स्थापनाका लागि कठोर संघर्ष गर्नुभएका कोइराला २०१५ सालको चुनावपछि पहिलो निर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो । आफ्नो प्रधानमन्त्रीकालमा उहाँले देशबाट बिर्ता उन्मूलन तथा भूमि सुधारलगायतका सुधारात्मक काम शुरु […]

एमालेको अवरोधकाबीच राजनीतिक दल सम्बन्धि अध्यादेश पेश

काठमाडौं,भदौ,२३-प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधकाबीच सरकारले राजनीतिक दल सम्बन्धि अध्यादेश प्रतिनिधिसभामा पेश गरेको छ । प्रतिनिधिसभाको बुधबार बसेको तेस्रो बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले राजनीतिक दल सम्बन्धि अध्यादेश पेस गर्नुभएको हो । विपक्षी सांसदहरुले बैठकमा नाराबाजी गरिरहेकै बेला सभामुख अग्निप्रसाद सापकोटाले गृहमन्त्री खाँणलाई अध्यादेश पेश गर्न समय दिनुभएको थियो । आजबाट सुरु भएको संघीय संसद […]

निजगढ रतनपुरीमा महेश बस्नेतद्धारा कार्यकर्ता प्रशीक्षण कार्यक्रम सम्पन्न

निजगढ,बारा,भदौ,१९-नेपाल कम्न्युस्ट पार्टी एमाले निजगढ नगर कमिटिको आयोजनामा र रतनपुरी ब्लकको सहयोगमा क. महेस बस्नेत को प्रमुख आतिथ्यमा कार्यकर्ता भेला तथा प्रशीक्षण कार्यक्रम सम्पन्न भएको छ। नेपाल राष्ट्रिय माबीको प्रांगणमा भएको कार्यक्रमको सभापति दिल बहादुर लामाले गर्नुभएको थियो।सोही कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य पूर्व मन्त्री ,राष्ट्रिय युवा संघ नेपालका इन्चार्च एवम नेकपा एमालेका केंद्रीय […]

दैलेखमा १९ वर्षीया किशोरी कांग्रेसको वडा सभापति बनिन्

दैलेख,भदौ,१९-दैलेख जिल्लामा नेपाली कांग्रेसले एकजना १९ वर्षीया किशोरीलाई वडा समिति सभापतिमा निर्वाचित गरेको छ।  दैलेखस्थित कांग्रेसका स्वर्गीय नेता भुपेन्द्र महतकी छोरीसमेत रहेकी १९ वर्षीया स्वस्तिका महत दुल्लु नगरपालिका वडा नम्बर ३ मा सभापति निर्वाचित भएकी हुन्।  शुक्रबार भएको वडा अधिवेशनका क्रममा कांग्रेसले उनलाई सर्वसम्मत रुपमा वडा सभापति बनाएको हो। उनलाई सभापति बनाउन अन्य दाबेदारले पनि […]