सरकारले ल्यायो दल विभाजन सम्बन्धी अध्यादेश,२० प्रतिशत सदस्यको मापदण्ड

काठमाडौं,भदौ,१-सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको हो । यसअघि राजनीतिक दलसम्बन्धी ऐनमा दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत संख्या अनिवार्य हुने उल्लेख थियो।यो ऐनलाई संशोधन गर्न ल्याइएको […]

संसद्को चालु अधिवेशन अन्त्य

काठमाडौं,साउन,३२-संघीय संसद्को चालु अधिवेशन अन्त्य भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको चालु अधिवेशन अन्त्य गर्नुभएको हो । सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । सोमबारै बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले संसद् अधिवेशन अन्त्य सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र […]

जसपा विवादमा निर्वाचन आयोगको निर्णयलाई सर्वोच्चको मान्यता

काठमाण्डौं,साउन,३२-जनता समाजवादी पार्टी नेपालको विवादमा अध्यक्ष उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयलाई सर्वोच्च अदालतले मान्यता दिएको छ। यादव पक्षलाई आधिकारिकता दिने आयोगको निर्णयविरुद्ध अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले हालेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले अन्तरिम आदेश दिन पनि अस्वीकार गरेको छ। यससँगै अब यादव पक्षले सर्वोच्चबाट पनि जसपाको आधिकारिक पक्षका रुपमा मान्यता पाएको छ।  […]

अग्रगामी बिचार भएका शक्तिहरुको मोर्चा बनाएर अगाडि बढुनुपर्छ:परिवार दल अध्यक्ष ढकाल

काठमाण्डौं,साउन,३०-नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले जनअपेक्षा अनुरुप काम हुन नसकेको भन्दै अग्रगामी बिचार भएका शक्तिहरुको मोर्चा बनाएरअगाडि बढनुपर्नेमा जोड दिएका छन् । अध्यक्ष ढकालले प्रत्यक्ष निर्बाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक संसद हुनुपर्ने दलको धारणा रहेको बताउँदै संसदहरु मन्त्री नबने तर संसदहरुले कानुन निर्माण गर्ने र बिज्ञहरुलाई मन्त्री बनाउने ब्यस्था गर्न सके […]

लुम्बिनीमा भोलि ३ बजेसम्म नयाँ सरकार गठन गर्न आह्वान

काठमाण्डौं,साउन,२७-लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले दुई वा दुई भन्दा बढी दलको सरकार गठन गर्न प्रदेश सभाका दलहरूलाई आह्वान गर्नु भएको छ । मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गर्नु भएको हो । संविधानको धारा १८८ को उपधारा २ बमोजिम दुई वा दुइ भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न […]

लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिने

काठमाण्डौं,साउन,२७-लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिने हुनुभएको छ । प्रदेशसभामा अल्पमतमा पर्ने देखिएपछि पोखरेलले राजीनामा दिन लागेको श्रोतले बताएको छ । अहिले केहिबेरमा लुम्बिनी एमाले संसदीय दलको बैठकपछि पोखरेलले राजनीामा दिन लाग्नुभएको छ । लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आज दिउँसो १ बजे बस्दैछ । मुख्यमन्त्री पोखरेल विरुद्ध दर्ता गराईएको अविश्वासको प्रस्ताव माथि छलफल […]

सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाउदै

काठमाडौं,साउन,२२-सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा आज प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइदैछ । सत्ता गठबन्धनको कार्यदलले लामो समय लगाएर तयार पारेको प्रतिवेदन आज प्रधानमन्त्री देउवालाई बुझाउन लागेको हो । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वको रहेको कार्यदलले सबैको अपनत्व हुने गरी प्रतिवेदन तयार पारेको दावी गरेको छ । गठबन्धनमा आवद्ध पार्टीका नेता, अर्थविद्, कानुनका जानकार लगायत संग परामर्श […]

विदेशबाट डलर पठाउने नेपालीलाई भन्सारमा सास्ती किन ? अर्थमन्त्री शर्मा

काठमाडौं,साउन,२२-अर्थमन्त्री जनार्दन शर्माले नेपाल आबद्ध रहेका व्यापारसम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय सन्धि सम्झौता के कति देशको हितमा छन भन्ने कुराको समीक्षा गर्न जरुरी रहेको बताउनुभएको छ । भन्सार विभागको निरीक्षण तथा जानकारी लिने क्रममा मन्त्री शर्माले नेपालसमेत सहभागी भएका अन्तर्राष्ट्रिय व्यापार सम्झौता नेपालको लागि परिणामुखी भए नभएका सम्बन्धमा अध्ययन जरुरी भएको र तिनको अध्ययन समीक्षा गरेर आवश्यक […]

विद्युत प्राधिकरणको निर्देशकमा कुलमानलाई नियुक्त गर्न प्रधानमन्त्री देउवाको ठाडो निर्देशन

काठमाडौं,साउन,१९-प्रधानमन्त्री शेरबहादुर देउवाले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्न ठाडो निर्देशन दिनु भएको छ ।  प्राधिकरणको कार्यकारी निर्देशक पदमा घिसिङलाई नियुक्त गर्न प्रधानमन्त्री देउवाले ऊर्जा,जलस्रोत तथा सिचाइँमन्त्री पम्फा भुसाललाई निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सरकारले प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा दिन आग्रह गरिसकेको बताइएको छ ।शाक्यको काम सन्तोषजनक नदेखिएको भन्दै […]

भारतीय सुरक्षा बलले तुइनको डोरी निकालिदिँदा जयसिंह धामी वेपत्ता

काठमाडौं,साउन,१६-भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानले तुइनको डोरी निकालिदिँदा दार्चुलाका स्थानीय जयसिंह धामी वेपत्ता भएको घटनाका बारेमा अनुसन्धान गर्न सरकारले समिति गठन गरेको छ । गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनमा गृह मन्त्रालयका सचिवको नेतृत्वमा छानबिन समिति गठन गरिएको हो । मन्त्री खाँणको सचिवालयका अनुसार समितिमा गृह मन्त्रालयका प्रवक्ता, नेपाल प्रहरीका सुदूरपश्चिम प्रहरी प्रमुख डीआईजी र […]