जापान,साउन,१५-गैर-आवासीय नेपाली संघ (एनआरएनए) जापानको अध्यक्षमा शिवप्रसाद पौडेल विजयी हुनु भएको छ। आज शुक्रबार सम्पन्न भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको १० औं राष्ट्रिय महाधिवेशनबाट पौडेल निर्वाचित हुनु भएको हो । पौडेलले ३ हजार ३८ भोट पाउनु भएको थियो ।अध्यक्ष पदमा पौडेल संगै अनिता गुरूङ, नरेन्द्र बस्नेत दिनेश, सरोजकुमार खत्री र किरण बर्माले प्रतिस्पर्धामा गर्नु भएको थियो […]
राजनीति
प्रतिनिधिसभाको बैठक आज बस्दै
काठमाडौं,साउन,१५-प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । संसद सचिवालयकाअनुसार आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको वार्षिक प्रतिवेदन पेश गर्ने एउटा मात्रै सम्भावित कार्यसूची रहेको छ। दोस्रो पटक विघटनपछि सर्वोच्चले पुनःस्थापना गरिदिएको संसदको यो चौथो बैठक हो।
गठबन्धनको बैठकमा सहभागी हुन प्रचण्ड, बाबुराम र चित्रबहादुर बालुवाटार पुगे
काठमाडौं साउन,१३-प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठकमा भाग लिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टीका कार्यकारीणी अध्यक्ष बाबुराम भट्टराई र चित्रबहादुर प्रवेश गरेका छन् । एमाले वरिष्ठ नेता माधव नेपाललाई बैठकमा बोलाइएको भएपनि उहाँ भने अहिलेसम्म कोटेश्वरमै रहेको जानकारी प्राप्त भएको छ । यसअघिको बैठकमा नेपाल सहभागी हुनुभएको थियो । मन्त्रिपरिषद […]
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्ने
काठमाडौं,साउन,१३-जनता समाजवादी पार्टी (जसपा) को कार्यकारिणी समिति बैठक आज पनि बस्ने भएको छ।पार्टी कार्यालयमा मंगलबारदेखि जारी बैठक आज पुन १ बजे बस्ने भएको छ । बैठकमा यादव पक्षका ३४ जना कार्यकारिणी सदस्य सहभागी छन् । आज बस्ने बैठकले पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउने सम्भावना रहेको बुझिएको छ । यसअघि हिजोको बैठकले संसदीय […]
महाधिवेशनको कार्यतालिकाबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै
काठमाडौं,साउन,१३-नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ।बिहान ११ बजे पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बैठक बस्न लागेको सहमहामन्त्री प्रकाशशण महतले जानकारी दिनुभयो । बैठकमा महाधिवेशनको कार्यतालिकाको विषयमा छलफल हुने महतले जानकारी दिनुभयो।बैठकमा यसअघि रोकिएको वडा अधिवेशन कहिले गर्ने भन्नेबारे छलफल हुने बताइएको छ । आजको बैठकले क्रियाशिल छानबिन समितिको प्रतिवेदनले विवाद समाधानका […]
उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता
काठमाडौं,साउन,११-निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको छ । सोमबार केन्द्रीय कार्यकारिणी समिति सदस्यहरूको हस्ताक्षर सनाखतपछि आयोगले उपेन्द्र पक्षलाई आधिकारिकता दिएको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । सनाखतका क्रममा उपेन्द्रको पक्षमा ३४ र महन्थको पक्षमा १६ जनाले हस्ताक्षर गरेका थिए । अर्का एक सदस्य रेशम चौधरी भने तटस्थ रहे । उपेन्द्रले […]
गठबन्धनको सरकारमा मन्त्रीमण्डल विस्तार गर्नै सकस
काठमाडौं,साउन,१०-गठबन्धन सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले दुई हप्तासम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन नसक्दा आलोचित बन्नु परेको छ।आजै स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेर प्रधानमन्त्रीसहित छ सदस्यीय मन्त्रिपरिषद् बने पनि सिंहदरबारमा रहेका अधिकांश मन्त्रालयहरु नेतृत्वविहीन छन् । तर, मन्त्रिपरिषद्ले कहिले पूर्णता पाउँछ भन्ने अत्तोपत्तो छैन । करिब डेढ वर्ष चल्ने वर्तमान गठबन्धनको सरकारमा मन्त्री बन्न चाहानेहरुको लस्कर छ । पाँच […]
भीम रावलले आज राजीनामा फिर्ता लिने
काठमाडौँ,साउन,८-संघीय सांसदबाट राजीनामा घोषणा गर्नु भएका नेकपा एमालेका उपाध्यक्ष भीम रावल आफ्नो निर्णयबाट पछि हट्ने हुनु भएको छ। उहाँले सांसद पदबाट गरेको राजीनामा घोषणा फिर्ता गर्ने हुनु भएको हो। उहाँले आज शुक्रबार नै राजीनामा फिर्ता लिने स्रोतले जनाएको छ। पछिल्लो समय एमालेलाई एकतावद्ध बनाउने अभियानमा रहेका उहाँले वरिष्ठ नेता माधव नेपाल पक्षले शेरबहादुर देउवालाई विश्वासको […]
एमाले विवाद : नेपाल पक्षले बुझायो स्पष्टिकरण
काठमाडौं,साउन,७-नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जना सांसदहरुले संस्थापन पक्षले सोधेको स्पष्टिकरणको जवाफ दिएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पठाइएको जवाफमा प्रतिनिधिसभामा विश्वासको मत नपाएपछि ओलीले संसदीय दलको नेताबाट राजीनामा नदिएर फेरि आफैं प्रधानमन्त्री बन्न खोजेकाले देउवाको पक्षमा उभिएको उल्लेख गरिएको छ । पहिलो पटकको विघनमै प्रतिनिधिसभा पुनःस्थापना भएपछि ओलीले संसदीय दलको […]
एमाले केन्द्रीय कमिटीको बैठक आज बुधबार फेरि बस्ने
काठमाडौं,साउन,६-एमाले केन्द्रीय कमिटीको बैठक आज बुधबार फेरि बस्ने भएको छ।केन्द्रीय कमिटी बैठक भोली दिउँसो ३ बजे बस्ने प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो। मंगलबार सकिएको नेकपा एमालेका प्रदेश अध्यक्षहरुले पार्टी भित्र देखिएको अन्योलतालाई छिटोभन्दा छिटो समाधान गर्नुपर्ने बताएका छन् ।केन्द्रीय कमिटीको बैठकमा आ-आफ्नो प्रदेशको अवस्थाको बारेमा रिर्पोटिङ गर्दै प्रदेश अध्यक्षहरुले एमालेभित्र देखिएको अन्यौलताले पार्टीलाई अगाडी बढाउन समस्या […]