काठमाडौं,भदौ,१९-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ्य हुनु भएको छ । ओली अस्वस्थ भएपछि आज हुने सम्पुर्ण औपचारिक कार्यक्रम र भेटघाट बन्द गरिएको छ । पछिल्लो समयको धपेडीका कारण हल्का ज्वरो आएको प्रेस संयोजक रामशरण बजगाईंले बताउनुभयो । बजगाईंकाअनुसार ज्वरो आएका कारण शनिबारको सबै कार्यक्रमहरु र भेटघाट बन्द गरिएको छ ।
राजनीति
पार्टी परित्याग गरेर आफ्नो पार्टीमा प्रवेश गरेकालाई माओवादीले उचित जिम्मेवारी दिने
काठमाडौं,भदौ,१९-नेकपा माओवादी केन्द्रले विभिन्न पार्टी परित्याग गरेर आफ्नो पार्टीमा प्रवेश गरेकालाई उचित जिम्मेवारी दिने भएको छ । विगतमा पार्टी प्रवेश गरेकालाई उचित जिम्मेवारी दिने गरेपनि माओवादीले पछिल्लो पटक पार्टीमा भएको कार्यविभाजनका क्रममा कोही छुटेको भए त्यसलाई सच्याउने प्रतिवद्धता जनाएको छ । माओवादी केन्द्रका अनुसार पार्टी केन्द्रले इन्चार्ज अध्यक्ष तथा मातहतका समितिका पदाधिकारीलाई परिपत्र गरेर जिम्मेवारी […]
निजगढ रतनपुरीमा एमालेको बृहत कार्यकर्ता भेला तथा प्रशिक्षण हुने
बारा,भदौ,१८-बाराको निजगढ रतनपुरीमा शनिबार नेकपा एमालेको बृहत कार्यकर्ता भेला तथा प्रशिक्षण हुने भएको छ ।नेपाल कम्युनिष्ट पार्टि एमाले निजगढ नगर कमिटि बाराको बृहत कार्यकर्ता तथा प्रशिक्षण कार्यक्रम गर्न लागेको हो । नेपाल कम्युनिष्ट पार्टि एमाले निजगढ नगर कमिटीले आयोजना गर्न लागेको उक्त बृहत कार्यकर्ता प्रशिक्षण कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज नेकपा एमालेका केन्द्रीय सदस्य […]
गृहमन्त्री खाण र नेकपाका प्रवक्ता प्रकाण्डबीच भेटवार्ता
काठमाण्डौं,भदौ,१८-गृहमन्त्री बालकृष्ण खाण र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) बिच शुक्रबार भेटवार्ता भएको छ। भेटमा सरकारसँग भएको ३ बुँदे सहमतीको कार्यान्वयन, नेकपाका बन्दी नेता/कार्यकर्ताको रिहाइ, दार्चुला घटना, एमसीसी र वर्तमान राजनीतिक परिस्थितिबारे छलफल भएको प्रकाण्डले बताउनुभयो। यस्तै गृहमन्त्रीको सरकारी निवास पुल्चोकमा भएको भेटवार्तामा शान्ति प्रक्रियालाई टुंग्याउने विषयमा छलफल […]
नेपाली कांग्रेसको ३५ जिल्लामा वडा अधिवेशन सम्पन्न
काठमाडौं,भदौ,१८-नेपाली कांग्रेसको १४औं महाधिवेशनको प्रक्रिया शुक्रबारदेखि शुरु भएको छ । महाधिवेशनको कार्यतालिका अनुसार १८ भदौमा देशभरका सबै वडामा वडा अविधेशन हुनुपर्नेमा शुक्रबार ३५ जिल्लामा अधिवेशन भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार ५६ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक गरिएकोमा बाँकीमा २३ गतेभित्र वडा अधिवेशन हुने गरी मिति तय गरिएको छ । निर्वाचन समितिका अनुसार प्रदेश […]
वामदेव गौतमले परित्याग गरे एमाले
काठमाडौं,भदौ १८-नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी परित्याग गर्नुभएको छ ।गौतमले शुक्रबार एमाले केन्द्रीय कार्यालय थापाथलि पुगेर एमालेका सबै पदबाट राजीनामा दिनुभएको हो । गौतमले एमालेको सबै पदबाट राजीनामा दिएको पत्र स्वकीय सचिवमार्फत कार्यालय सचिव शेरबहादुर तामाङलाई बुझाउनुभएको हो । गौतमले अध्यक्ष ओलीलाई सम्बोधन गर्दै लेखेको राजीनामा पत्रमा भनिएको छ, ‘म आफैं संलग्न भएर निर्माण […]
डेढ महिनादेखि देउवा आफैँ हाँक्दैछन् २० मन्त्रालय
काठमाण्डौ,भदौ,१३-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको बागडोर सम्हालेको ४५ दिन नाघेको छ। ४२ औं प्रधानमन्त्री बनेको ४६ औं दिन उहाँले सरकार विस्तारबारे सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्नु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार भएको भेटमा उनीहरुबीच मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको छ। प्रचण्ड पुत्री एवं स्वकीय सचिव […]
कांग्रेस महाधिवेशन:नेतृत्व आकांक्षीहरूको एजेण्डाभन्दा पदमा ध्यान
काठमाडौं,भदौ,१२-नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनको मिति नजिकिदै जाँदा नेतृत्वका आकांक्षीहरूले आफ्ना गतिविधि थप तीव्र बनाउँदै लगेका छन् । महाधिवेशन अन्तर्गत वडा अधिवेशन सुरु हुन ५ दिनमात्र बाँकी छ । संस्थापन इतर रामचन्द्र पौडेल पक्षले महाधिवेशनको वातावरण बन्दै गएको निष्कर्ष निकालेसँगै नेतृत्वका आकांक्षीहरू थप रणनीतिमा लागेका छन् । महाधिवेशन केन्द्रीत विभिन्न मागहरू राख्दै आएको रामचन्द्र […]
माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले पायो मान्यता
काठमाण्डौं,भदौ,९-माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टी निर्वाचन आयोगमा राजनीतिक दलका रुपमा दर्ता भएको छ। बुधबार दिउँसो भएको सनाखतपछि निर्वाचन आयोगले नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई राजनीतिक दलका रुपमा वैधता दिएको हो।एकीकृत समाजवादी निर्वाचन आयोगमा १६६ नम्बरमा दर्ता भएको छ। यो दलको केन्द्रीय कार्यालय नयाँ बानेश्वर काठमाडौंमा रहेको छ। दलको दर्ताको प्रमाणपत्र निर्वाचन आयोगका […]
प्रदेश १ मा शेरधन राईको सरकार ढल्ने
विराटनगर,भदौ,४-ओली नेतृत्वको एमाले फुटेपछि प्रदेश १ सरकार ढल्ने संकेत देखिएको छ । शेरधन राई नेतृत्वको सरकार अल्पमतमा परेको छ । एमाले फुटेपछि राई नेतृत्वको सरकार अल्पमतमा परेको दावी छ । प्रदेश १ मा राई नेतृत्व सरकारको विकल्प खोज्ने प्रक्रिया सुरु हुने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले बताउनुभयो । पार्टी फुटेपछी अब एमाले […]



