माधव र महन्थका नयाँ दल दर्ताको कानुनी अड्चन हट्यो, १० दिन भित्र प्रमाणपत्र दिने

काठमाडौं,भदौ,४-नेकपा एमाले र जनता समाजवादी पार्टीबाट छुट्टिएका दुई पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्नका लागि देखिएको कानुनी हड्चन हटेको छ । गत बुधबार जारी गरिएको राजनीतिक दलसम्बन्धी अध्यादेश अनुसार नियमावली पनि संशोधन गरिएपछि माधव नेपाल र महन्थ ठाकुरले निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि दिएको निवेदन अघि बढाउन बाटो खुलेको हो । संशोधित नियमावली हिजो साँझ […]

जसपा फुट्योः महन्थ ठाकुरको नेतृत्वमा जसपा (लोकतान्त्रिक) दर्ता गर्न आयोगमा निवेदन

काठमाडौं,भदौं,२-जनता समाजवादी पार्टी (जसपा) नेपाल औपचारिक रुपमा विभाजित भएको छ । पार्टी नेता महन्थ ठाकुर समूहले जनता समाजवादी पार्टी लोकतान्त्रिक नाममा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका हुन् । २४ जना कार्यकारिणी सदस्यको हस्ताक्षरसहित ठाकुर समूहले आयोगमा निवेदन दिएको हो । दल दर्ता गरी साइकल चुनाव चिह्न दिन उनीहरुले माग गरेका छन् । […]

अन्तत फुट्यो एमाले:नेपालको नेतृत्वमा एमाले समाजवादी पार्टी गठन

काठमाण्डौं,भदौ,२-नेकपा एमालेबाट विभाजन भएको नेकपा एमाले समाजवादी पार्टीले माधवकुमार नेपाललाई पहिलो वरीयता तोक्दै ९५ सदस्यीय केन्द्रीय समिति बनाएको छ।  निर्वाचन आयोगमा बुधबार नयाँ दल दर्ताका लागि दिइएको निवेदनमा नेता नेपालको अध्यक्षतामा ९५ सदस्यीय केन्द्रीय कार्यसमिति बनाइने उल्लेख छ।  पार्टीको दोस्रो वरीयतामा झलनाथ खनाललाई राखिएको नेता राजेन्द्र पाण्डेले जानकारी दिनुभयो । उहाँले केपी शर्मा ओलीको अध्यक्षतामा […]

प्रधानमन्त्री देउवा र डा. केसीबीच ४ बुँदे सहमति

काठमाण्डौं,भदौ,१-प्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ चिकित्सक डा.गोविन्द केसीबीच ४ बुँदे सहमति भएको छ।  विभिन्न माग राखी भदौ ३ गतेदेखि  अनसन थाल्ने तयारी गरेका केसीका माग सम्बोधन गर्न  प्रधानमन्त्री देउवा सहमत हुनुभएको हो। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटका क्रममा प्रधानमन्त्री देउवाले डा. केसीका माग सम्बोधन गर्ने प्रतिवद्धता जनाउनुभयो। प्रधानमन्त्री र डा. गोविन्द केसीबीच भएको वार्तामा […]

अफगानिस्तानमा शान्ति,सुरक्षा र अमनचयन सुनिश्चित गर्न नेपालको आग्रह

काठमाडौं,भदौ,१-सरकारले अफगानिस्तानमा शान्ति, सुरक्षा र अमनचयनको सुनिश्चित गर्न आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले मंगलबार प्रेस विज्ञप्ति निकालेर सर्वसाधारणको शान्ति, सुरक्षा र अमनचयनको सुनिश्चित गर्न आग्रह गरेको हो । नेपालले अफगानिस्तान छाड्न चाहनेहरूलाई सडक मार्ग तथा हवाई मार्ग प्रयोग र सीमा पार गर्न दिन आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा सार्क सदस्य राष्ट्रको हैसियतमा […]

सरकारले ल्यायो दल विभाजन सम्बन्धी अध्यादेश,२० प्रतिशत सदस्यको मापदण्ड

काठमाडौं,भदौ,१-सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको हो । यसअघि राजनीतिक दलसम्बन्धी ऐनमा दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत संख्या अनिवार्य हुने उल्लेख थियो।यो ऐनलाई संशोधन गर्न ल्याइएको […]

संसद्को चालु अधिवेशन अन्त्य

काठमाडौं,साउन,३२-संघीय संसद्को चालु अधिवेशन अन्त्य भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको चालु अधिवेशन अन्त्य गर्नुभएको हो । सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । सोमबारै बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले संसद् अधिवेशन अन्त्य सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र […]

जसपा विवादमा निर्वाचन आयोगको निर्णयलाई सर्वोच्चको मान्यता

काठमाण्डौं,साउन,३२-जनता समाजवादी पार्टी नेपालको विवादमा अध्यक्ष उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयलाई सर्वोच्च अदालतले मान्यता दिएको छ। यादव पक्षलाई आधिकारिकता दिने आयोगको निर्णयविरुद्ध अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले हालेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले अन्तरिम आदेश दिन पनि अस्वीकार गरेको छ। यससँगै अब यादव पक्षले सर्वोच्चबाट पनि जसपाको आधिकारिक पक्षका रुपमा मान्यता पाएको छ।  […]

अग्रगामी बिचार भएका शक्तिहरुको मोर्चा बनाएर अगाडि बढुनुपर्छ:परिवार दल अध्यक्ष ढकाल

काठमाण्डौं,साउन,३०-नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले जनअपेक्षा अनुरुप काम हुन नसकेको भन्दै अग्रगामी बिचार भएका शक्तिहरुको मोर्चा बनाएरअगाडि बढनुपर्नेमा जोड दिएका छन् । अध्यक्ष ढकालले प्रत्यक्ष निर्बाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक संसद हुनुपर्ने दलको धारणा रहेको बताउँदै संसदहरु मन्त्री नबने तर संसदहरुले कानुन निर्माण गर्ने र बिज्ञहरुलाई मन्त्री बनाउने ब्यस्था गर्न सके […]

लुम्बिनीमा भोलि ३ बजेसम्म नयाँ सरकार गठन गर्न आह्वान

काठमाण्डौं,साउन,२७-लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले दुई वा दुई भन्दा बढी दलको सरकार गठन गर्न प्रदेश सभाका दलहरूलाई आह्वान गर्नु भएको छ । मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गर्नु भएको हो । संविधानको धारा १८८ को उपधारा २ बमोजिम दुई वा दुइ भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न […]