भन्सार नतिरी ल्याइएका मोबाइल सेट आजदेखि नचल्ने

काठमाडौं,पुष,१५-भन्सार नतिरी ल्याइएका मोबाइल सेट आज शुक्रबारदेखि नचल्ने भएका छन् । नेपाल दूरसंचार प्राधिकरणले मोबाइल फोनमा एमडीएमएस नीति लागू गरेकाले भन्सारमा दर्ता नभई आएका सेटहरु नचल्ने भएका हुन । विदेश र भारतबाट अवैध रुपमा भित्रिने मोबाइल रोक्ने उद्देश्यले प्राधिकरणले यो नीति लागू गरेको हो । गत भदौ अघि नेपाल भित्रिएका मोबाइल सेटहरु भने चल्नेछन् । […]

रेलमार्गको अध्ययन गर्न चिनियाँ टोली नेपालमा

काठमाडौं,पुष,१२-बहुचर्चित काठमाडौं-केरुङ अन्तरदेशीय रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन गर्न चीनबाट प्राविधिक टोली नेपाल आइपुगेको छ। चीन सरकारको चाइना रेल-वे सर्भे एन्ड डिजाइन ग्रुप कम्पनी लिमिटेडका प्राविधिक आज दिउँसो काठमाडौं आइपुगेका हुन्।यो टोलीले प्रस्तावित रेलमार्गको इन्जिनियरिङ अध्ययन प्रतिवेदन तयार गर्नेछ। विभागका अनुसार यो टोलीले थालेको ४२ महिनामा अध्ययन प्रतिवेदन तयार गर्नेछ।चीनले २०७५ मंशिर २४ मा हस्तान्तरण गरेको […]

नेपाल एयरलाइन्सले गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्दै

काठमाडौं,कात्तिक,२६-राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने भएको छ । डिसेम्बरको अन्तिमसम्म भैरहवाबाट अन्तर्राष्ट्रिय उडानको तयारी भइरहेको नेपाल एयरलाइन्सका प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त प्रयोजनका लागि निगमका वाणिज्य निर्देशक जनकराज कालाखेतीको संयोजकत्वमा गठित समितिले उडान सञ्चालनबारे अध्ययन गरिरहेको छ ।   अध्ययन प्रतिवेदन […]

अरुण-४ निर्माण गर्न सतलज जलविद्युत् निगमसँग सम्झौता, नेपालले १५२ मेवा विद्युत् निःशुल्क पाउने

काठमाडौं,जेठ,२-संखुवासभास्थित अरुण नदीमा पहिचान गरिएको अरुण–४ अर्धजलाशययुक्त जलविद्युत् आयोजना संयुक्त रुपमा निर्माण गर्न नेपाल विद्युत् प्राधिकरण र भारतको  सतलज जलविद्युत् निगम बीच समझदारीपत्रमा सोमवार हस्ताक्षर भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सतलजका अध्यक्ष तथा प्रबन्ध–सञ्चालक नन्दलाल शर्माले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । […]

विश्वका धनाड्य एलन मस्कले ४४ बिलियन डलरमा खरीद गरे ट्वीटर

काठमाडौं,बैशाख,१३-विश्वका धनाड्य एलन मस्कले सामाजिक सञ्जाल ट्वीटर खरीद गरेका छन् । अमेरिकी विद्युतीय सवारी सधान निर्माता कम्पनी टेस्ला इंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) समेत रहेका उनले विभिन्न चर्चा /परिचर्चा बीच अन्तत : ४४ बिलियन डलरमा उक्त कम्पनी खरीद गरेका हुन् । उनले हालैमात्र अमेरिकी शेयर नियामक सेकमा बुझाएको एउटा फाइलिङमा कम्पनीमा आफ्नो स्वामित्वबाहेकको शेयरका लागि प्रतिकित्ता […]

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल वैशाख ८ गतेदेखि सञ्चालन हुँदै

काठमाडौं,बैशाख,४-निर्माण कार्य सम्पन्न भई व्यावसायिक उडानको पर्खाइमा रहेको भैरहवाको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग यही वैशाख ८ गतेदेखि सञ्चालनमा ल्याइने भएको छ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग चाँडो सञ्चालनमा ल्याउन निर्देशन दिएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले सञ्चालनमा ल्याउने गरी काम भइरहेको जानकारी दिइएको छ ।  यसैगरी मन्त्री […]

अब अनलाइन टिभी संचालन गर्न अनुमति लिनुपर्ने, ५ लाख शुल्क

काठमाडौं,फागुन,२२-सरकारले इन्टरनेटमार्फत संचालन हुने अनलाइन टिभीले अनुमति लिनुपर्ने व्यवस्था गरेको छ।  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय प्रशारण नियमावलीमा एघारौं संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो। संशोधित व्यवस्था अनुसार अनलाइन टेलिभिजन (इन्टरनेट टिभी) संचालन इजाजतपत्रका लागि ५ लाख शुल्क तोकिएको छ। संशोधनमा ‘मल्टिच्यानल मल्टिप्वाइन्ट डिष्ट्रिव्यूशन सिष्टम (एमएमडिसी)’ भन्ने शव्बहरुपछि ‘अनलाइन टेलिभिजन, ओभर द टप (ओटिटि), […]

पल शाह प्रकरण:१० न्युजपोर्टल सहित १६ युट्युब च्यानल कारबाहीमा

काठमाडौं,फागुन,२१-प्रेस काउन्सिल नेपालले पल शाह प्रकरणमा भ्रामक समाचार प्रकाशित गर्ने १० समाचार वेवसाइट र १६ युट्युब च्यानललाई कारबाही गरेको छ।  त्यस्तै आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने २२ अनलाइन मिडियालाई सचेत गराइएको, दर्ता र सूचीकरण नभएका १० वेवसाइटहरूलाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्थाका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार गरेको र कुनै मिडियाअन्तर्गत आबद्ध नभएका १६ युट्युब […]

६ महीनामा नेपाल विद्युत् प्राधिकरणले कमायो १२ अर्ब नाफा

काठमाडौं,फागुन,८-नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्षको पहिलो ६ महीनामा १२ अर्ब १२ करोड रुपैयाँ नाफा कमाएको छ । अपरिस्कृत वित्तीय विवरण अनुसार गत आव २०७७/ ७८ मा प्राधिकरणकोको नाफा ६ अर्ब १८ करोड थियो । चालू आवको पहिलो ६ महीनामा नै नाफा बढेर १२ अर्ब १२ करोड रुपैयाँ पुगेको छ । यो सँगै सार्वजनिक संस्थानहरुमध्ये […]

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल : जेठ २ देखि व्यावसायिक उडान शुरू हुँदै

काठमाडौं,फागुन,६-नेपाल नागरिक उड्डयन प्राधिकरणले आगामी बुद्धजयन्ती (जेठ २ गते)देखि भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान शुरू गर्ने भएको छ। प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार विमानस्थलको व्यावसायिक सञ्चालन गर्नुपूर्व एरो थाईले शुक्रवारदेखि परीक्षण उडान (क्यालिब्रेशन फ्लाइट) गर्दै छ । क्यालिब्रेशन फ्लाइट सम्पन्न भएपछि व्यावसायिक उडानका लागि एक समिति गठन गरिएको छ।उक्त समितिलाई जेठ २ देखि व्यावसायिक […]