गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल : जेठ २ देखि व्यावसायिक उडान शुरू हुँदै

काठमाडौं,फागुन,६-नेपाल नागरिक उड्डयन प्राधिकरणले आगामी बुद्धजयन्ती (जेठ २ गते)देखि भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान शुरू गर्ने भएको छ। प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार विमानस्थलको व्यावसायिक सञ्चालन गर्नुपूर्व एरो थाईले शुक्रवारदेखि परीक्षण उडान (क्यालिब्रेशन फ्लाइट) गर्दै छ । क्यालिब्रेशन फ्लाइट सम्पन्न भएपछि व्यावसायिक उडानका लागि एक समिति गठन गरिएको छ।उक्त समितिलाई जेठ २ देखि व्यावसायिक […]

१७ जलविद्युत कम्पनीको अनुमति पत्र खारेज

काठमाडौं,माघ,१४-विद्युत विकास विभागले १७ जलविद्युत कम्पनीको सर्वेक्षण अनुमति पत्र खारेज गरेको जनाएको छ । सर्वेक्षणको अनुमती पाएका जलविद्युत कम्पनीको अनुमती पत्र नविकरणका लागि विभागले सूचना जारी गरेको थियो । विभागले तोकेको समयमा नविकरण नगर्ने विभिन्न १७ जलविद्युत आयोजनाको अनुमति पत्र रद्ध गरेको जनाएको छ । कोरोनाका कारण प्रभावित आयोजनालाई यसको प्रभाव कम हुँदै गएपछि दस्तुरसहित […]

दुई ओटा जापानी कारखानामा टोयोटाले रोक्यो उत्पादन

टोकियो,मंसिर,२४-जापानी अटो निर्मा कम्पनी टोयोटा मोटर कर्पोरशनल जापानमा रहेका दुई ओटा कारखानामा उत्पादन रोकेको छ।आपूर्ति अभावका कारण यस्तो कदम चालिएको कम्पनीका प्रवक्ताले बताएका हुन् ।  यसको अर्थ डिसेम्बरमा टोयोटाले यसअघि योजना बनाएअनुसार सामान्य स्तरमा उत्पादन गर्न सक्दैन।कम्पनीले यस अघि सात महीनामा पहिलो पटक डिसेम्बरमा उत्पादन सामान्य स्तरमा फर्किने अपेक्षा गरेको थियो।बुधवार दुई कारखानाहरुमा उत्पादन रोकिएको […]

स्विजरल्याण्डमा “आत्महत्या मेसिन”लाई मान्यता, पीडारहित एक मिनेटमै मार्न सक्ने

जेनेभा,मंसिर,२२-स्विजरल्याण्ड सरकारले ‘आत्महत्या मेसिन’लाई कानुनी मान्यता दिएको छ। इच्छामृत्यु भएका व्यक्तिलाई पीडारहित तरिकाले एक मिनेटमै मार्ने मेसिनलाई सरकारले हालै कानुनी मान्यता दिएको हो। कोफिन आकारको साक्रो नामक सो मेसिनलाई निर्माताहरुले आत्महत्या अर्थात् सुसाइड मेसिन नाम दिएका छन्। इच्छामृत्यु भएका व्यक्तिहरुलाई सो मसिनमा राखेर मार्न सरकारले अनुमति दिएको निर्माताहरुले जानकारी दिएका छन्। हाइपोक्सिया र हाइपोकाप्नियाबाट पीडित […]

जापानमा उड्ने बाइक बनेको दुई साता नबित्दै, नेपालमा बन्यौ ब्याक गेयरसहितको बाईक

काठमाण्डौं,कार्तिक,२६-नेपालमा १९ वर्षीय युवाले ब्याक गेयरसहितको बाईक बनाएका छन् ।सन्धिखर्क नगरपालिका–१, म्यालपोखरी अर्घाखाँचीका सागर पोख्रेलले बाईक बनाउन सफल भएका छन्। सानो छँदा कागजका खेलौना बनाउने पोख्रेलले कबाडी बटुलेर गुड्ने ब्याक गेयरसहितको इलेक्ट्रोनिक बाईक निर्माण गरेका हुन्।बुटवलमा कक्षा १२ मा अध्ययनरत पोख्रेल बिदामा घर आएका बेला कुनै तालिम बिना इलेक्ट्रोनिक बाईक बनाएका हुन्। कबाडीमा खेर जाने वस्तुसँगै […]

अब यूट्यूब पनि करको दायरामा, १ % को दरले अग्रिम कर तिर्नुपर्ने

काठमाडौं,भदौ,२६-पछिल्लो समयमा यूट्यूबको अकान्ट खोल्ने र भिडियो राख्ने र त्यसैलाई पेशा व्यवसाय बनाउनेको संख्यामा बढोत्तरी भएको छ । तर, त्यसैको आडमा विकृति पनि उत्रिके मौलाएको छ । राम्रै आम्दानी हुने भए पनि उक्त क्षेत्र करको दायरामा आउन सकेको थिएन । अर्थमन्त्री जनार्दन शर्माले शुक्रवार प्रतिनिधि सभामा पेश गरेको चालू आर्थिक वर्षको बजेटमा यूट्यूबलाई समेत करको […]

आन्तरिक उडान असार १७ देखि थाल्ने सरकारको तयारी

काठमाडौं,जेठ,२५-सरकारले आन्तरिक हवाई उडान खुला गर्ने तयारी गरेको छ । बन्दाबन्दी लागू गरेको एक सय दिनपछि अर्थात् असार १७ गतेदेखि आन्तरिक उडान खुला गर्ने तयारी गरिएको हो । नागरिक उड्डयन प्राधिकरणले आइतबार सरोकारवालाहरुसँग असार १७ गतेदेखि आन्तरिक उडान थाल्नेबारे छलफल गरेको हो । प्राधिकरणका महानिर्देशक राजन पोखरेल, बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत, श्री एयरलायन्सका […]

अन्तर्राष्ट्रिय चार्टर उडानमा रोक, टिकट बिक्री नगर्न निर्देशन

काठमाडौँ,जेठ,२५-विपतका बेला अन्तर्राष्ट्रिय चार्टर उडानका नाममा एयरलायन्स र ट्राभल एजेन्सीले मनपरी भाडा असुल्न थालेपछि नागरिक उड्डयन प्राधिकरणले कुटनीतिक माध्यमबाट हुने चार्टर उडानबाहेक सबैमाथि रोक लगाएको छ ।   प्राधिकरणको एयर ट्रान्सपोट्रेसन डिभिजन प्रमुख सचितभक्त पोखरेलले शनिबार साँझ सूचना जारी गर्दै आजैका मितिदेखि ट्राभल एजेन्सी र एयरलायन्सले सरकारलाई झुक्याएर गर्ने चार्टर उडानलाई रोक लगाएका हुन् । सरकारले […]

एप्पल कम्पनीले गर्यो विश्वभरका सबै स्टोर बन्द

काठमाडौं,चैत्र,२-विश्वकै अग्रणी प्रविधि कम्पनी एप्पलले विश्वभरका आफ्ना स्टोरहरु बन्द गरेको जनाएको छ । कम्पनीका सिईओ टिम कुकले आधिकारीक स्टोरहरु बन्द गर्ने घोषणा गरेका हुन् । अमेरिकी कम्पनी एप्पलले यसअघि चीनमा रहेका आफ्ना स्टोरहरु शुक्रबार मात्र खुला गरेको थियो । चीनमा रहेका स्टोरहरु भने करिब दुई महिना बन्द भई शुक्रबार मात्र खुलेका हुन् । कम्पनीले चीनभन्दा […]

सूचना प्रविधि विधेयक तत्त्काल फिर्ता लिन अन्तर्राष्ट्रिय पत्रकार महासंघको सरकारलाई आग्रह

काठमाडौं,पुस,२२-अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आईइफजे) ले हाल संसदमा रहेको सूचना प्रविधि विधेयक तत्त्काल फिर्ता लिन नेपाल सरकारलाई आग्रह गरेको छ । आईएफजेका महासचिव एन्थोनी बेलान्गरले विवादास्पद विधेयक फिर्ता लिई प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता हुने गरी वृहत्तर छलफल गरी नयाँ शिराबाट विधेयकको काम अगाडी बढाउन नेपाल सरकारको ध्यानाकर्षण गराउनु भएको छ । सरकारले ल्याएको विधेयकले […]