विदेशबाट आउन चाहने सबैलाई फिर्ता ल्याऊन सरकारलाई कांग्रेसको आग्रह

काठमाडौं,जेठ,२४-प्रमुख नेपाली कांग्रेसले स्वदेश आउन चाहने हरेक नेपालीलाई फिर्ता ल्याउने कार्ययोजना बनाउन सरकारसँग आग्रह गरेको छ।काँग्रेसको केन्द्रीय जनसम्पर्क समिति समन्वय विभागले शनिबार एक विज्ञप्तिमार्फत विदेशका जुकसुकै कुनामा रहेका नेपालीलाई आफ्नो देश फर्कन पाउने अधिकार रहेको उल्लेख गर्दै संख्या नतोकी स्वदेश आउन चाहने हरेक नेपालीलाई फिर्ता ल्याउने कार्ययोजना बनाउन आग्रह हो। सरकारले हालै विभिन्न देशमा रहेका […]

युएईबाट १ सय ६८ जना नेपाली लिएर एयर अरबियाको जहाज काठमाडौं आइपुग्यो

काठमाडौं,जेठ,२३-कोरोना भाइरसको महामारीको संक्रमण रोक्न गरिएको लकडाउनका कारण यूएईमा रोकिएका १६८ जना नेपाली नागरिक लिएर आएको एअर अरेबियाको विमान काठमाडौंमा अवतरण गरेको छ । सारजाह विमानस्थलबाट शुक्रबार आएको एयर अरेवियाको जी ९ १७५१ नम्बरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । इजादा फ्यासिलिटी म्यानेजमेन्टमा कार्यरत ६७, टान्स गार्ड सेक्युरिटी कम्पनीमा कार्यरत ७९ जना र […]

गौरीफन्टा र गड्डाचौकी नाकाबाट बुधबार छ हजार बढी नेपाली भित्रिए

कैलाली,जेठ,१४-प्रदेश नंम्बर ७ सुदूरपश्चिमको गौरीफन्टा र गड्डाचौकी नाकाबाट बुधबार छ हजार बढी नेपाली भित्रिएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, दीपायलका अनुसार कैलालीको गौरीफन्टा नाकाबाट चार हजार ७९६ सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लालगायत अन्य जिल्लाका नागरिक भित्रिएका छन् भने कञ्चनपुरको गड्डा चौकी नाकाबाट एक हजार ५८६ नेपाली नेपाल भित्रिएका हुन् । कोरोना सङ्क्रमणको जोखिमबाट बच्न सरकारले लागु […]

रसुवागढी र तातोपानी नाका संचालन गर्ने सरकारको निर्णय

काठमाडौं,चैत्र,१२-सरकारले चीनतर्फका रसुवागढी र तातोपानी नाका सुचालु गर्ने निर्णय गरेको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेल संयोजकत्वको कोभिड १९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले उक्त निर्णय गरेको हो । बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको स्वास्थ्य सम्बन्धी प्रोटोकल पालना गरी चीनतर्फका रसुवागढी र तातोपानी नाकाबाट मालसामान […]

कतारका लागि श्रम स्वीकृति स्थगित

काठमाडौं,फागुन,२७-वैदेशिक रोजगार विभागले मंगलबार (आज)बाट कतारका लागि श्रम स्वीकृति स्थगन गरेको छ । ‘कोरोना’ संक्रमण नियन्त्रणका लागि भन्दै कतार सरकारले नेपालसहित १४ देशबाट आउने नागरिकलाई कतार प्रवेशमा रोक लगाएको भोलिपल्टै विभागले कतारका लागि श्रम स्वीकृति स्थगन गरेको हो । विभागले कतारबाट विदामा आएका कामदारलाई पनि पुनः श्रम स्वीकृति दिन रोकेको छ । श्रम स्वीकृति स्थगन […]

कुवेतमा चार नेपाली कामदारको पहिरोमा पुरिएर मृत्यु, अझै तीन जना वेपत्ता

काठमाडौं,फागुन,१-कुवेतको एउटा निर्माणस्थलमा कार्यरत चार नेपाली कामदारको पहिरोमा पुरिएर मृत्यु भएको छ ।काम गरिरहेको बेला बालुवा र ग्राभेलको पहिरो खस्दा उनीहरु पुरिएका थिए । कुवेतबाट सञ्चालित अरब टाइम्स अनलाइनका अनुसार ‘अल मत्ला’ क्षेत्रमा एउटा चिनियाँ कम्पनी मातहत कम्तिमा १३ नेपाली मजदुर उक्त निर्माण क्षेत्रमा कार्यरत थिए । पहिरोमा पुरिएकामध्ये सात जनालाई बाहिर निकालिएको छ । […]

एक हजार ८१ जना शाखा अधिकृतका लागि विज्ञापन खुल्यो

काठमाडौँ,मंसिर,२५- लोक सेवा आयोगले एक हजार ८१ जना शाखा अधिकृतका लागि विज्ञापन आव्हान गरेको छ ।आयोगको नियमित कार्यतालिका अनुसार आज (बुधबार) गोरखापत्र दैनिकमा एक सूचना प्रकाशित गर्दै खुल्ला तथा बढुवातर्फ गरी विज्ञापन गरेको हो । पुस २९ गतेसम्म दरखास्त दिन आयोगले सूचनामार्फत जनाएको छ । गतबर्ष भन्दा बढी संख्यामा विज्ञापन खुलाएको आयोगले प्रशासनतर्फ बढुवा र […]

१२ वर्ष पछि पुन : जापानको ओसाकाबाट निगमको उडान सुरु

जापान,भाद्र,१२- नेपाल वायुसेवा निगमले जापानको ओसाकामा व्यावसायिक उडान सुरु गरेको छ। निगमको वाइडबडी ए–३३० जहाज बिहीबार बिहान २:३० बजे काठमाडौंबाट ओसाका उडेको निगमका प्रवक्ता गणेशबहादुर चन्दले जानकारी दिनुभयो । यो संगै १२ वर्षपछि पुन: निगमको सिधा जापान उडान सुरु भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले ओसाका उडानको उद्घाटन […]

साउदीमा नेपाली महिला कामदारमाथि चरम शोषण

काठमाडौं,साउन,२१- रोजगारीका क्रममा साउदी अरेबिया पुगेका नेपाली महिला कामदारमाथि चरम शोषण भएको पाइएपछि रियादस्थित नेपाली दूतावासले ‘सप्लाई’ र ‘कन्ट्र्याक्टिङ’ कम्पनीसँग सम्बन्धित मागपत्र प्रमाणीकरण गर्ने काम स्थगित गरेको छ । नेपाली महिला कामदारले न्यूनतम आधारभूत सुविधासमेत नपाएको पुष्टि भएपछि दूतावासले सोमबारदेखि ती कम्पनीमा महिला कामदार ल्याउनेसम्बन्धी मागपत्र प्रमाणीकरणमा रोक लगाएको हो । वैदेशिक रोजगारीका लागि साउदी […]

प्रवासी लोक गायक चन्द्र दर्लामी मगर संगको अन्तर्वार्ता (कोरिया)

फुकुओका,जापान,साउन,९- नेपालबाट पछिल्लो समय वैदेशिक रोजगारीको शिलसिलामा सयौंको संख्यामा यूवा जनशक्तीहरु विदेश पलायन भैईरहेका छन् । विदेशी भुमीमा जती सुकै व्यस्त भएता पनी जतीसुकै दुख कष्ट भोग्नु परेपनी मानीसले आफूले गर्न चाहेको काम गरिरहेका हुन्छन् । यस सन्दर्भमा मैले आज वैदेशिक रोजगारीको शिलशिलामा कोरिया ८ वर्ष बसि सक्नु भएका स्याङ्जा जिल्ला बिरुवा गाउपालिका वडा नम्बर तीन खाङराङ […]