सुदूर पश्चिम सेवा समाज मलेसीयाको चौथो अधिवेशन सम्पन्न

दिनेश खड्का (खप्तडी), मलेसिया,असार,६- अनेकतामा एकता, जैविक विविधतामा समुन्नता।सुन्दर सुदूर पश्चिम हाम्रो प्रतिबद्धता”भने मुल नाराको साथ सुदूर पश्चिम सेवा समाज मलेसीयाको चौथो ऐतिहासिक अधिवेशन आईतबार क्वाललाम्पुरको होटल ग्राण्ड कन्टिनेटलमा ‌नयाँ नेतृत्व चयन गर्दै भब्यतापूर्वक सम्पन्न भएको छ । समाजका अध्यक्ष प्रकाश देव भट्टको सभापतित्वमा सम्पन्न भएको अधिवेशनका प्रमुख अतिथि नेपाली राजदुतावास मलेसीयाका राजदुत महामहिम डा. […]

प्रवासी नेपाली मंच ईजरायलको पहिलो बार्षिक उत्सवका लागि एमाले पोलिटब्यूरो सदस्य बिन्दा पाण्डे ईजरायल आउने

दिनेश खड्का खप्तडी ईजरायल,जेठ,२७- जनताको बहुदलीय जनवादको मागदर्शनमा समृद्ध नेपालको निर्माण गरौ’प्रवासी नेपालीको आवस्यकता नेकपा एमालेमा सहभागिता अनेकतामा एकता प्रवासी नेपाली हरुको प्रतिबद्धता लाई आत्मसात गर्दै प्रवासी नेपाली मंच इजरायलले आफ्नो प्रथम वार्षिक उत्सब तथा अन्तर्क्रिया कार्यक्रम गर्ने भएको छ । उक्त कार्यक्रम जुन २३ शुक्रबार इजरायलमा हुने छ भने आयोजित कार्यक्रमका लागि प्रमुख अतिथिको […]

निसिनिहोन र कोकेन सेनमोन कलेजको स्पीच कम्पिटिसन सम्म्पन

मिलन मगर फुकुओका जापान, जेठ ,२६- निसिनिहोन स्कुल (जापानिज भाषा) र कोकेन सेनमोन कलेजको स्पीच कम्पिटिसन मिनामी सिविल सेन्तामा भब्यताका साथ सम्म्पन भएको छ। सो कम्पिटिसनमा निसिनिहोन (जापानिज भाषा) मा अध्ययनरत बिद्यार्थीहरुले स्पीच कम्पिटिसन गरेको थिए, भने कोकेन सेनमोन कलेजका बिद्यार्थीहरुले आ-आफ्नो देशको कल्चर , फुकुओकामा बिदेसी बिद्यार्थीको डाटा लगायत अन्य कार्यक्रमहरु देखाएको थियो । सोही कार्यक्रममा […]

कतारमा नेपालीलाई कुनै समस्या छैन

काठमाडौं,जेठ,२४- कतारमा गहिरिएको संकटबाट त्यहाँ रहेका नेपालीको रोजगारीमा तत्काल कुनै असर नगर्ने सरकारी अधिकारीहरूले बताएका छन् । कतारसँग सातवटा छिमेकी मुलुकले तत्कालका लागि कूटनीतिक सम्बन्धविच्छेद गरेपछि त्यहा“ कार्यरत नेपाली र आगामी दिनमा कतारमा रोजगारीको अवसर के होला भन्ने जिज्ञासा बढेको छ । श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता तथा सहसचिव गोविन्दमणि भुर्तेलका अनुसार कतारमा रोजगारीको अवसर […]

दुबईमा नेपाली युवतीको हत्या

काठमाडौं,जेठ,२२- यूएईको दुबाईमा भोताङ-८ सिन्धुपाल्चोककी २५ बर्षीया लप्साङ तामाङको मे २० मा हत्या भएको नेपाली दूतावासले जनाएको छ । हत्यामा संलग्न आशंकामा भोताङ ८ कै बुले तामाङलाई पक्राउ गरिएको छ । घटनाको छानबिन भइरहेकाले प्रहरीले पूर्ण विवरण उपलब्ध गराएको छैन । लप्साङको शव ‘इमिरेट्स हिल’मा फेला परेको दूतावासले जनाएको छ । आजको कान्तिपुरमा खबर छ […]

वैदेशिक रोजगारका नाममा मिर्गौलाको अवैध कारोबार

काठमाडौं,बैशाख ४ नेपालमा मानव अङ्ग मिर्गौला ९किड्नी०को अवैध कारोबार जटिल समस्याका रूपमा देखा परेको छ ।  वैदेशिक रोजगारका नाममा मानव बेचविखन तथा ओसारपसारसँगै मिर्गौला पनि विक्री वितरण हुने पाइएको छ। विशेष गरी समाजका अशिक्षत, गरिब तथा मजदुरहरूलाई आर्थिकलगायत विभिन्न प्रलोभन देखाई दलालहरूले नै वैदेशिक रोजगारका नाममा भारत पुर्‍याई मिर्गौला विक्री गर्न लगाउने गरेको सम्बद्ध अधिकारीहरूले […]

वैदेशिक रोजगारी जानेका परिवारलाई पाँच रोगमा उपचार खर्च

काठमाडौँ, चैत १४- वैदेशिक रोजगारीमा रहेका परिवारका सदस्यलाई गम्भीर रोग लागेको अवस्थामा उनीहरुलाई समेत सरकारले आर्थिक सहयोग प्रदान गर्ने भएको छ। क्यान्सर, मृगौला प्रत्यारोपण, मुटुको शल्यक्रिया, पार्किन्सन र अलमाइजरसहित पाँच किसिमको रोग लागेमा वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले बढीमा ५० हजार रुपैयाँसम्मको आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको हो। बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले पहिलो चरणमा […]

२२७ नेपाली विदेशी जेलमाः नौ नेपालीलाई मृत्युदण्डको फैसला

 काठमाडौं,चैत, १४- नेपाली वैदेशिक रोजगारी गएका ४३ लाख ८९ हजार जना रहेको वैदेशिक रोजगार विभागको तथ्यांक उल्लेख छ । वैदेशिक रोजगारीमा गएकामध्ये दुई सय २७ जना नेपाली विभिन्न मुलुकको जेलमा छन् ।हत्या, बलात्कार, लागुऔषध कारोबार लगायत गम्भीर अभियोगमा उनीहरूले जेलजीवन बिताइरहेका हुन् । तीमध्ये केहीलाई मृत्युदण्डको सजाय सुनाइएको छ, केही ब्लडमनी तिर्न नसकेर जेलमा छन् […]

अमेरिका हिँडेका तीन सय भन्दा बढी नेपाली मेक्सिकोमै रोकिए

एजेन्सी ,फागुन ५ –अमेरिका प्रवेशको आशमा हवाई, स्थल र जलमार्ग हुँदै महिनौ लगाएर मेक्सिको पुगेका तीनसय भन्दा बढी नेपाली अमेरिकी र मेक्सिकोको सीमामा अड्किएका छन् । अमेरिकास्थित नेपाली दूतावासलाई प्राप्त जानकारी अनुसार मानव तस्करहरुको पछि लाग‍ेर उनीहरु २३ महिनासम्म समय लगाएर त्यहाँ आइपुगेका हुन् । सामान्य पढेलेखेकादेखि स्नातकोत्तर गरेकासम्मले अमेरिका आउन त्यस्तो बाटो रोजेका हुन् […]

सिमानाका हुँदै खाडीमुलुक जाने महिला तथा बालबालिकाको सङ्ख्या बढ्दै

बाँके,माघ,९-बाँके जिल्लाको नेपाल–भारत सीमानाका प्रयोग गरी रोजगारका लागि अवैधरुपमा भारत तथा खाडीमुलुक जाने महिला तथा बालबालिकाको सङ्ख्या प्रत्येक वर्ष बढ्दै गएको छ । विगत एक वर्षको अवधिमा भारत र खाडीमुलुक गएर हराएका मध्यपश्चिमाञ्चलका करिब ७३१ महिला तथा बालबालिकाका आफन्तले यहाँस्थित माइती नेपालको कार्यालयमा खोजीका लागि दिएको निवदेनको चाङले पनि अवैधरुपमा रोजगारका लागि खाडीमुलुक जाने महिलाको […]