सन्जु काउछा/ हेल्सिन्की,कार्त्तीक,२९- फिन्निश नेपाली समाजले धुर्मुस सुन्तली फाउण्डेशनलाई आर्थिक सहयोग गरेको छ । रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. ८ मा रहेको सन्तपुरमा निर्माण भईरहेको एकीकृत नमुना सन्तपुर बस्ती निर्माणका लागि फिन्निश-नेपाली समाज र एनआरएनए फिनल्याण्डको बिशेष पहलमा फिनल्याण्डमा कृयाशिल अन्य सँस्थाहरुको सहयोगमा मंगलबार ६ लाख ६६ हजार ६ सय ६६ रुपैया हस्तान्तरण गरिएको हो […]
वैदेशिक रोजगार
परराष्ट्रका कर्मचारीले अब नेपाली र अंग्रेजीबाहेक अर्को भाषा अनिवार्य सिक्नुपर्ने
काठमाण्डौ,कार्त्तीक,१६- आफ्ना कर्मचारीलाई परराष्ट्र मन्त्रालयले विभिन्न भाषाको प्रशिक्षण सुरु गरेको छ। मन्त्रालयले अधिकृत र नायब सुब्बा तहका कर्मचारीलाई आइतबारदेखि अरबी, सोमबारदेखि फ्रेन्च तथा मंगलबारदेखि चिनियाँ भाषासमेत प्रशिक्षण सुरु भएको हो। परराष्ट्रले आफ्ना कर्मचारीलाई नेपाली र अंग्रेजीबाहेक अर्को एउटा भाषा अनिवार्य सिक्नुपर्ने नियम ल्याएको छ। पहिलो चरणमा तीन भाषालाई महत्त्व दिइएको हो।अरबीमा २७ र फ्रेन्चमा २३, चिनियाँमा […]
वैदेशिक रोजगारीमा जाने १० हजार युवालाई निःशुल्क तालिम
काठमाडौँ, कार्तिक,१२- वैदेशिक रोजगारीका क्रममा अदक्ष कामदार भएकै कारण नेपालीले थोरै ज्याला पाउने गरेकाले त्यस्तो अवस्थालाई न्युन गर्न सरकारले यस वर्षदेखि वैदेशिक रोजगारीमा जाने १० हजार युवालाई निःशुल्क सीपमूलक तालिम दिने भएको छ। वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले वार्षिक कार्यक्रमअन्तर्गत सुरक्षित आप्रवास परियोजना (सामी)को आर्थिक सहयोगमा ‘वैदेशिक रोजगारमूलक सीप विकास तालिम’ सञ्चालन गर्न लागेको हो।तालिम सञ्चालन […]
मलेसियामा नेपाली र इन्डोनेसियन कामदार चढेको बस दुर्घटना, ८ जनाको मृत्यु
काठमाडौं, कात्तिक ७- मलेसियाको पेनाङमा मंगलबार बिहान दुई बस एकापसमा ठोक्किँदा कम्तीमा ८ जनाको मृत्युको छ । नेपाली र इन्डोनेसियन कामदार बोकेको बसलाई अर्को बसले ठक्कर दिँदा ८ जनाको मृत्यु भएको हो । स्थानीय समयअनुसार बिहान साढे ५ बजेतिर भएको दुर्घटनामा अरु ३३ जना घाइते भएका छन् । घाइतेमध्ये २३ जनाको अवस्था गम्भीर रहेको समाचार एजेन्सी […]
कुवेत आएकी गीता ८ बर्षदेखि सम्पर्क बिहिन्
प्रदिप नेपाली/ कुवेत,असोज,२१- रोजगारीको शिलशिलामा ८ बर्ष पहिले कुवेत आएकी गीता श्रेष्ठ सम्पर्क बिहिन बनेकी छन् । साबिकको शिवगंज-५ लालपानी झापा हाल शिवासतासी नगरपालिका- ७ घर भएकी गीता श्रेष्ठ कुवेत आए लगत्तै परिवार देखि सम्पर्क बिहिन बनेकी हुन् । वास्तविक नाम गीता श्रेष्ठ भएपनि उनको बोलाउने नाम अप्सरा रहेको उनको परिवारले बताएका छन् । उनि […]
कतारमा संकट हुँदा नेपाली कामदारमा समस्या
काठमाडौं,साउन,१५- चार खाडी मुलुकले दुई महिनायता कतारमाथि गरेको चर्को नाकाबन्दीको प्रत्यक्ष असर नेपाली कामदारमा पनि देखिन थालेको छ । कतारका केही कम्पनीले नेपालीलगायत विदेशी कामदारको ‘डिमान्ड’ गर्न छाडेका छन् । केहीले पहिले स्वीकृत भइसकेको कामदार लिन बन्द गरेका छन् । नेपालीको समस्याबारे दोहास्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई लिखित रूपमा जानकारी गराएको छ । ‘केही कतारी […]
सुदूरपश्चिम सेवा समाजद्वरा कलाकार तिमिल्सीनालाई क्वालालाम्पुरमा बिदाई
दिनेश खड्का खप्तडी, मलेसिया,असार, १५- सुदूर पश्चिम सेवा समाज मलेसीयाको निमन्त्रणामा मलेसीया नेपाल बाट आउनु भएका राष्ट्रिय कलाकार टंक प्रसाद तिमिल्सीनालाई क्वालालाम्पुर स्थित उग्रतारा होटलको सभाहलमा एक कार्यक्रमका बिच सम्मान तथा बिदाई कार्यक्रम सम्पन्न गरिएको छ । सुदूर पश्चिम सेवा समाज मलेसीयाको चौथो अधिवशेन २०१७ को विशेष सांगितिक कार्यक्रम तथा मलेसीयाका बिभिन्न शहरहरुमा सम्पन्न भएको […]
कोरियन भाषा परीक्षाको साउन ११मा नतिजा आउने
काठमाडौं,असार,१५- भोलि शुक्रबार कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित नहुने भएको छ । सरकारले यसअघि असार १६ गते नतिजा प्रकाशित गर्ने तालिका बनाएको थियो । तर, गत जेठ २७ र २८ गते भएको परीक्षामा सरकारकै लापरवाहीका कारण केही परीक्षार्थीले जाँच दिन नपाएपछि अब साउन ११ गते नतिजा आउने गरी नयाँ तालिका बनाइएको छ । एसियन इन्स्टीच्युट […]
ओखलढुंगा एकता सेवा समाज मलेसियाको दोश्रो अधिबेशन क्वालालम्पुरमा सम्पन्न
दिनेश खड्का खप्तडी, मलेसिया,असार, १२- ओखलढुंगा एकता सेवा समाज मलेसियाको दोश्रो अधिबेशन मलेसियाको राजधानी क्वालालम्पुर स्थित धरहरा रेस्टुरेन्ट सभाहलमा नया नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । समाजका अध्यक्ष हिराबहादुर थापाको सभापतित्वमा सम्पन्न भएको अधिवेशनका प्रमुख अतिथि दलित एकता सेवा संन्जाल मलेसिया(NCC)का कोषाध्यक्ष हुनुहुन्थ्यो भने बिशिष्ट अतिथि तेह्रथुम जनसम्पर्क मंच मलेसियाका प्रमुख डम्बर घदाइली रहनुभएको […]
साउदीमा दुई नेपालीको मृत्यु
काठमाडौ, असार,८- साउदी अरबको जुवेलस्थित एक ग्यास प्लान्टको विषक्त ग्यास नष्ट गर्ने क्रममा दुई नेपालीको ज्यान गएको छ । ग्लोबल इन्धाइरोमेन्टल सर्भिस कम्पनीमा कार्यरत दिक्तेल १ खोटाङका ४३ बर्षीय बालकृष्ण बस्नेत र दाङका झवेन्द्रप्रसाद बन्जाडेको जुन १८ मा मृत्यु भएको नेपाली दूतावासले जनाएको छ । बस्नेतको घटनास्थलमै र बन्जाडेको अस्पताल लैजाने क्रममा बाटैमा ज्यान गएको […]










