रामनवमी पर्व मनाइँदै, राम मन्दिरमा भक्तजनको भीड

काठमाडौं, चैत ११- आज रामनवमी पर्व । श्रद्धा तथा भक्तिपूर्वक रामको पूजा आराधना गरी यो पर्व मनाइदैछ ।हरेक वर्ष चैत शुक्ल नवमीमा यो पर्व मनाउने परम्परा छ । मर्यादा पुरुषोत्तमका नामले चिनिने रामको जन्म भएको दिनको सम्झनामा राम मन्दिरमा पूजापाठ गरी यो चाड मनाइन्छ । असूर र अत्याचारी रावणमाथि विजय प्राप्त गरेका श्रीरामको सम्झनामा राम […]

हर्षोलासपुर्वक मनाइदै होली

इन्द्र कार्की/ महेन्द्रनगर,फाल्गुन,१७- रितु परिर्वतन भईरहेको छ । रितु संगै मौसम पनि परिर्वतन हुनै गएको छ । नयाँ मौसममा नयाँ पालुवाहरु पलाईरहेका छन् । पुराना र नयाँ पाालुवाहरुको रंगले र पहाडी भेगमा फुल्न थालेको लालीगुराँसले हामी वरिपरिको वातावरण नै रंगीन हुन पुगेको छ । रंगीन प्राकृतिक वातारणमा थप सुन्दरता थप्न सामाजिक सद्भाव र रंगहरुको उत्सव […]

आज महाशिवरात्री पर्व मनाईंदै

काठमाडौं, फागुन १- आज देशैभर महाशिवरात्रि पर्व मनाइँदै छ । हिन्दू धर्मावलम्बीहरुले बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी विभिन्न शिवालयमा गई श्रद्धा भक्तिपूर्वक महादेवको पूजा–आराधना गरिरहेका छन् । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यो पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ […]

नेपाली सेनाले देशभर सेना दिवस मनाउँदै

काठमाडौं, फागुन,१- नेपाली सेनाले शिवरात्रिका अवसरमा आज देशभर सेना दिवस मनाउँदै छ ।सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारी शिवरात्रि तथा सेना दिवसकै अवसरमा सैनिक मञ्च टुंडिखेलमा आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी हुने कार्यक्रम छ । नेपाली सेनाले दुई दशक अघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । सैनिक मञ्चमा परेड तथा […]

नेपाल चिनाउने नेपाल फेस्टिबलमा सहभागी बनौं

फुकुओका,जापान,माघ,२६- आगामी अप्रिल १४ र १५ तारिख दिन फुकुओकामा आयोजना हुन लागेको नेपाल फेस्टिवल २०१८ मा विभिन्न कार्यक्रमहरु गरिने भएको छ । विगत ७ बर्ष देखि आयोजना हुँदै आएको बैशाखी मेला यो बर्षबाट भने नेपाल फेस्टिबल फुकुओकाको नामबाट आयोजना हुन लागेको आयोजकले जानकारी दिएको छ । नेपाल फेस्टिबल नेपाल संग प्रत्यक्ष रुपमा जोडीएकोले नेपालमा रहेका […]

भम्केनीमा नेपाल आमाको मुर्ति निमार्ण हुने

इन्द्र कार्की /महेन्द्रनगर ,माघ,२१      कञ्चनपुर जिल्लाको भिमदत्तनगर पालिका वडा नं.०८ तिलाचौर चुरे फेदमा पर्ने प्रसिद्ध धार्मिक स्थल भम्केनीमा नेपाल आमाको मुर्ति निमार्ण हुने भएको छ । नेपालका प्रथम जगतगरु बालसन्त मोहनशरण देवाचार्यले उक्त मुर्ति निमार्णका लागि अभियान सञ्चालन गरेका छन् । मुर्ति निमार्णका लागि आर्थिक र भौतिक समाग्री संकलनका लागि जगत गुरुले २०७२ साल बैशाख […]

पशुपतिलाई लागुपदार्थ निषेधित क्षेत्र बनाइने

काठमाडौं, माघ,१५- विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रलाई गाँजा, भाङ, धतुरो निषेध गरी ध्यान, योग साधना स्थलका रुपमा स्थापित गरिने भएको छ । यस वर्षको महाशिवरात्रिको अवसर पारेर पशुपति क्षेत्र विकास कोषले आइतबारदेखि यो अभियान शुरु गरेको पत्रकार सम्मेलनमा जानकारी गराएको छ । गाँजा बेच्ने र सेवन गर्ने सुरक्षित स्थलका रुपमा प्रयोग गरिँदै आएको सूर्यघाट, […]

आज सरस्वती पूजा देशैभर मनाईदै

काठमाडौं, माघ ८ – आज देशैभर सरस्वती पूजा अर्थात् श्रीपञ्चमी मनाईदैछ । माघ शुक्ल पञ्चमीका दिन विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी यो पर्व मनाउने गरिन्छ । ऋतुहरुको राजा वसन्तको सुरुवात हुने दिन भएकाले यस दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ । वसन्त ऋतु आगमनको उपलक्ष्यमा राष्ट्राध्यक्षले काठमाडौंको वसन्तपुर गई वसन्त श्रवण गर्ने परम्परा छ । आज […]

महेन्द्रनगरको खुला मञ्चमा विराट सत्संग समारोह हुने

इन्द्र कार्की/ महेन्द्रनगर,माघ,४- नेपाल मानव धर्म सेवा समितिको आयोजनामा महेन्द्रनगरको खुला मंचमा विराट सत्संग समारोह २०७४ हुने भएको छ । भोली शुक्रवार (माघ ५) देखि सञ्चालन हुने सत्संगको सम्पुर्ण तयारी पुरा भएको जानकारी आयोजकले दिएको छ । महेन्द्रनगरमा पहिलो पटक हुन लागेको सत्संगले आध्यात्मिकका माध्यमवाट मानिसलाई ज्ञान दिने उदेश्य रहेको छ । सत्संगको उद्घाटन सिँचाइमन्त्रि […]

थारु वस्तीमा माघीको रौनक सुरु

इन्द्र कार्की/ महेन्द्रनगर,पौष,२८- थारु समुदायको महान पर्व माघी नजिकिएसंगै पश्चिम नेपालका कैलाली र कञ्चनपुरका थारु समुदायमा माघी पर्वको रौनक सुरु भएको छ । सवैमा माघी पर्वको शुभकामना आदान प्रदान गर्नुका साथै माघीका लागि दुना , टपरी वनाउने, मासुको जोहो गर्ने तथा अन्य कार्यक्रमको तयारीमा थारु समुदायका घरमुलीहरुको जुटिसकेका छन् । नयाँ वर्षको रुपमा समेत मनाइने […]