काठमाडौं,चैत्र,८-बाढीका कारण स्थानियवासिन्दाको उठिबास हुने अवस्था आएको भन्दै कैलालीको टीकापुरबाट काठमाडौँ पुगेको बाढी पीडित संघर्ष समितिले डेलिगेसन बुझाएको छ । टोलीले मंगलबार अर्थमन्त्री जनार्दन शर्मा र उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसाललाई भेटेर तीन बुदे ज्ञापन पत्र बुझाएको हो । वर्षादको समयमा आउने गरेको कर्णाली, पथरैया र मोहना नदीको बाढीले बस्ती नै खतरामा रहेकाले […]
ब्यानर न्यूज
पपुवा न्युगिनीमाथी नेपालको लगातार दोस्रो जित
काठमाडौं,चैत,८-आईसीसी क्रिकेट विश्वकप लिग दुई अन्तर्गतको त्रिकोणात्मक एकदिवसिय सिरिजमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई सात विकेटले पराजित गरेको छ । दुबई क्रिकेट रंगशालामा १ सय ७४ रनको लक्ष्य नेपालले ३७ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो । नेपालको जितमा आरिफ शेखले ५९ अर्धशतकिय योगदान गरे । रोहित पौडेलले ४४ रन जोडे।पीएनजीका चाल्र्स अमिनीले दुई विकेट लिए […]
जलस्रोत ऐनको मस्यौदा संसदमा पेश गर्ने सरकारको तयारी
काठमाडौं,चैत,८-सरकारले जलस्रोत ऐनको मस्यौदालाई संसदमा पेश गर्ने तयारी गरेको ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले बताउनु भएको छ । उहाँले राष्ट्रिय जलस्रोत नीति–२०७७ कार्यान्वयन गर्नका लागि आवश्यक मस्यौदा संसदमा पेश गर्ने तयारी गरिएको बताउनुभएको हो । मन्त्री भुसालले जलस्रोत क्षेत्रको अपेक्षित उपलब्धिको रुपमा दर्ज गरिएको एकीकृत नदी बेसिन योजना पनि सम्पन्न हुने क्रममा रहेको बताउनुभयो […]
माओवादी द्वन्द्वका घाइतेलाई राहत र सम्मान दिन माओवादीको माग
काठमाडौं,चैत्र,८-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर दश वर्षे सशस्त्र द्वन्द्वबाट पीडितहरुलाई राहत र सम्मान उपलब्ध गराइने विषयमा छलफल गर्नुभएको छ । आज (मंगलबार) अध्यक्ष प्रचण्ड बालुवाटार पुगेर देउवासँग सो विषयमा छलफल गर्दै ५ बुँदामा ध्यानाकर्षण गराएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभएको छ । अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवालाई बुझाएको […]
स्थानीय तहले जनताको मन जितेर काम गर्नुपर्छ : प्रधानमन्त्री देउवा
काठमाडौं,चैत्र,८-प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहले जनताको मन जितेर काम गर्नुपर्ने बताउनुभएको छ । मोरङको सुन्दरहरैचा नगरपालिका–८ सलकपुरस्थित प्रशासनिक कार्यालय भवनको शिलान्यास गर्दै उहाँले संघीयताको जग स्थानीय तह भएकाले जनताको आकांक्षाअनुसार जनप्रतिनिधिले काम गर्नुपर्ने बताउनुभयो । स्थानीय तहको निर्वाचन स्वच्छ, मर्यादित, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले तोकिएकै समयमा निर्वाचन […]
जापान र भारतविच ठूलो आर्थिक सहयोगमा सम्झौता
काठमाडौं,चैत्र,६-जापाले आगामी पाँच वर्षभित्र भारतमा ४२ अर्ब डलर अर्थात ३० खर्ब २० अर्ब भारु बराबरको लगानी गर्ने भएको छ। जापानी प्रधानमन्त्री फुमियो कासिदा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शनिबार नयाँ दिल्लीमा भएको शिखर वार्ताका क्रममा सो सम्झौता भएको हो । दुई देशबीच आपसी सहयोग सम्बन्धि ६ वटा सम्झौतामा पनि हस्ताक्षर भएको छ । मोदी र […]
म्यादी प्रहरीमा भर्ना खुलेसँगै आवेदन दिनेको भिड
काठमाण्डौं,चैत्र,६-स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना खुलेसँगै जिल्ला प्रहरी कार्यालयहरूमा आवेदन दिनेको भिड लागेको छ।आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागी राजधानीका तीनवटै प्रहरी परिसरमा आवेदन दिनेको लामो लाइन छ। काठमाडौं प्रहरी परिसरमा ८ सय जनाले फर्म लगिसकेको परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिनुभयो। आवेदन खुलेसँगै बिहानैदेखि फर्म भर्नेहरू लाइन लागेका […]
युक्रेनभरी नै बज्यो युद्धको साइरन, रुसी सेनाले उद्धारका बसहरू समेत रोक्यो
काठमाडौं,चैत्र,६-२५ दिनदेखि जारी रुस र युक्रेनबीचको युद्ध झन् भीषण बन्दै गएको छ ।रुसले युक्रेनमाथि बिना कारण गत फेबु्रअरी २४ देखि आक्रमण शुरु गरेको थियो । पछिल्ला दिनमा रुस युक्रेन युद्ध खतरनाक मोडमा पुगेको छ । अहिले युक्रेनभर रुसी सेनाले हवाई आक्रमण गरिरहेका छन् । युक्रेनको भनाई अनुसार मानवीय आश्रयस्थल भनेर चिन्ह लगाएको स्थानहरुमा समेत रुसी […]
स्थानीय तह निर्वाचनको उम्मेदवारी दर्ता बैशाख ११ र १२ गते
काठमाडौं,फागुन,४-निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ताको तालिका सार्वजनिक गरेको छ । आयोगले शुक्रबार पारित गरेको निर्वाचत कार्यक्रम अनुसार स्थानीय तहको निर्वाचनका लागि बैशाख ११ र १२ गते उम्मेदवारी दर्ता हुने भएको छ । आयोगले निर्वाचन कार्यक्रम अनुसार उम्मेदवारी दर्ताका लागि २ दिन छुट्याइएको हो।उजरी दर्ता, त्यसमाथि जाँचबुझ लगायतको प्रक्रिया पूरा गरेर १५ वैशाखमा […]
संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दाको आज सुनुवाई हुँदै
काठमाडौं,चैत्र,४-संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दाको आज (शुक्रबार) सुनुवाई हुँदैछ । गत १७ भदौ २०७८ मा जारी भएको अन्तरिम आदेशका कारण संवैधानिक पदाधिकारीको नियुक्ति विरुद्धमा परेका ५२ मुद्दा अवरुद्ध हुँदै आएका सोही मुद्दाको शुक्रबार बिहान ११ बजे सुनुवाई हुने सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले ईमेजखबरलाई जानकारी दिनुभएको हो । साथै अन्य मुद्दाका विषयमा पनि छलफल […]



