काठमाण्डौं,मंसिर,८-सत्तारुढ नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाहरुमा अहिले अधिवेशन भइरहेकोछ। एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका ३५ मध्ये २४ जिल्लाहरुमा नयाँ नेतृत्व चयन भइसकेको छ।जिल्ला अधिवेशन सम्पन्न भएका २४ जिल्लाको मतपरिणाममा कांग्रेसको संस्थापन पक्ष अगाडि देखिएको छ। सार्वजनिक मतपरिणाम अनुसार २४ मध्ये १२ जिल्लामा संस्थापन पक्षीय सभापतिहरू जिल्लाको नेतृत्वमा पुगेका […]
ब्यानर न्यूज
एमाले स्थायी कमिटी बैठक आज बस्दै
काठमाडौं,मंसिर,७-नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ।हिजो दिउँसोका लागि बोलाइएको बैठक आज विहान बस्नेगरी सारिएको थियो । बैठक अहिले विहान ११ बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्ने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बताउनुभयो । बैठकमा राष्ट्रिय महाधिवेशनको तयारी तथा ५ प्रतिशत सदस्य मनोनयनको मापदण्डबारे छलफल हुने सचिव तामाङले बताउनुभएको छ ।
‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै
काठमाडौं,मंसिर,६-सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई विभागिय टोलीहरु त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्नेछन् । यो खेल दशरथ रंगशालामा दिनको १ बजे सुरु हुनेछ । आजै पौने ५ बजे सुरु हुने खेलमा मच्छिन्द्र क्लब र न्युरोड टिम एनआरटी भिड्नेछन् । साविक विजेता मच्छिन्द्र क्लबलाई पहिलो खेलमा आफ्नै छिमेकको एनआरटीले टक्कर दिन […]
गौतमबुद्ध अन्तराष्ट्रिय क्रिक्रेट रंगशालालाई सरकारले सहयोग गर्ने
चितवन,मंसिर,६-अर्थमन्त्री जनार्दन शर्माले धुर्मुसले निर्माण गरेको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई सरकारले सहयोग गर्ने बताउनुभएको छ । आइतबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै अर्थमन्त्री शर्माले राम्रो कार्य गरिरहेको भन्दै निराश नभई अघि बढ्न आफूले भनेको उहाँको भनाई थियो । बजेट दिने नदिने विषयमा अहिलेनै निर्णय नभए पनि छलफल गरेर चाँडै निष्कर्षमा पुग्ने तर अलपत्र हुन नदिने […]
एमालेको अध्यक्षमा उठ्ने भीम रावलको घोषणा
काठमाण्डौं,मंसिर,५-नेकपा एमालेका उपाध्यक्ष डा. भीमबहादुर रावलले चितवनमा हुन लागेको दशौँ महाधिवेशनमा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा गर्नु भएको छ। आइतवार दिउँसो रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उहाँले यस्तो घोषणा गर्नु भएको हो। ‘मैले जहिले पनि पार्टी एकताको पक्षमा उभ्याउँदै आएको छु। पछिल्लो पटक देखिएको विवादमा पार्टीले थप क्षति ब्यहोर्न नपरोस् भनेर पार्टी एकताको पक्षमा […]
नेपालमा विस्तृत शान्ति सम्झौता भएको १५ वर्ष पुरा
काठमाडौं,मंसिर,५-नेपालमा विस्तृत शान्ति सम्झौता भएको १५ वर्ष पुरा भएको छ । १५ वर्ष अगाडि आजकै दिन तत्कालीन सात राजनीतिक दल र माओवादीले विस्तृत शान्ति सम्झौतामार्फत एक दशक लामो युद्ध अन्त्यको घोषणा गरेका थिए । विसं २०६३ मंसिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले हस्ताक्षर गरेको शान्ति सम्झौताका मुख्य कार्यभार […]
आजदेखि ई-पासपोर्ट जारी हुदै, कभरमा नेपालको नयाँ नक्सासहितको निशान छाप हुने
काठमाडौं,मंसिर,१-आजबाट राहदानी विभागले विद्युतीय राहदानी (ई–पासपोर्ट) जारी गर्दैछ।त्रिपुरेश्वरस्थित विभागको नयाँ भवनबाट सेवाको सुरुवात गरिनेछ । ई-पासपोर्टको कभरमा नेपालको नयाँ नक्सासहितको निशान छाप छ । साधारण, कूटनीतिक, विशेष, सर्भिस, अस्थायी, सिम्यान्स अभिलेख किताब गरी सात प्रकारका पासपोर्ट जारी हुनेछन् । विभागले यसअघि चार प्रकारका पासपोर्ट जारी गर्दै आएको थियो । ई–पासपोर्टका पृष्ठहरूमा नेपालका सम्पदा, संस्कृति, जीवनयापन, […]
ब्राजिल संग बराबरी खेल्दै अर्जेन्टिना विश्वकपमा छनोट
काठमाडौं,मंसिर,१-ब्राजिल संग बराबरी खेल्दै अर्जेन्टिना फिफा विश्वकपमा छनोट भएको छ । दक्षिण अमेरिकी छनोट अन्तर्गत बुधबार बिहान अर्जेन्टिना र ब्राजिलले गोलरहित बराबरी खेल्दै अंक बाढेका थिए । अर्जेन्टिनाको घरेलु मैदानमा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् । जसको कारण खेल बराबरीमा सकिएको हो । यस बराबरीसँगै ब्राजिलले १३ खेलमा ३५ अंक जोडेको छ ।शीर्ष स्थानको […]
प्रदेश १ का मुख्यमन्त्री राईले आज विश्वासको मत लिँदै
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई। काठमाण्डौं,कार्तिक,३०-प्रदेश १ का नवनिर्वाचित मुख्यमन्त्री राजेन्द्रकुमार राईले आज (मंगलबार) विश्वासको मत लिँदै छन्। प्रदेशसभा सचिवालयका अनुसार गत आइतबार मुख्यमन्त्री राईले विश्वासको मत लिन चाहेको सूचना संसद् सचिवालयमा दर्ता गराइसकाले आज बस्ने प्रदेशसभा बैठकमा त्यसमा छलफल हुनेछ। यसअघिका मुख्यमन्त्री एमाले नेता भीम आचार्यले पदबाट राजीनामा दिएपछि नेकपा एकीकृत समाजवादीका […]
थपिए ४१६ जना कोरोना संक्रमित, २७० जना संक्रमणमुक्त
काठमाडौं,कार्तिक,२९-नेपालमा विगत २४ घण्टामा ४१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार दिएको जानकारी अनुसार सो अवधिमा १२ हजार ४०२ जनाको परीक्षण गर्दा ४१६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार सो अवधिमा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण […]








