काठमाडौं,पुष,२-सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको पाँचौं चरणअन्तर्गत आज दुई खेलहरु हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा सातदोबाटो युथ क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । सातदोबाटो र आर्मीबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ । आज दुवै टिम तीन अंक जोड्ने योजनामा हुने छन् । सातदोबाटो तेस्रो जितको खोजीमा हुनेछ भने […]
ब्यानर न्यूज
नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी
काठमाण्डौं,पुष,१-नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट महामन्त्री पदका लागि भएको चुनावमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा विजयी हुनुभएको छ । बिहीवार भएको मतगणनामा गगन कुमार थापाले तीन हजार २३ मत र विश्वप्रकाश शर्माले एक हजार नौ सय ८४ मत प्राप्त गरेर महामन्त्रीमा विजयी हुनुभएको हो । यस्तै डा. प्रकाशशरण महतले एक हजार पाँच सय ५६, प्रदीप पौडेलले एक […]
मिनेन्द्र रिजालले रक्षामन्त्रीबाट राजीनामा दिए
काठमाण्डौं,पुष,१-नेपाली काँग्रेसका नेता तथा रक्षामन्त्री समेत रहनु भएको मिनेन्द्र रिजालले राजीनामा दिनुभएको छ । नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेदवारी दिनुभएका उहाँले प्रारम्भीम मत परिणाम आए लगतै राजीनामा दिने घोषणा गर्नुभएको हो । रिजाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले असोज २२ गते रक्षामन्त्रीमा नियुक्त गर्नु भएको थियो । बिहीबार पहिलो चरणको १०० मतको मतपरिणाम अनुसार रिजालले जम्मा २१ मत पाउनु […]
ओलीलाई प्रचण्डको चुनौती : ‘ज्ञानेन्द्रसँग भएको भनिएको पाँच बुँदे सहमति प्रमाणित गर’
काठमाडौं,पुष,१-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजा ज्ञानेन्द्र शाहसँग गरेको गरेको पाँच बुँदे सहमति प्रमाणित गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिनु भएको छ । आज विज्ञप्ति जारी गर्दै प्रचण्डले उक्त सहमति भएको कुरा प्रमाणित गर्न र प्रमाणित गर्न नसके माफी माग्न ओलीलाई चुनौती दिनु भएको हो । प्रचण्डले जारी गरेको […]
राष्ट्रिय क्रिकेट टिमको कप्तानमा सन्दीप लामिछाने
काठमाडौं,पुष,१-नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानमा सन्दीप लामिछाने नियुक्त हुनुभएको छ।नेपाल क्रिकेट संघ(क्यान)को बुधबार बसेको बैठकले लामिछानेलाई कप्तान नियुक्त गर्ने निर्णय गरेको हो । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली क्रिकेट संघका कप्तान ज्ञानेन्द्र मल्ललाई पदमुक्त गरेको छ ।क्यानको बुधबार सम्पन्न बोर्ड बैठकले मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई जिम्मेबारीबाट हटाउने निर्णय गरेको क्यानका कार्यवाहक सचिव […]
नेपाली कांग्रेस महामन्त्री पदको मतगणना अहिले ८ बजेदेखि
काठमाडौं,पुष,१-नेपाली कांग्रेसको सभापती र उपसभापतीको मत गणना सकिएको छ।अब महामन्त्री पदको मतगणनाका लागि आज बिहान ८ बजेदेखि सुरु गरिंदै छ।अहिले बिहान ८ बजेदेखि महामन्त्रीको मतगणना सुरु गर्ने तयारी भइरहेको निर्वाचन समितिका एक सदस्यले जानकारी दिनु भएको छ । निर्वाचनबाट दुई जना महामन्त्री चुनिने छन् । महामन्त्री पदको लागि गगन थापा, विश्वप्रकाश शर्मा, डा मिनेन्द्र रिजाल, […]
सुदूरपश्चिममा ४२ प्रतिशतलाई कोरोनाविरुद्धको खोप
कैलाली,पुष,१-सुदूरपश्चिम प्रदेशमा लक्षित उमेर समूहका ४२ प्रतिशत अर्थात् सात लाख ५१ हजार ८११ नागरिकले कोरोना विरुद्धको पूर्ण मात्राको खोप पाएका छन् । लक्षित उमेर समूहका ५५ प्रतिशत अर्थात् ९ लाख ६ हजार १७४ व्यक्तिले पहिलो मात्राको खोप पाइसकेका छन् । अठार वर्ष उमेर माथिका नागरिकलाई लक्षित समूहमा राखिएको छ । प्रदेशमा सो वर्ष उमेर समूहभन्दा […]
कांग्रेसको उपसभापतिमा खड्का र गुरुङ निर्वाचित,गच्छदार दुई मतले पराजित
काठमाडौं,पुष,१-नेपाली कांग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित हुनु भएको छ । बुधबार भएको उपसभापतिको मतगणनाअनुसार खड्का र गुरुङ निर्वाचित भएको निर्वाचन समितिले घोषणा गरेको छ । निर्वाचन समितिका अनुसार खड्काले २१२१ र गुरुङले १९०८ मत प्राप्त गर्नु भएको छ । त्यस्तै अर्का देउवा पक्षका उम्मेदवार विजयकुमार गच्छदार दुई मतान्तरले पराजित हुनु भएको छ […]
ब्रेकिगं न्यूज : कांग्रेस सभापतिमा शेरबहादुर देउवा निर्वाचित
काठमाडौं,मंसिर,२९-नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित हुनु भएको छ। मंगलबार भएको दोस्रो चरणको मतदानमा शेखर कोइरालालाई पराजित गर्दै देउवा दोस्रो कार्यकालका लागि सभापति चुनिनु भएको हो । कुल खसेको मत ४५६२ मध्ये ३८१९ मत गणना गर्दा नै देउवाले २२८८ मत हाँसिल गरेर जित सुनिश्चित् गर्नुभयो । उता, शेखरले भने १५०१ मत प्राप्त गर्नुभयो। भृकुटीमण्डपस्थित राष्ट्रिय […]
प्रतिनिधिसभामा ६ वटा विधेयक पेश, अर्को बैठक पुस ६ गते
काठमाडौं,मंसिर,२८-प्रतिनिधिसभाको १० औँ अधिवेशनको पहिलो बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले विरोध गरेको छ ।मंगलबार बसेको प्रतिनिधिसभाको १० औँ अधिवेशनको पहिलो बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले विरोध जारी राखेको हो । बैठकमा गृहमन्त्री बालकृष्ण खाँडको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले नेपाल प्रहरी, प्रहरी प्रदेश, प्रहरी कार्यसम्पादन सुपरिवेक्षण समन्वय पहिलो […]



