जोमसोम-कोरोला सडक स्तरोन्नतीको काम अन्तिम चरणमा

म्याग्दी,पुष,९-जोमसोम-कोरला सडक स्तरोन्नतिको कार्य अन्तिम चरणमा पुगेको छ।राष्ट्रिय गौरवको कालिगण्डकी कोरिडोरको बेनी-जोमसोम-कोरला सडक आयोजना अन्तरगत मुस्ताङको जोमसोमदेखि नेपाल-चीन सिमानासम्म सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको हो । जोमसोमदेखि कोरला नाकासम्मको १ सय १० किलोमिटर सडकको ७ वटा खण्डमध्ये ६ वटा खण्ड सम्पन्न भएको छ भने एउटामा काम अन्तिम चरणमा पुगेको छ ।   उक्त खण्डको […]

माओवादी केन्द्रको स्थायी समिति बैठक पेरिसडाँडामा चल्दै

काठमाण्डौं,पुष,९-नेकपा कम्युनिष्ट पार्टी माओवादी केन्द्रको स्थायी समिति बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ।    केहीबेरअघिबाट बैठक सुरु भएको माओवादी केन्द्रका स्थायी समिति सदस्य लीलामणि पोख्रेलले जानकारी दिनुभयो । ‘पार्टीको राष्ट्रिय सम्मेलन तयारीको विषयमा छलफल गर्न बैठक बसेको हो,’ नेता पोख्रेलले भन्नुभयो, ‘बैठकले राष्ट्रिय सम्मेलन सफलतापूर्वक सम्पन्न गर्न आवश्यक निर्णय लिने बताउनुभयो । माओवादी केन्द्रको राष्ट्रिय […]

एभिसी सेन्ट्रल जोन भलिबल: आज नेपालको दुई खेल

एजेन्सी,पुष,९-एभिसी सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपमा आज नेपालको पुरुष टोलीले उज्वेकिस्तानसँग तथा महिला टोलीले माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ। पहिलो खेलमा श्रीलंकालाई हराएको नेपाली महिला टोलीले आज माल्दिभ्सविरुद्ध अझ उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखेको छ । श्रीलंकाविरुद्धको खेल ३-२ को सेटमा जितेको नेपाल आज सहज जित निकाल्ने योजनामा रहेको छ।उता पहिलो खेलमा हिजो बंलादेशसँग हारेको नेपालको पुरुष […]

हेलिकोप्टरबाट डोजर ढुवानी गरी सिस्ने हिमालको काखमा सडक

जाजरकोट,पुष,९-सडकको अस्थायी ट्रयाक खोल्नका लागि आठबीसकोट नगरपालिका जाजरकोटले हेलिकोप्टरमा डोजर ढुवानी गरिरहेको छ । अप्ठ्यारो भूगोल भएका कारण हेलिकोप्टरको प्रयोग गरी सडक निर्माणका लागि डोजर हेलिकोप्टरमा ल्याएर सडकको ट्रयाक खोल्न लागिएको नगरप्रमुख गोरखबहादुर केसीले बताउनुभयो । आठबीसकोटभित्र अहिलेसम्म ३०० किलोमिटर ट्रयाक सडक खोल्ने काम भएको उहाँले बताउनुभयो।नगरपालिकाको वडा नं ३ मा रहेको डोजरलाई हेलिकोप्टरमा ढुवानी […]

संसद अवरोध खुलाउन सभामुख र सरकारलाई राप्रपा अध्यक्षको ध्यानाकर्षण

काठमाडौं,पुष,७-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले संसद छिटोभन्दा छिटो सूचारु गराउन पहल गर्न सरकार र सभामुख अग्निप्रसाद सापकोटाको ध्यानाकर्षण गराउनुभएको छ । अध्यक्ष लिङ्देनले लामो समयदेखि अवरुद्ध संसद सूचारु गराउन सरकार र प्रमुख प्रतिपक्ष दल नेकपा एमाले गम्भीर नभएको भन्दै आपत्ति समेत जनाउनुभयो । ‘लामो समयदेखि अवरुद्ध हुँदा संसदको उपहास भएको छ, जनताको समस्याहरूको […]

भ्रामक समाचारहरूप्रति विवेकशील पार्टीको गम्भीर ध्यानाकर्षण

काठमाण्डौं,पुस,६-गत केही समयदेखि कतिपय प्रकाशनहरूमा विवेकशील साझा पार्टीका बारे आएका भ्रामक समाचारहरूप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। विज्ञप्तीमा भनिएको छ:विचारमा लेखकलाई व्यक्तिगत विश्लेषणको छुट भए पनि समाचारमा त्यस्तो छुट नहुने हुँदा, पार्टीबारे समाचार प्रकाशन गर्दा पार्टीको धारणा सहित प्रकाशन गरिदिन विनम्र आग्रह गर्दछौँ। विवेकशील साझा पार्टीले पार्टीका संयोजक मिलन पाण्डेलाई स्पष्टीकरण सोधेको साँचो हो। […]

केपी ओली अहिलेपनि प्रतिगमनकै बाटोमै छन् : प्रचण्ड

काठमाडौं,पुस,५-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केपी ओली अहिलेपनि प्रतिगमनकै बाटोमा रहेको बताउनुभयो।समाजवादी प्रेस संगठन नेपालले सोनबार आयोजना गरेको प्रतिगमनविरुद्धको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताउनु भएको हो। ‘संविधानको धारा ७६(५) मा ह्वीप लाग्दैन भन्ने अदालतको फैसला रहेको, सभामुखले १५ दिनभित्र लिनुपर्ने निर्णय गरेको भन्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘तर माधव नेपाललाई […]

कांग्रेसको ३५ खुला केन्द्रीय सदस्य क–कसले जिते ? (हेर्नुहोस नामसहित)

काठमाडौ,पुस,५-नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भएको खुला केन्द्रीय सदस्यको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको छ । सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्रीको मतगणना सकिएपछि हिजोबाट(शनिबार) निर्वाचनमार्फत आउने ३५ जना खुला केन्द्रीय सदस्यको मतगणना शुरु भएको थियो । सो मतगणना आज सकिएको हो।कांग्रेस विधानमा ३५ जना केन्द्रीय सदस्य महाधिवेशबाट निर्वाचित हुनुपर्ने प्रावधान रहेको छ । निर्वाचित […]

नेपाल संग ४-० गोलले भुटान पराजित

काठमाडौं,पुष,२-साफ यू–१९ महिला फुटबल च्याम्पियनसिप अन्तर्गत नेपाल फाइनल नजिक पुगेको छ । बंगलादेशको ढाका शुक्रबार भुटानलाई ४-० गोल अन्तरले पराजित गर्दै नेपाल फाइनल नजिक पुगेको हो । भुटानमाथिको जितसँगै तीन खेलमध्ये दुईमा जित र एकमा बराबरीको नजिता निकालेको नेपालले सात अंक जोडेको छ । आयोजक बंगलादेशको पनि तीन खेलमा सात अंक रहेको छ । यता भारतले भने […]

इजरायल जाने कामदार छनौटमा अनियमितता भएको रिटमा सर्बोच्चले गर्यो कारण देखाउ आदेश

काठमाण्डौ,पुष,२-इजरायलका दीर्घकालिन स्याहार केन्द्रमा पठाईने नेपाली कामदार छनौट प्रक्रियामा अनियमिता भएको भन्दै परेको रिट निवेदनमा सर्बोच्च अदालतले विपक्षीहरुका नाममा कारण देखाउ आदेश जारी गरेको छ । सबोच्चले अन्तरिम आदेश जारी गर्ने नगर्ने बारेमा छलफल गर्न यही पुस ५ गरे दुवै पक्षलाई बोलाएको छ । सवोच्च अदालतका न्यायाधिस हरि प्रसाद फुयालको इजलासले उक्त अहादेश दिएको हो […]