काठमाडौं,पुष,१९-नेकपा माओवादी केन्द्रका नवनिर्वाचत अध्यक्ष पुष्पकमल दाहालले आफ्नो काँधमा ठूलो जिम्मेवारी थपिएको बताउनुभएको छ । माओवादी केन्द्रको आठौं केन्द्रीय समितिको पहिलो बैठकमा निर्वाचित भएपछिको सम्बोधनमा दाहालले अध्यक्षको सपथ लिदाँ राष्ट्र र जनताप्रति आभारी भएको महसुस गरेको भन्दै पुनः एकपटक राष्ट्र र जनताको सेवा गर्ने अवसर पाएको बताउनुभयो । अध्यक्ष दाहालले पार्टीलाई रुपान्तरण गर्न र […]
ब्यानर न्यूज
प्रचण्डले गरे २३६ केन्द्रीय सदस्यको नाम घोषणा
काठमाडौ,पुष,१८-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २३६ जना केन्द्रीय सदस्यको नामावली घोषणा गर्नुभएको छ । माओवादीको काठमाडौंमा जारी आठौं महाधिवेशनको आजको बन्दसत्रमा अध्यक्ष दाहालले १ सय २५ समानुपातिक र १सय ११ जना खुला केन्द्रीय सदस्यको नाम घोषणा गर्नुभएको हो । माओवादीको विधानअनुसार समानुपातिकतर्फ १५४ र खुलातर्फ १४५ गरी २ सय ९९ केन्द्रीय सदस्य हुनेछन् […]
मछिन्द्र क्लव एएफसी कप क्वालिफायरका लागि छनोट
काठमाडौं,पुष,१८-मछिन्द्र फुटबल क्लब एएफसी कप क्वालिफायरका लागि छनोट भएको छ ।गत सिजन लिग जितेर पनि एएफसी कप छनोट खेल्न नपाएको मछिन्द्र फुटबल क्लब यसै वर्ष हुने जारी ए डिभिजन लिग अन्तर्गत आइतबार भएको सातौं चरणको खेलमा नेपाल पुलिस क्लबलाई १-० गोलले पराजित गर्दै एएफसी कपमा मछिन्द्र छनोट भएको हो ।सातौं चरणपछि शीर्ष स्थानमा रहने क्लबले […]
ब्रेकिगं न्यूज : पाल्पामा मलामी चढेको बस दुर्घटना हुँदा ७ को मृत्यु
पाल्पा,पुष,१८-बुटवल वुद्धनगरबाट शव लिएर रिडीतर्फ जाँदै गरेको बस पाल्पाको रिब्दीकोट गाउँपालिका–२ लघुवामा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको स्थानीयले बताएका छन् । आज बिहान लु १ ख ७२७९ नम्बरको बस दुर्घटना भएको हो । बसले च्यापिएका तीन ३ जनाको उद्धारमा स्थानीय तथा प्रहरी जुटेको छ । बसमा करिब ३५ जना मलामी रहेको बताइएको छ । […]
आज देखि अंग्रेजी नयाँ वर्ष सन् २०२२ सुरु
काठमाण्डौं,पुष,१७-अंग्रेजी (ग्रेगोरियन) क्यालेण्डर (पात्रो) अनुसार आज देखि नयाँ वर्ष २०२२ सुरु भएको छ ।समयको अन्तरका कारण क्रमशः पूर्वी देशहरुबाट पश्चिमका देशहरुले नयाँ वर्षलाई स्वागत गर्दै मनाइरहेका छन्। जिजस क्राइस्टलाई फाँसी दिएपछि ईस्वी सम्वतको सुरुवात भएको भनाइ रहेको छ । पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सनलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो […]
गुरुङ समुदायले आज तमु ल्होसार पर्व मनाउँदै
काठमाडौं,पुष,१५-आज तमु ल्होसार । गुरुङ समुदायले आज हर्षोल्लासको साथ तमु ल्होसा पर्व मनाउँदैछन् । तमु भन्ने शब्दले गुरुङ समुदायलाई चिनाउँछ र ल्होसार भनेको नयाँ वर्ष हो । यी दुई शब्द मिलेर तमु ल्होसार बनेकोले आज गुरुङ समुदायको नयाँ वर्ष हो । चिनियाँ पात्रोअनुसार वर्षमा १२ महिना हुन्छन् । यी १२ महिना जनावरको नामले नामाकरण गरिएको […]
भेरी अस्पतालको क्वाटरमा निसास्सिएर एकै परिवारका चार जनाको ज्यान गयो
बाँके,पुष,१५-बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालको क्वाटरमा निसासिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ। तीन जना बिरामी भएका छन्। प्रहरीका अनुसार अस्पतालको क्वाटरमा बसेका कार्यालय सहयोगी धनप्रसाद भट्टराई र उहाँका परिवारका सदस्यहरूको मृत्यु भएको हो। क्वाटरभित्र निसासिएर कालीकोट खाडाचक्रका धनप्रसाद सहित उहाँकि आमा कोकिला भट्टराई, दिदी नन्दकली र उनका ३ महिनाका छोरा इप्सनको मृत्यु भएको हो। धनप्रसादकी […]
एसियन सेन्ट्रल जोन भलिबलको उपाधि नेपाललाई
काठमाडौं,पुष,१२-नेपालले एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कप अन्तर्गत महिलातर्फको उपाधि जितेको छ । बंगलादेशको ढाका मंगलबार उज्वेकिस्तानलाई ३-२ को सेटमा हराउँदै नेपाल च्याम्पियन बनेको हो । मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा नेपालले पहिलो सेट २५-२४ ले जितेको थियो । दोस्रो सेटमा उज्वेकिस्तान २५-२४ ले विजयी भयो । तेस्रो सेट नेपालले २५-१५ […]
अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदन : तीन गल्ती स्वीकार्दै आत्मसमीक्षा
काठमाडौं,पुष,१२-नेकपा (माओवादी केन्द्र)को जारी आठौं महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन पेश गर्नुभएको छ । ‘२१औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको वैचारिक एवम् राजनीतिक प्रतिवेदनमा समसामयीक विषयमा पार्टीको धारणा समेटिएको छ।प्रतिवेदनमा समान विचार राख्ने वामपन्थी र लोकतन्त्रवादी शक्तिबीच संयुक्त मोर्चा बनाउने आगामी कार्यदिशा अपनाइने उल्लेख छ । अध्यक्ष दाहालले पार्टीभित्र व्यक्तिगत पद प्रतिष्ठा, […]
आज इसाइ धर्मावलम्बीले ‘क्रिसमस डे’ मनाउँदै
काठमाडौं,पुस,१०-इसाइ (क्रिश्चियन) धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज ‘क्रिसमस डे’ मनाइँदैछ । आजभन्दा दुई हजार २१ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मनुभएका येशु ख्रीष्टले तीन मुख्य खुसियाली दिएको नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजले जानकारी दिनुभयो । उहाँका […]




