जसपा फुट्योः महन्थ ठाकुरको नेतृत्वमा जसपा (लोकतान्त्रिक) दर्ता गर्न आयोगमा निवेदन

काठमाडौं,भदौं,२-जनता समाजवादी पार्टी (जसपा) नेपाल औपचारिक रुपमा विभाजित भएको छ । पार्टी नेता महन्थ ठाकुर समूहले जनता समाजवादी पार्टी लोकतान्त्रिक नाममा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका हुन् । २४ जना कार्यकारिणी सदस्यको हस्ताक्षरसहित ठाकुर समूहले आयोगमा निवेदन दिएको हो । दल दर्ता गरी साइकल चुनाव चिह्न दिन उनीहरुले माग गरेका छन् । […]

अन्तत फुट्यो एमाले:नेपालको नेतृत्वमा एमाले समाजवादी पार्टी गठन

काठमाण्डौं,भदौ,२-नेकपा एमालेबाट विभाजन भएको नेकपा एमाले समाजवादी पार्टीले माधवकुमार नेपाललाई पहिलो वरीयता तोक्दै ९५ सदस्यीय केन्द्रीय समिति बनाएको छ।  निर्वाचन आयोगमा बुधबार नयाँ दल दर्ताका लागि दिइएको निवेदनमा नेता नेपालको अध्यक्षतामा ९५ सदस्यीय केन्द्रीय कार्यसमिति बनाइने उल्लेख छ।  पार्टीको दोस्रो वरीयतामा झलनाथ खनाललाई राखिएको नेता राजेन्द्र पाण्डेले जानकारी दिनुभयो । उहाँले केपी शर्मा ओलीको अध्यक्षतामा […]

साफ च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल मालदिभ्ससँग भिड्ने

काठमाण्डौं,भदौं,२-साफ च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले आयोजक माल्दिभ्ससँग भिड्ने भएको छ। आज सार्वजनिक भएको खेल तालिका अनुसार नेपालले मालेस्थित रंगशालामा आयोजक टोलीसँग खेल्दै च्याम्पियनसिपको सुरुवात गर्नेछ। दोस्रो खेल ३ अक्टोबरमा श्रीलङ्कासँग खेल्नेछ।८ अक्टोबरमा भारतसँग खेल्ने नेपालले चौथो तथा अन्तिम खेल बंगलादेशसँग खेल्नेछ।  समूहका शीर्ष स्थानमा रहने दुई टोलीले १३ अक्टोबरमा उपाधिका लागि खेल्नेछन्।साफ च्याम्पियनसिपमा नेपाल अहिलेसम्म फाइनलमा […]

प्रधानमन्त्री देउवा र डा. केसीबीच ४ बुँदे सहमति

काठमाण्डौं,भदौ,१-प्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ चिकित्सक डा.गोविन्द केसीबीच ४ बुँदे सहमति भएको छ।  विभिन्न माग राखी भदौ ३ गतेदेखि  अनसन थाल्ने तयारी गरेका केसीका माग सम्बोधन गर्न  प्रधानमन्त्री देउवा सहमत हुनुभएको हो। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटका क्रममा प्रधानमन्त्री देउवाले डा. केसीका माग सम्बोधन गर्ने प्रतिवद्धता जनाउनुभयो। प्रधानमन्त्री र डा. गोविन्द केसीबीच भएको वार्तामा […]

अफगानिस्तानमा शान्ति,सुरक्षा र अमनचयन सुनिश्चित गर्न नेपालको आग्रह

काठमाडौं,भदौ,१-सरकारले अफगानिस्तानमा शान्ति, सुरक्षा र अमनचयनको सुनिश्चित गर्न आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले मंगलबार प्रेस विज्ञप्ति निकालेर सर्वसाधारणको शान्ति, सुरक्षा र अमनचयनको सुनिश्चित गर्न आग्रह गरेको हो । नेपालले अफगानिस्तान छाड्न चाहनेहरूलाई सडक मार्ग तथा हवाई मार्ग प्रयोग र सीमा पार गर्न दिन आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा सार्क सदस्य राष्ट्रको हैसियतमा […]

सरकारले ल्यायो दल विभाजन सम्बन्धी अध्यादेश,२० प्रतिशत सदस्यको मापदण्ड

काठमाडौं,भदौ,१-सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको हो । यसअघि राजनीतिक दलसम्बन्धी ऐनमा दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत संख्या अनिवार्य हुने उल्लेख थियो।यो ऐनलाई संशोधन गर्न ल्याइएको […]

थप ३२ सय ७४ जनामा कोरोना संक्रमण, २७ जनाको मृत्यु

काठमाडौं,भाद्र,१-पछिल्लो २४ घण्टामा ३ हजार २ सय ७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ११ हजार ५ सय ६५ पीसीआर परीक्षण गर्दा २ हजार ४ सय ५६ जना र ६ हजार १ सय २४ एन्टिजेन परीक्षण गर्दा ८ सय १८ गरी ३ हजार २ सय ७४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा […]

संसद्को चालु अधिवेशन अन्त्य

काठमाडौं,साउन,३२-संघीय संसद्को चालु अधिवेशन अन्त्य भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको चालु अधिवेशन अन्त्य गर्नुभएको हो । सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । सोमबारै बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले संसद् अधिवेशन अन्त्य सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र […]

थप ३४ सय ५१ जनामा कोभिड संक्रमण, ३५ जनाको मृत्यु

काठमाडौं,साउन,३२-नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १० हजार ९३ पीसीआर र ५ हजार ५ सय १८ एन्टिजेन परीक्षण गर्दा ३४ सय ५१ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो सँगै नेपालमा हालसम्म पीसीआर र एन्टिजेन परीक्षणबाट कुल संक्रमित हुनेको संख्या […]

जसपा विवादमा निर्वाचन आयोगको निर्णयलाई सर्वोच्चको मान्यता

काठमाण्डौं,साउन,३२-जनता समाजवादी पार्टी नेपालको विवादमा अध्यक्ष उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयलाई सर्वोच्च अदालतले मान्यता दिएको छ। यादव पक्षलाई आधिकारिकता दिने आयोगको निर्णयविरुद्ध अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले हालेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले अन्तरिम आदेश दिन पनि अस्वीकार गरेको छ। यससँगै अब यादव पक्षले सर्वोच्चबाट पनि जसपाको आधिकारिक पक्षका रुपमा मान्यता पाएको छ।  […]