१० लाख धरौटीमा छुटे गच्छदार

काठमाडौँ,असार,३०-ललिता निवास जग्गा प्रकरणमा मुछिएका कांग्रेस उपसभापति विजयकुमार गच्छदार १० लाख रुपैयाँ धरौटीमा रिहा हुनुभएको छ। विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की तथा सदस्य न्यायाधीशहरू ​अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले गच्छदारलाई १० लाख धरौटीमा रिहा गरेको प्रवक्ता पुष्पराज पाण्डेयले जानकारी दिनुभयो। ललिता निवासको जग्गाको मुद्दा लागेपछि फरार गच्छदार बुधबार विशेष अदालतमा उपस्थित हुनुभएको […]

प्रधानमन्त्री देउवालाई दिए माधव नेपालले बधाई

काठमाडौं,असार,२९-नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई एमाले वरिष्ठ नेता माधवकुमार नेपालले शीतल निवास पुगेर बधाई दिनुभएको छ। पूर्वप्रधानमन्त्रीसमेत रहनु भएका एमाले वरिष्ठ नेता नेपालले हात मिलाएरै बधाई दिनुभएको हो । कार्यक्रम प्रस्तोताले सामाजिक दूरी कायम गरेर बधाई दिन अनुरोध गरे पनि वरिष्ठ नेता नेपालले हात मिलाएर बधाई दिनुभएको थियो । अन्य अथिति र पूर्वप्रधानमन्त्रीले भने नमस्कार गरेर […]

देउवा सरकारको पहिलो निर्णय:सबै नागरिकलाई कोभिडको खोप पुर्‍याउने

काठमाडौँ,असार,२९-प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले सबै नागरिकलाई कोभिडको खोप सहज उपलब्ध गराउने निर्णय गरेको छ।  राष्ट्रपति विद्या भण्डारीबाट पद तथा गोपनीयताको सपथ लिइसकेपछि सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसेको थियो। बैठकले जतिसक्दो छिटो सबै नागरिकको पहुँचमा खोप पुर्याउने निर्णय गरेको हो।  यस्तै बैठकले सरकारको प्रवक्तामा कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई चयन गरेको छ। मंगलबार प्रधानमन्त्रीमा […]

प्रधानमन्त्री देउवाले लिए शपथ,राष्ट्रपतिले सच्याए नियुक्तिको व्यहोरा

काठमाडौं,असार,२९-नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । मंगलबार साँझ शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँलाई राष्ट्रपति निवास शीतलनिवासमा शपथ ग्रहण गराउनुभएको हो । सर्वोच्च अदालतको फैसलापछि राष्ट्रपति भण्डारीले मंगलबार दिउँसो देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री नियुक्तिमा संविधानको धारा उल्लेख नगरेको भनी देउवाले नियुक्ति सच्याएर […]

जाँदाजाँदै ओलीले बालुवाटारमा एमाले बैठक राख्दै

काठमाडौँ,असार,२९-सर्वोच्च अदालतको फैसलासँगै प्रधानमन्त्री पदबाट अपदस्थ भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज अन्तिमपटक प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा पार्टीको बैठक राख्ने भएका छन्।  एमालेको केन्द्रीय सचिवालयका अनुसार दिउँसो १ बजेका लागि पार्टीको स्थायी कमिटी बैठक बस्ने भएको हो।  यसैबीच त्यस बैठकमा सहभागी हुने कि नहुने भन्ने विषयमा अहिले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका […]

देउवाको नेतृत्वमा आजै सानो आकारको मन्त्रिपरिषद् बन्ने

काठमाडौं,असार,२९-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज सानो मन्त्रिपरिषद्को विस्तार गर्ने हुनुभएको छ । सर्वोच्च अदालतको निर्णय अनुसार आज प्रधानमन्त्री बन्न लाग्नुभएका देउवाले सानो मन्त्रिपरिषद् विस्तार गर्नुहुनेछ । सर्वोच्च अदालतले मंगलबार साँझ ५ बजेभित्र देउवालाई प्रधानमन्त्रीको सपथ गराउन सोमबार आदेश दिएलगतै बसेको विपक्षी गठबन्धनको बैठकले सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने समझदारी बनाएको हो । विपक्षी गठबन्धनको […]

देउवालाई समर्थन गर्ने एमालेका सांसदलाई पार्टीले कारबाही गर्न नपाउने

काठमाण्डौं,असार,२८-काँग्रेस सभापती शेरबहादुर देउवालाई समर्थन गर्ने एमालेका सांसदलाई पार्टीले कारबाही गर्न नपाउने भएको छ। सर्वोच्च अदालतले संविधानको धारा ७६ को उपधारा ५ अनुसार दलका सांसदहरूलाई पार्टीले ह्विप लगाउन नसक्ने ठहर गरेको छ । एमालेका २३ जना सांसदले पार्टीको निर्णय नमान्दै कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका लागि समर्थन गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई […]

संविधानमाथिको मनपरी रोकिएको छ:राष्ट्रपतिमाथि महाअभियोग लगाउनु पर्छ: विवेकशिल साझा पार्टी

काठमाण्डौं,असार,२८-सर्वोच्च अदालतले राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटन संविधान प्रतिकूल भएको भन्दै बदर गरिदिएको निर्णयको विवेकशील साझा पार्टी हार्दिक स्वागत गर्दछ।  सर्वोच्चको फैसलाले प्रधानमन्त्री केपी ओली तथा राष्ट्रपति विद्यादेवी भण्डारीले पछिल्लो समयमा संविधानमाथि लगातार रूपमा गर्दै आएको मनपरी प्रहारलाई स्पष्टसँग संवैधानिक अनुशासनमा बाँधिदिएको छ।  फैसलाले नेपालको वस्तुगत परिस्थितिलाई मध्यनजर गर्दै संसद्को स्थिरता र पूर्ण कार्य […]

ब्रेकिगं न्यूज:सानो मन्त्रिपरिषद् भोलि नै बनाउने विपक्षी गठबन्धनको निर्णय

काठमाण्डौं,असार,२८-सोमबार अपरान्ह बसेको विपक्षी गठबन्धनको बैठक सकिएको छ।कोटेश्वरमा बसेको बैठकले सानो मन्त्रिपरिषद् भोलि बनाउने निर्णय गरेको हो । मन्त्रिपरिषद् पछि थप गर्दै जाने बैठकले निष्कर्ष निकालेको नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिनुभयो। सानो मन्त्रिपरिषद् भोलि बनाउने र पछि थप गर्दै लैजाने कुरा भएको छ’, छलफलपछि  खाँणले भन्नुभयो, ‘भोलि बिहान फेरि शीर्ष नेता बैठक बस्नेछ।’यस्तै बैठकले अदालतको […]

चार एलपी ग्यास उद्योग थपिने

काठमाण्डौं,साउन,२८-३८ करोड लगानीमा थप चार एलपी ग्यास उद्योग स्थापना हुने भएको छ । चारवटै ग्यास उद्योगले एक वर्षभित्रमा आफ्ना उत्पादन बजारमा ल्याउने तयारी गरेका छन् । चौधरी समूहको प्रमुख स्वामित्व रहेको नेपाल ल्यूब आयल लिमिटेडले बारामा एनएन ग्यास उद्योग स्थापना गर्न लागेको छ । त्यसैगरी, धादिङमा श्रीराम ग्यास उद्योग तथा नवलपरासीमा जानकी ग्यास उद्योग स्थापना […]