काठमाण्डौं,असार,२८-नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सर्वाच्च अदालत विचाराधीन मुद्दामा २३ सांसदको हस्ताक्षर कायमै रहेको बताउनु भएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले सामाजिक सञ्जालमार्फत शेरबहादुर देउवाको साथमा निवर्तमान प्रतिनिधि सभाका सदस्यहरू अब १२३ जना मात्र भएको भन्दै माधव नेपाल समूहका २३ सांसद पार्टी सहमतिमा आएको अभिव्यक्ति दिएपछि नेता नेपालले सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा २३ […]
ब्यानर न्यूज
प्रतिनिधिसभा विघटनको मुद्दामा आज फैसला आउने सम्भावना
काठमाडौं,असार,२८-संवैधानिक इजलासले दोस्रो पटक भएको प्रतिनिधिसभा विघटनको मुद्दाको पेशी आजलाई तोकेको छ । गत सोमबार सुनुवाइ सकेर हेर्दाहेर्दै राखेको मुद्दाको फैसलाका लागि आज पेशी तोकिएको हो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, न्यायाधीश दीपककुमार कार्की, मिरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले असार ९ गतेदेखि सुरु गरेको अन्तिम सुनुवाइ सबै पक्षको बहसपछि गत सोमबार […]
रोनाल्डोलाई गोल्डेन बुट अवार्ड
एजेन्सी,असार,२८-पोर्चुगलका कप्तान तथा फरवार्ड क्रिस्टियानो रोनाल्डोले १६ औं संस्करणको युरोकप फुटबलमा गोल्डेन बुट अवार्ड जितेका छन् । आइतबार सम्पन्न युरोकपको सर्वाधिक गोलकर्ता बन्दै रोनाल्डोले गोल्डेन बुट अवार्ड जितेका हुन् । गोल्डेन बुट जित्ने क्रममा रोनाल्डोले ४ खेलमा ५ गोल गरे । उनले १ असिस्ट समेत गरे । चार संस्करणको युरोकप खेलेको रोनाल्डोले पहिलो पटक गोल्डेन […]
इंग्ल्यान्डलाई हराउँदै इटाली च्याम्पियन
एजेन्सी,असार,२८-घरेलु टोली इंग्ल्यान्डलाई पराजित गर्दै इटालीले १६ औं संस्करणको युरोकप फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले पराजित गर्दै इटालीले उपाधि जितेको हो । यस उपाधिसँगै इटालीले दोस्रो पटक युरोकपको उपाधि जितेको छ । यस अघि इटालीले १९६८ मा युरोको उपाधि जितेको थियो । इंग्ल्यान्ड भने पहिलो पटक […]
थ्री नेसन्स कप विजेता नेपाली राष्ट्रिय फुटबल टोली पुरस्कृत
काठमाडौं,असार,२८-थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको उपाधि विजेता नेपाली राष्ट्रिय फुटबल टिम नगदसहित पुरस्कृत भएका छन् । सरकारले आइतबार एक कार्यक्रमबीच उपाधि विजेता नेपाली टोलीलाई जनही ४ लाख नगदसहित पुरस्कृत गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली टोलीलाई पुरस्कृत गर्नुभयो। सरकारले यस अघि नै घोषणा गरेको पुरस्कार आइतबार खेलाडीलाई प्रदान गरेको हो […]
एमाले छोडेर ७० जना कलाकर्मीले गरे काँग्रेस प्रवेश
काठमाडौं,असार,२८-नेपाली काँग्रेसमा ७० जना कलाकर्मी प्रवेश गरेका छन् । शनिबार काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा अधिकांश कलाकर्मीहरु नेकपा एमाले परित्याग गरी काँग्रेस प्रवेश गरेका हुन् । एमाले परित्याग गरी काँग्रेस प्रवेश गर्नेमा गायक मोहन राई, मेनुका भुजेल, गंगाराज राई, प्रमेबहादुर लिम्बु, मित्रकुमार राई, चन्द्र कुमारी राई, कमल कुमार राई, दिपेश कुमार बान्तावा र दिपेनकुमार […]
कोपा अमेरिका फुटबलको फाइनलमा आज ब्राजिल र अर्जेन्टिना भिड्ने
एजेन्सी,असार,२७-ब्राजिलमा जारी कोपा अमेरिका फुटबलको फाइनल खेल आज (आइतबार) बिहान हुँदैछ ।उपाधिका लागि ब्राजिल र अर्जेन्टिना भिड्ने छन् । फाइनल खेल नेपाली समय अनुसार बिहान ५:४५ बजे सुरु हुनेछ । माराकाना स्टेडियम मैदान उत्रदा दुबै टिम उपाधि उचाल्ने योजनामा हुने छन् । त्यसैले दुई टिमबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ । ब्राजिल पेरुलाई १-० […]
चिनबाट आइपुग्यो ८ लाख मात्रा ‘भेरोसेल’ खोप
काठमाडौं,असार,२५-कोरोना भाइरस विरुद्धको खोप ‘भेरोसेल’ नेपाल आइपुगेको छ । चीनबाट खरीद गरिएको खोप नेपाल वायुसेवा निगमको बाइडबडी ए ३३० जहाजमार्फत शुक्रवार बिहान ६ बजे नेपाल आइपुगेको हो । बिहीवार साँझ उक्त जहाज खोप लिनका लागि चीनतर्फ गएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले सरकारले खरीद गरेको खोप शुक्रवार बिहान आइपुगेको […]
एमाले कार्यदलको बैठक आज पनि
काठमाडौं,असार,२५-पार्टीमा आन्तरिक विवाद बढेसँगै गठन भएको नेकपा एमालेको कार्यदलको बैठक आज पनि बस्दै छ । पछिल्ला केही दिनदेखि निरन्तर छलफल गरिरहेका कार्यदलले आजको बैठकमा सबै विवादको समाधन गर्ने नेताहरुले दावी गरेका छन् । बिहान साढे ११ बजे सिंहदरबारमा बस्ने बैठकमा सहमतिसहित निष्कर्ष दिने वार्ता समितिका सदस्य सुवास नेम्वाङले जानकारी दिनुभयो । हिजोको बैठक पछि कार्यदलका […]
पूर्व माओवादी नेताहरू निर्वाचन आयोगमा
काठमाडौ,असार,२५-पूर्व माओवादी नेता एवं वर्तमान नेकपा एमाले स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीसहितका नेताहरू निर्वाचन आयोग पुगेका छन् । नेकपा माओवादी केन्द्रको दल दर्ता खारेजीको माग गर्दै परेको निवेदनमा आयोगले गरिरहेको कामको जानकारी लिन नेताहरू आयोग पुगेका हुन् । गत बुधबार माओवादी केन्द्र पार्टी अवैधानिक भन्दै अधिवक्ता सरोज बुढाथोकीले निर्वाचन आयोगमा दर्ता खारेजीको निवेदन निवेदन दिएका […]





